हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ०२१-५३२५१९
ईमेल : info@nepalkrishi.com
ट्यांग्रा खोलाको सिंचाई
 
धानखेतीपछि रोपाईको समयसीमाले भ्याउने करिब १००–१०० बिगहा खेतमा यान्त्रीकृत मकै र गहुँ खेती गरिने लक्ष्य छ । 
सुनसरीको तनमूना गाविसस्थित सम्झाना कृषि सहकारीको खाद्यान्नवाली उत्पादनलाई व्यवसायिकरण गर्ने उद्देश्यको मूख्य तगारो अब सिंचाई मात्र रहेको छ ।
 
सुनसरी–मोरङ सिंचाई आयोजनाको मध्यमा रहेको तनमूना गाविसमा वर्षाभएपछि पनि आलोपालो सिंचाई उपलब्ध हुन्छ । हिउँदे बालीलाई त सुनसरी–मोरङ सिंचाईमा भर पर्नु व्यर्थ हुन्छ ।

त्यसैकारण नेपाल कृषि कम्पनीले यस क्षेत्रमा सिंचाई गरिने ट्यांग्रा खोलालाई व्यवस्थीत गरि कूलो ल्याउनेबारे सरोकारवालासहित प्रारम्भिक सम्भाव्यता अध्ययन ४५ दिन भित्र पूरा गर्नेछ । 

ट्यांग्रा खोलामा पानीको वहावलाई ठिक पार्न सके यस क्षेत्रको करिब १२०० बिगहा खेतमा पूर्णकालिन सिंचाई हुनेछ । यदी यो सम्भव हुन सकेन भने नेपाल कृषि कम्पनी वैकल्पिक भू–सिंचाई को लागि अग्रसर हुनेछ ।

ताजा ब्लग
धान निर्यात गर्ने नेपाल कसरी बन्यो आयातकर्ता
हरिबहादुर थापा, काठमाडौं
कहलिएका बुद्धिजीवी डा. हर्कबहादुर गुरुङ विपरित धारमा एक त्यस्ता पात्र देखापरे, जो २०४५ चैत १० को भारतीय नाकाबन्दीसँगै ‘खुसी’ भए । सँगै नेपालविरुद्ध नाकाबन्दी गरेकामा उनी भारतलाई ‘धन्यवाद’ समेत दिन चुकेनन् । उनको त्यो विपरित धारको अभिव्यक्तिलाई धेरैले आश्चर्यजनक रुपमा लिए । तर उनको अभिव्यक्तिमा अन्तर्निहित ‘राष्ट्रियता’प्रतिको गहिरो भावनाका कारण कसैबाट आलोचना आएन ।
डिजिटल कृषि मानचित्र र अनुदान
हिमा (स्वस्ती) पौडेल
कृषि क्षेत्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने चर्चा चल्ने गरेको भएपनि यथार्थमा ती कुराहरु हुन सकिरहेका छैनन् । नेपाली कृषि क्षेत्र परम्परागतबाट माथि उठ्नै सकेको छैन भन्दा फरक नपर्ला । हुन त पछिल्लो समयमा कृषि क्षेत्रमा लाग्नेहरु पनि विगतको भन्दा फरक किसिमले आईसकेका छन् ।
New partnership to promote sustainable mechanization of agriculture
fao.org/news
FAO and the European Agricultural Machinery Industry Association CEMA , an international non-profit organisation, today forged a new partnership that aims to promote wider use of sustainable agricultural mechanization in developing countries.
कृषि विकासका लागि नयाँ बहसको खाँचो
कृष्णप्रसाद पौडेल
बाहिरबाट हेर्दा सहरी क्षेत्र, घरका संरचना र पूर्वाधारमा व्यापक क्षति देखिए पनि भुइँचालोले गाउँका गरिब किसान र खेतीपातीमा व्यापक असर पारेको छ। कृषिका पूर्वाधारमा व्यापक क्षति भएको छ। खाने अन्नमात्र हैन, लगाउने बिउ सबै घरसँगै पुरिएको छ। गोठ भत्किएर गाई वस्तु मरेका छन्, घाइते भएका छन्। भूकम्पपछि कतै मूल फुटेको छ, कतै सुकेको छ।
किसान महिलाको श्रमको सम्मान
कुमार थापा
‘घाँस काट मै, खाना पकाउ मै, सासु ससुरा र बालबच्चाको स्याहार गर मै, खेती लगाउ मै, खेती भित्र्याउ मै, पिस/कुट मै, यसरी नै चल्छ मेरो जिन्दगी'– यो भनाइ हो रौतहटकी किसान महिला जीतनीदेवी रामको।
९० प्रतिशत महिला खेतीपातीको काम गर्छन् तर त्यतिले मात्र महिलाको काम पूरा हुँदैन। बिहानीको मिरमिरेदेखि जुनेली रातसम्म घरधन्दा, खानाको जोहोदेखि सबै काममा महिलाकै योगदान छ तर कामको मूल्यांकन भने पैसा र आम्दानीसँग जोडिन्छ। खेतीपाती र घरायसी काममा खट्ने महिलाको श्रमलाई प्रतिष्ठासँग कहिल्यै जोडिएन।
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft