हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ०२१-५३२५१९
ईमेल : info@nepalkrishi.com
धान खेतीमा सघन प्रणाली (SRI)
बढ्दो शहरीकरण र जनसंख्याको कारण उर्वरा तथा खेतीयोग्य जमिनहरु क्रमश: घर–घडेरी तथा अन्य कार्यहरुमा परिणत भइरहेको छ । फलस्वरूप अन्नबालीका लागि जमिनको अभाव हुदै गएको छ । त्यसमाथि अधिकांश खाद्यान्न बाली परम्परागत तरिकाबाट गरिने हुँदा लगानी धेरै गर्नुपर्ने परिणामस्वरुप वर्षको एक बाली लगाई बाँकी समय खेत बाँझो नै रहेको अवस्था छ ।
 
नेपाल कृषि कम्पनीले सुनसरी जिल्लाको एकम्बा गाविसदेखि दक्षिणमा चिमरी गाविससम्म चार वटा सहकारीहरुको सहभागितामा करिब ७५० बिगाहा जमिनमा खाद्यान्नबाली खेती गर्न यान्त्रिकरण प्रविधिलाई भित्र्याइएको छ । र वाणिज्य बैंकहरुबाट सस्तो ब्याजदरमा चालूपुँजी उपलब्ध भएपछी वर्षको दुई बालीबाट अब फाइदामा हुन थालेको छ ।अब हामीले नेपालको प्रमुख खाद्यान्नबाली धानखेती पूर्ण यान्त्रिकृत तथा धान वृद्धिमा सघन प्रणाली (System of Rice Intensification)  अर्थात् SRI पद्वतिको परीक्षण गर्ने कार्यक्रम अगाडी बढाएका छौ ।
 
SRI पद्वतिमा अति कलिलो (१०–१२ दिनका) बेर्नालाई पातलो रोपाई गरेर पानीको उचित व्यवस्थापन गरि हरेक बेर्नाबाट जतिसक्दो धेरै गाँज बढाई धान उत्पादनमा वृद्धि गर्ने हो ।अहिले हाम्रो प्रयासमा सम्पूर्ण पूर्वाधारहरु पूरा गरि कम्बाइन हार्भेष्टरबाट दाउनी गर्दा बिगाहको ३.२ टन धान उत्पादन भइरहेको छ । विषेशज्ञहरुका अनुसार SRI पद्वति अपनाई खेती गरेमा यो उत्पादनमा १.५ गुणाले वृद्धि हुने प्रक्षेपण गरेका छन्।परम्परागत SRI पद्वतिको गार्‍हो पक्ष भनेको कम उमेरको बेर्नालाई कृषि मजदुरबाट लाइन मिलाएर रोप्नु र सिँचाईको व्यवस्थापन जमिनको नमी अनुसार गर्नुपर्ने थियो । अझ जथाभावी उम्रने झारपातलाई निरन्तर गोडी हटाउनु नै थियो । यी कारणहरुले गर्दा नेपालमा SRI पद्वति त्यति प्रचलनमा नआउनुको साथै सफल नभएको हो ।

नेपाल कृषि कम्पनीले सुनसरीको हाम्रो आधार इलाकामा करिब १०० बिगाहा खेतमा यस पद्वतिलाई यान्त्रिकरण गरि यस सिजनमा परीक्षण गर्ने निर्णय गरेको छ । हाम्रो यस प्रयोगबाट निम्न उदेश्यहरु हासिल गर्ने लक्ष्य रहेको छ ।

लक्ष्यहरु
१)   धान रोप्ने र गोड्ने कार्य यन्त्रहरुबाट गर्ने ।
२)   सम्पूर्ण खेती पूर्ण यान्त्रिकरण गरिने भएकोले कार्यक्रम अन्तर्गतको १०० बिगाहा खेतमा व्यवस्थित तरिकाबाट वर्षको तीन बालीको चक्र लिन सकिने सोचको व्यावहारिक प्रयोग गरिने ।
३)   महिला सशक्तिकरण कार्यक्रम गाउँबाटै शुरु गर्नुपर्छ । यही कुरालाई हृदयङ्गम गरि नेपाल कृषि कम्पनीले SRI विधि अन्तर्गत धान रोप्ने र गोड्नका लागि विभिन्न यन्त्र चलाउनका लागि तालिमहरु आयोजना गर्ने ।  तालिमका लागि देश विदेशका विशेषज्ञहरुलाई सहभागी गराउने कार्यक्रम रहेको छ ।
 
यसरी SRI विधि अपनाउँदा, आउँदा दिनहरुमा रोजगारको थप सिर्जना हुने र कालान्तरमा खाद्यान्नबाली खेतीलाई आवश्यक सम्पुर्ण कार्य माहिला जनशक्तिबाटै हुनसक्ने सम्भावनालाई वास्तविकतामा परिणत गर्ने ।नेपाल कृषि कम्पनीले यस कार्यक्रमलाई आवश्यक पर्ने पाँच वटा धान रोप्ने र दशवटा धान गोड्ने यन्त्रहरु आयात गरिसकेको छ । यहि फाल्गुण र चैत्रमा ५० बिगाहा खेतमा SRI विधिबाट चैते धान रोपाई पुरा गर्ने लक्ष्य रहेको छ ।
ताजा ब्लग
धान निर्यात गर्ने नेपाल कसरी बन्यो आयातकर्ता
हरिबहादुर थापा, काठमाडौं
कहलिएका बुद्धिजीवी डा. हर्कबहादुर गुरुङ विपरित धारमा एक त्यस्ता पात्र देखापरे, जो २०४५ चैत १० को भारतीय नाकाबन्दीसँगै ‘खुसी’ भए । सँगै नेपालविरुद्ध नाकाबन्दी गरेकामा उनी भारतलाई ‘धन्यवाद’ समेत दिन चुकेनन् । उनको त्यो विपरित धारको अभिव्यक्तिलाई धेरैले आश्चर्यजनक रुपमा लिए । तर उनको अभिव्यक्तिमा अन्तर्निहित ‘राष्ट्रियता’प्रतिको गहिरो भावनाका कारण कसैबाट आलोचना आएन ।
डिजिटल कृषि मानचित्र र अनुदान
हिमा (स्वस्ती) पौडेल
कृषि क्षेत्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने चर्चा चल्ने गरेको भएपनि यथार्थमा ती कुराहरु हुन सकिरहेका छैनन् । नेपाली कृषि क्षेत्र परम्परागतबाट माथि उठ्नै सकेको छैन भन्दा फरक नपर्ला । हुन त पछिल्लो समयमा कृषि क्षेत्रमा लाग्नेहरु पनि विगतको भन्दा फरक किसिमले आईसकेका छन् ।
New partnership to promote sustainable mechanization of agriculture
fao.org/news
FAO and the European Agricultural Machinery Industry Association CEMA , an international non-profit organisation, today forged a new partnership that aims to promote wider use of sustainable agricultural mechanization in developing countries.
कृषि विकासका लागि नयाँ बहसको खाँचो
कृष्णप्रसाद पौडेल
बाहिरबाट हेर्दा सहरी क्षेत्र, घरका संरचना र पूर्वाधारमा व्यापक क्षति देखिए पनि भुइँचालोले गाउँका गरिब किसान र खेतीपातीमा व्यापक असर पारेको छ। कृषिका पूर्वाधारमा व्यापक क्षति भएको छ। खाने अन्नमात्र हैन, लगाउने बिउ सबै घरसँगै पुरिएको छ। गोठ भत्किएर गाई वस्तु मरेका छन्, घाइते भएका छन्। भूकम्पपछि कतै मूल फुटेको छ, कतै सुकेको छ।
किसान महिलाको श्रमको सम्मान
कुमार थापा
‘घाँस काट मै, खाना पकाउ मै, सासु ससुरा र बालबच्चाको स्याहार गर मै, खेती लगाउ मै, खेती भित्र्याउ मै, पिस/कुट मै, यसरी नै चल्छ मेरो जिन्दगी'– यो भनाइ हो रौतहटकी किसान महिला जीतनीदेवी रामको।
९० प्रतिशत महिला खेतीपातीको काम गर्छन् तर त्यतिले मात्र महिलाको काम पूरा हुँदैन। बिहानीको मिरमिरेदेखि जुनेली रातसम्म घरधन्दा, खानाको जोहोदेखि सबै काममा महिलाकै योगदान छ तर कामको मूल्यांकन भने पैसा र आम्दानीसँग जोडिन्छ। खेतीपाती र घरायसी काममा खट्ने महिलाको श्रमलाई प्रतिष्ठासँग कहिल्यै जोडिएन।
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft