हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ०२१-५३२५१९
ईमेल : info@nepalkrishi.com
हिउँदे बालीतर्फ किसानलाई आकर्षित गरिएको
धानपछि मुख्य अन्नबालीमा गहुँ र मकै पर्छन् । धान भित्र्याइसकेपछि चिसो मौसम शुरु हुने हुदाँ किसानले पनि खासै यसतर्फ ध्यान नदिएका रहेछन् । त्यसैले फाट्टफुट्ट रुपले गहुँ र मकैको खेती हुने गरेको रहेछ ।
 
धानको तुलनामा गहुँ र मकैमा थोरै पानी अनि कम हेरचाह र मेहनत भए पुग्छ । यसै कुरालाई ध्यानमा राखी नेपाल कृषि कम्पनीले हिउँदे बालीमा माटोको प्रकृति हेरी गहुँ र मकैको लागि किसानहरुलाई हौंस्यायो । त्यसको परिणाम हो– सुनसरी जिल्लाको दक्षिण चिमडी गाविसदेखि उत्तर एकम्बा गाविससम्मका ४ वटा सहकारीले गरेको हिउँदे खेती । ती चार सहकारीहरु हुन् — चिमडीको बिर्जुधामी, तनमुना गाविसको सिर्जना कृषि सहकारी, औराबनी गाविसको सामुहिक कृषि सहकारी र एकम्बा गाविसको उर्जा कृषि सहकारी ।
 
२०७० को गहुँको परीक्षणपछि यी सहकारीहरुसँग भएको वृहत अन्तरक्रिया कार्यक्रममा हामीले दुइवटा समस्या पहिचान गर्यौं ।
१.     खाद्यान्नबालीमा किसानहरुको खर्च धेरै तथा आम्दानी कम देखिनु साथै खेति शुरु गर्ने बेला चालुपूँजीको अभावमा समयमै मलखाद, बीउ उपलब्ध नहुन । यी सबै कारणले उत्पादनमा र्‍हास आउनु स्वाभाविक नै हो ।
२.    खाद्यान्न उत्पादन हुने बितिकै पैसाको अभावमा तुरुन्त सस्तो दरमा बिक्री गर्नुपर्ने ।

यी समस्याहरुको समाधान वाणिज्य बैंकहरुबाट सस्तो एवं सुलभ ऋण बाहेक अरु विकल्प छैन । यसैगरि वाणिज्य बैंकलाई किसानहरुले ऋण तिर्ने-नतिर्ने कुराको त्रास । यसका लागि किसानहरुले ऋण बराबरको घरजग्गा धरौटीमा राख्नुपर्ने ।

हामीले यस्ता ऋणको सुरक्षाका निम्ति निम्न विश्लेषण गर्यौं ।
क)    यो ऋण संस्थागत ऋण हो । किसानहरु आधिकारिक सहकारीका साधारण सदस्य हुन् र सहकारीप्रति जवाफदेहिताको सम्पूर्ण भरपाई, तमसुक गरेका हुन्छन् । सहकारीहरुका कार्यकारीको जमानीमा वाणिज्य बैंकले ऋण दिने हो । यसको प्रारम्भीक अनुगमन नेपाल कृषि कम्पनीले गर्नेछन् ।  सहकारी, बैंक र नेपाल कृषि कम्पनीको त्रिपक्षीय सम्झौता अनुसार यो कार्यक्रम ऋणमा सञ्चालन हुनेछ ।

ख)    हरेक सहकारीमा १०० देखि १५० किसान परिवारको संलग्नता रहनेछन् ।

ग)    चालुपूँजी र अन्न भण्डारण दुवैको बिमा हुने भएकोले यदि केहि गरि भविष्यमा बाली नोक्सान भएमा ऋण बिमाबाट असुल गरिने ।
यसैकारण अब किसानहरुको उत्पादकत्व बढाउन, कम्तिमा वर्षको दुई बाली खेति गर्न र आफ्नो उत्पादन भण्डारण गरि बैंकिंग गरेर अधिकतम मूल्य पाउन वाणिज्य बैंकको ऋण प्रयोग नगरी अर्को उपाय रहेन ।

हामीले यहि उदेश्य हासिल गर्न २०७१ सालको हिउदे बालीमा करिब ७५० बिगाहाका किसानहरुलाई यी चार सहकारीहरु मार्फत आवद्ध गरायौं र आवश्यक यन्त्रहरु व्यवस्था गराई दियौं ।

वाणिज्य बैंकहरुलाई यस व्यवसायिक स्तरको कार्यक्रममा पहिले विश्वस्त हुन अति जरुरी थियो । त्यसैकारण बुध्द एयरको प्रवन्ध निर्देशक तथा नेपाल कृषि कम्पनीका सञ्चालक श्री वीरेन्द्र बहादुर बस्नेतको व्यक्तिगत जमानीमा रु. ५ करोड बराबरको ऋण बैंकले स्वीकृत गर्‍यो । त्यसमध्ये रु. १ करोड ३ लाख ४५ हजार रुपैयाबराबरको ऋण प्रवाह भइसकेको छ । उक्त रकम ६०० बिगाहा गहुँ खेती र १५० बिगाहामा मकै खेतीको लागि खर्च भएको छ । त्यस्तै ५११ टन धान भण्डारण गरि १ करोड ४ लाख ७५ हजार रुपैँयाको बैंकिंग गरीएको छ । यस कार्यक्रमलाई टेवा दिने र संस्थागत सुपरिवेक्षण गर्ने एभरेष्ट बैंकका अध्यक्ष श्री वि.के. श्रेष्ठ, मूख्य कार्यकारि अधिकृत श्री ए.के. अल्हुवालिया, सहायक महाप्रवन्धक श्री राजेश गौतम र विशेष गरि विराटनगर शाखाका व्यवस्थापक श्री श्वालिद स्थापितज्यूलाई मुरी–मुरी धन्यवाद एवं आभार व्यक्त गर्न चाहन्छौँ ।

अब हामी यस कार्यक्रमको अन्तिम नतिजाको प्रतिक्षामा छौँ ।
ताजा ब्लग
धान निर्यात गर्ने नेपाल कसरी बन्यो आयातकर्ता
हरिबहादुर थापा, काठमाडौं
कहलिएका बुद्धिजीवी डा. हर्कबहादुर गुरुङ विपरित धारमा एक त्यस्ता पात्र देखापरे, जो २०४५ चैत १० को भारतीय नाकाबन्दीसँगै ‘खुसी’ भए । सँगै नेपालविरुद्ध नाकाबन्दी गरेकामा उनी भारतलाई ‘धन्यवाद’ समेत दिन चुकेनन् । उनको त्यो विपरित धारको अभिव्यक्तिलाई धेरैले आश्चर्यजनक रुपमा लिए । तर उनको अभिव्यक्तिमा अन्तर्निहित ‘राष्ट्रियता’प्रतिको गहिरो भावनाका कारण कसैबाट आलोचना आएन ।
डिजिटल कृषि मानचित्र र अनुदान
हिमा (स्वस्ती) पौडेल
कृषि क्षेत्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने चर्चा चल्ने गरेको भएपनि यथार्थमा ती कुराहरु हुन सकिरहेका छैनन् । नेपाली कृषि क्षेत्र परम्परागतबाट माथि उठ्नै सकेको छैन भन्दा फरक नपर्ला । हुन त पछिल्लो समयमा कृषि क्षेत्रमा लाग्नेहरु पनि विगतको भन्दा फरक किसिमले आईसकेका छन् ।
New partnership to promote sustainable mechanization of agriculture
fao.org/news
FAO and the European Agricultural Machinery Industry Association CEMA , an international non-profit organisation, today forged a new partnership that aims to promote wider use of sustainable agricultural mechanization in developing countries.
कृषि विकासका लागि नयाँ बहसको खाँचो
कृष्णप्रसाद पौडेल
बाहिरबाट हेर्दा सहरी क्षेत्र, घरका संरचना र पूर्वाधारमा व्यापक क्षति देखिए पनि भुइँचालोले गाउँका गरिब किसान र खेतीपातीमा व्यापक असर पारेको छ। कृषिका पूर्वाधारमा व्यापक क्षति भएको छ। खाने अन्नमात्र हैन, लगाउने बिउ सबै घरसँगै पुरिएको छ। गोठ भत्किएर गाई वस्तु मरेका छन्, घाइते भएका छन्। भूकम्पपछि कतै मूल फुटेको छ, कतै सुकेको छ।
किसान महिलाको श्रमको सम्मान
कुमार थापा
‘घाँस काट मै, खाना पकाउ मै, सासु ससुरा र बालबच्चाको स्याहार गर मै, खेती लगाउ मै, खेती भित्र्याउ मै, पिस/कुट मै, यसरी नै चल्छ मेरो जिन्दगी'– यो भनाइ हो रौतहटकी किसान महिला जीतनीदेवी रामको।
९० प्रतिशत महिला खेतीपातीको काम गर्छन् तर त्यतिले मात्र महिलाको काम पूरा हुँदैन। बिहानीको मिरमिरेदेखि जुनेली रातसम्म घरधन्दा, खानाको जोहोदेखि सबै काममा महिलाकै योगदान छ तर कामको मूल्यांकन भने पैसा र आम्दानीसँग जोडिन्छ। खेतीपाती र घरायसी काममा खट्ने महिलाको श्रमलाई प्रतिष्ठासँग कहिल्यै जोडिएन।
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft