हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ०२१-५३२५१९
ईमेल : info@nepalkrishi.com
हिउँदे बालीको चालुपूँजी र धान बैंकीङ कार्यक्रमको अनुभव (२०७१)
नेपाल कृषि कम्पनीले सुनसरीको चिमडीदेखि एकम्बासम्म चारवटा सहकारीहरु बिर्जुधामी, सम्झना, सामूहिक र उर्जामार्फत करिब ७५० बिगहा जमिनमा हिउँदे बालीको लागि करिब रु. १ करोड ५० लाख बराबरको चालूपुँची परिचालन गर्‍यो । हिउँदे बाली अन्तर्गत गहुँ ६१७ बिगहामा र मकै १३३ बिगहामा गरियो । जसको नतिजा अनपेक्षित राम्रै रह्यो । 
 
तराईका धेरैजसो ठाउँमा साधन स्रोत तथा अनुभवको कमीले किसान प्राय: मूख्य बाली धानकै लागि खेती गर्छन् भने थोरै किसानहरु गहुँ र केहीले मकैको खेती गर्छन् । यी चारवटा सहकारीका किसानहरुमा पनि धेरैजसो पहिलो चोटी गहुँ तथा मकैका खेती गरे, जुन हाम्रा लागि निकै राम्रो अनुभव रह्यो । 
 
किसानहरुले गरेको खेतीबाट आफ्नो लागि राखेर बाँकी करिब ५१० टन धान अन्न बैकिङ गर्‍यो । जुन हामीले सोचेको भन्दा निकै कम परिमाण रह्यो । 
 
अन्न बैंकिङ असफल हुनुको मूख्य कारणहरु:
  1. धान भण्डारण गरेदेखि नै यस वर्ष धानको भाउ बढ्दै बढेन, बरु बिक्री गर्ने समयमा उल्टै घटेर गयो ।
  2. धान भण्डारण गर्ने गोदाम गाउँ खेतदेखि करिब ३० किमि टाढा हुनाले आवश्यक पूर्वाधार जुटाउन निकै खर्चिलो र अप्ठेरो भयो ।
  3. हाम्रो प्राथमिकता कम खर्चमा अधिक्तम खाद्यान्न उत्पादन गर्ने रहेको र सो खाद्यान्नलाई भण्डारण गरेर व्यापारिक कारोवार गर्दा नोक्सान परेको खण्डमा सहन शक्ति कम रहने अनुभव भयो ।
  4. २००० टनको योजना बनाएको खाद्यान्न भण्डारण तथा बैकिङ कार्यक्रममा माथिको असहजताको कारण जम्मा जम्मी ५१० टन मात्रै भण्डारण भयो । जसमा कूल घाटा करिब रु. ४९ लाख रहन गयो । तसर्थ अब यस कार्यक्रमलाई अगाडि नबढाउने निर्णय गरियो ।
 
चालूपूँजी अन्तर्गत करिब ६१७ बिगहामा गहुँ खेती र १३३ बिगाहा मकै खेती गरियो । जसको अनुभव निम्नानुसार रह्यो :
  1. समयमा लगाएको मकै अधिक्तममा १०.५ टन प्रति बिगहा उत्पादन भयो भने गहुँ २.६ टन प्रति बिगहा उत्पादन भयो । यसैगरि मंसिर मसान्तपछि लगाएको बालीहरुको उत्पादन तथ्यांकले घटेको देखायो ।
  2. हिउँदे बालीहरु मकै र गहुँ दुबै यन्त्रबाट रोपिन सकिन्छ भन्ने सफल परीक्षण भयो ।
  3. केही किसानहरुले दाउनीपछि चालूपूँजीको ऋण तिर्न आनाकानी गरेको पाइयो । सो ऋण रकम अहिले पनि उठन बाँकी नै छ ।
  4. सहकारीहरुको संस्थागत एवं व्यवसायिक सञ्चालन पद्धति नरहेको कारण कृषि कार्यक्रम सञ्चालन गर्दा अव्यवस्थीत परिस्थिती रहेको र आम्दानी खर्चका हिसाबहरु दुरुस्त राख्न नसकेको पाइयो । यसैगरी योजना अनुसार व्यवस्थीत रुपले रकम पनि सञ्चालन गर्न नसकेको अनुभव रह्यो । 
  5. सहकारीहरुले आफ्ना सदस्य किसानहरुको कृषि कार्यक्रम चूस्तताका साथ सञ्चालन गर्न नसकेको अनुभव भयो ।
  6. मन्सुली धानको मूल्य प्रति केजी २२/२३ हुँदा चामलको मूल्य ३०/३२ रहन्छ र धानको मूल्यलाई भारतिय बजारले धेरै असर पार्छ । त्यसैकारण हाम्रो पूर्वको तराईमा बासमतिजस्तो अधिक्तम मूल्य पाउने धान यसपालिदेखि परीक्षण उत्पादन शुरु गरेका छौं ।
  7. धान बैंकिङको घाटा साथसाथै फिलतो सहकारी व्यवस्थापन र उठेको रकमलाई अन्यत्र अव्यवस्थीत लगानीको कारण चारवटै सहकारी मिलाएर करिब ७३ लाख रुपैयाँ हिउँदेबाली चालूपूँजीको ऋण तिर्न बाँकी रहेको छ ।
ताजा ब्लग
धान निर्यात गर्ने नेपाल कसरी बन्यो आयातकर्ता
हरिबहादुर थापा, काठमाडौं
कहलिएका बुद्धिजीवी डा. हर्कबहादुर गुरुङ विपरित धारमा एक त्यस्ता पात्र देखापरे, जो २०४५ चैत १० को भारतीय नाकाबन्दीसँगै ‘खुसी’ भए । सँगै नेपालविरुद्ध नाकाबन्दी गरेकामा उनी भारतलाई ‘धन्यवाद’ समेत दिन चुकेनन् । उनको त्यो विपरित धारको अभिव्यक्तिलाई धेरैले आश्चर्यजनक रुपमा लिए । तर उनको अभिव्यक्तिमा अन्तर्निहित ‘राष्ट्रियता’प्रतिको गहिरो भावनाका कारण कसैबाट आलोचना आएन ।
डिजिटल कृषि मानचित्र र अनुदान
हिमा (स्वस्ती) पौडेल
कृषि क्षेत्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने चर्चा चल्ने गरेको भएपनि यथार्थमा ती कुराहरु हुन सकिरहेका छैनन् । नेपाली कृषि क्षेत्र परम्परागतबाट माथि उठ्नै सकेको छैन भन्दा फरक नपर्ला । हुन त पछिल्लो समयमा कृषि क्षेत्रमा लाग्नेहरु पनि विगतको भन्दा फरक किसिमले आईसकेका छन् ।
New partnership to promote sustainable mechanization of agriculture
fao.org/news
FAO and the European Agricultural Machinery Industry Association CEMA , an international non-profit organisation, today forged a new partnership that aims to promote wider use of sustainable agricultural mechanization in developing countries.
कृषि विकासका लागि नयाँ बहसको खाँचो
कृष्णप्रसाद पौडेल
बाहिरबाट हेर्दा सहरी क्षेत्र, घरका संरचना र पूर्वाधारमा व्यापक क्षति देखिए पनि भुइँचालोले गाउँका गरिब किसान र खेतीपातीमा व्यापक असर पारेको छ। कृषिका पूर्वाधारमा व्यापक क्षति भएको छ। खाने अन्नमात्र हैन, लगाउने बिउ सबै घरसँगै पुरिएको छ। गोठ भत्किएर गाई वस्तु मरेका छन्, घाइते भएका छन्। भूकम्पपछि कतै मूल फुटेको छ, कतै सुकेको छ।
किसान महिलाको श्रमको सम्मान
कुमार थापा
‘घाँस काट मै, खाना पकाउ मै, सासु ससुरा र बालबच्चाको स्याहार गर मै, खेती लगाउ मै, खेती भित्र्याउ मै, पिस/कुट मै, यसरी नै चल्छ मेरो जिन्दगी'– यो भनाइ हो रौतहटकी किसान महिला जीतनीदेवी रामको।
९० प्रतिशत महिला खेतीपातीको काम गर्छन् तर त्यतिले मात्र महिलाको काम पूरा हुँदैन। बिहानीको मिरमिरेदेखि जुनेली रातसम्म घरधन्दा, खानाको जोहोदेखि सबै काममा महिलाकै योगदान छ तर कामको मूल्यांकन भने पैसा र आम्दानीसँग जोडिन्छ। खेतीपाती र घरायसी काममा खट्ने महिलाको श्रमलाई प्रतिष्ठासँग कहिल्यै जोडिएन।
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft