हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ०२१-५३२५१९
ईमेल : info@nepalkrishi.com
अब सहकारीहरु मार्फत खाद्यान्नबाली उत्पादनको सुक्ष्म व्यवस्थापन
नेपाली किसानको खेतीपाती हलो गोरु हुँदै तराईमा यान्त्रीकरणसम्म पुगिसकेको छ । पूर्वका तराईक्षेत्र अन्यत्रभन्दा उब्जनी तथा सिँचाईका दृष्टिकोणले राम्रो मानिन्छ । यसलाई अहिलेको प्रविधि र पूँजीको व्यवस्था भए दक्षिण एसियाकै उत्कृष्ट खाद्यान्नवाली उत्पादन हुनसक्ने सम्भाव्यतालाई नकार्न सकिन्न ।

नेपाल कृषि कम्पनीले धान र धानपछिको हिउँदेबालीमा गहुँ र मकैको सफल परीक्षण स्थापित गरिसकेको छ । यस खेतीलाई उतार्न सतप्रतिशत यान्त्रीकरण प्रविधिलाई प्रयोगमा ल्याईसकेको छ । खेती समयमै उतार्न आवश्यक सस्तो र संस्थागत चालूपूँजीको व्यवस्था गरेको छ । यी खाद्यान्नवालीका लागि आवश्यक पर्ने बिउ, मल एवं प्रविधिको समेत व्यवस्था गरेको छ । 

हाम्रो कार्यक्रममा सहभागी केही किसानहरुले बिगाहाको ४ टन धान, १०.५ टन मकै र २.६ टन गहुँ उत्पादन गरेका दृष्टान्तहरु पनि छन् । त्यसका बाबजूद यस प्रकारको अधिक्तम उत्पादन सबै किसानले गर्न नसकेको मूख्य कारणहरु औंल्याउँदा कृषि जमिनको खण्डिकरण तथा व्यवसायिक खेतीप्रति पूर्ण लगाव नहुनु नै रहेको छ । 

अघिल्लो पुस्ताबाट ठूल–ठूला खेतीपातीका जग्गाहरु अहिले आएर सरदर प्रति परिवार १ देखि १.५ बिगहा जग्गा मात्रै बाँकी रहेको छ । जबकि यान्त्रीकरणबाट खेती गर्दा जति ठूलो क्षेत्रफल भयो उती थोरै लगानी र अधिक्तम उत्पादन हुने प्रमाणित भइसकेको छ । परम्परागतबाट यान्त्रीकरणतर्फ बामे सर्दै गरेको अवस्थामा यस्ता जमिनबाट व्यवसायिक खेती गर्दा व्यवस्थापन चूस्तदुरुस्त र सरल नहुनु नै हाम्रो थप निष्कर्ष रहेको छ ।

अति खण्डिकृत कृषि जमिनलाई माथि उल्लेखित व्यवस्थामा उतार्न सहकारीहरुमार्फत मात्र सहकार्य गर्न सकिने निष्कर्षमा हामी पुगेका छौं । हामीले सम्झना र सामूहिक कृषि सहकारीसँगको  सहभागितामा यस प्रकारको कार्यक्रम सञ्चालन गर्ने भएका छौं । जसले यी सहकारीहरुको व्यवस्थापन व्यवहारिक एवं संस्थागत हुने हाम्रो मान्यता रहेको छ । यस्तो सहकार्यका लागि २०७३ सालको पौषमसान्तसम्म यस विषयमा सम्झौता भइसकेको छ ।

सम्झना र सामूहिक सहकारीको करिब ६५० बिगहामा यसपालीको धान खेती र त्यसपछि हिउँदेवाली (गहुँ, मकै) को सम्पूर्ण व्यवस्थापन सहकारीहरु मार्फत गरिदैछ । यसको अलावा यसैपालि करिब ५० बिगहामा यान्त्रीकृत एस. आर. आइ. (SRI) प्रविधिबाट धान खेती हुँदैछ । यो प्रविधि अपनाउँदा २५ प्रतिशतदेखि ५० प्रतिशतसम्म धान उत्पादन बढ्ने तथ्यांक छ । अहिलेसम्म करिब १५ बिगहामा यस प्रविधिबाट रोपाई भइसकेको छ ।
ताजा ब्लग
धान निर्यात गर्ने नेपाल कसरी बन्यो आयातकर्ता
हरिबहादुर थापा, काठमाडौं
कहलिएका बुद्धिजीवी डा. हर्कबहादुर गुरुङ विपरित धारमा एक त्यस्ता पात्र देखापरे, जो २०४५ चैत १० को भारतीय नाकाबन्दीसँगै ‘खुसी’ भए । सँगै नेपालविरुद्ध नाकाबन्दी गरेकामा उनी भारतलाई ‘धन्यवाद’ समेत दिन चुकेनन् । उनको त्यो विपरित धारको अभिव्यक्तिलाई धेरैले आश्चर्यजनक रुपमा लिए । तर उनको अभिव्यक्तिमा अन्तर्निहित ‘राष्ट्रियता’प्रतिको गहिरो भावनाका कारण कसैबाट आलोचना आएन ।
डिजिटल कृषि मानचित्र र अनुदान
हिमा (स्वस्ती) पौडेल
कृषि क्षेत्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने चर्चा चल्ने गरेको भएपनि यथार्थमा ती कुराहरु हुन सकिरहेका छैनन् । नेपाली कृषि क्षेत्र परम्परागतबाट माथि उठ्नै सकेको छैन भन्दा फरक नपर्ला । हुन त पछिल्लो समयमा कृषि क्षेत्रमा लाग्नेहरु पनि विगतको भन्दा फरक किसिमले आईसकेका छन् ।
New partnership to promote sustainable mechanization of agriculture
fao.org/news
FAO and the European Agricultural Machinery Industry Association CEMA , an international non-profit organisation, today forged a new partnership that aims to promote wider use of sustainable agricultural mechanization in developing countries.
कृषि विकासका लागि नयाँ बहसको खाँचो
कृष्णप्रसाद पौडेल
बाहिरबाट हेर्दा सहरी क्षेत्र, घरका संरचना र पूर्वाधारमा व्यापक क्षति देखिए पनि भुइँचालोले गाउँका गरिब किसान र खेतीपातीमा व्यापक असर पारेको छ। कृषिका पूर्वाधारमा व्यापक क्षति भएको छ। खाने अन्नमात्र हैन, लगाउने बिउ सबै घरसँगै पुरिएको छ। गोठ भत्किएर गाई वस्तु मरेका छन्, घाइते भएका छन्। भूकम्पपछि कतै मूल फुटेको छ, कतै सुकेको छ।
किसान महिलाको श्रमको सम्मान
कुमार थापा
‘घाँस काट मै, खाना पकाउ मै, सासु ससुरा र बालबच्चाको स्याहार गर मै, खेती लगाउ मै, खेती भित्र्याउ मै, पिस/कुट मै, यसरी नै चल्छ मेरो जिन्दगी'– यो भनाइ हो रौतहटकी किसान महिला जीतनीदेवी रामको।
९० प्रतिशत महिला खेतीपातीको काम गर्छन् तर त्यतिले मात्र महिलाको काम पूरा हुँदैन। बिहानीको मिरमिरेदेखि जुनेली रातसम्म घरधन्दा, खानाको जोहोदेखि सबै काममा महिलाकै योगदान छ तर कामको मूल्यांकन भने पैसा र आम्दानीसँग जोडिन्छ। खेतीपाती र घरायसी काममा खट्ने महिलाको श्रमलाई प्रतिष्ठासँग कहिल्यै जोडिएन।
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft