हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ०२१-५३२५१९
ईमेल : info@nepalkrishi.com
नीति तथा कार्यक्रम
नेपालमा कृषि निजी भए पनि त्यसको सान्दर्भिकता एवं कार्यान्वनमा विविध चुनौतीहरु देखिएका छन् । नेपाल कृषि कम्पनीले तराईका जिल्लामा सहकारी मार्फत कृषिमा गरिरहेको नया प्रयोग नेपालको कृषि क्षेत्रको नीति तथा प्रक्रियालाई नजिकबाट नियाल्ने र त्यसमा सम्भावित परिमार्जन वा परिस्कृत गर्न सकिने केहि नया सम्भावनाहरु देखिएका छन् । नेपाल कृषि कम्पनीका सहकारीसँगको सहकार्यले कृषि यान्त्रिकरणका सम्भावना एवं चुनौती, कृषि ऋण, कृषि जोखिम, कृषि भण्डारण एवं कृषि प्रशोधनका अनुभवहरु राष्ट्रिय नीति निर्माण र कार्यक्रम विस्तारका लागि उपयोगी हुने देखिन्छ । यस सवालमा यस कम्पनीले यस भन्दा पहिले पनि विभिन्न चरणमा सरकारका विभिन्न निकायहरु जस्तै अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकमा आफ्ना अनुभवहरु बढेका थियौ ।
 
यस बाहेक पनि नेपाल कृषि कम्पनीले नीतिगत तहमा सुधार ल्याउनका लागि हरेक वर्ष सरकारी उच्च निकायका प्रतिनिधी एवं राजनैतिक दलका प्रतिनिधीलाई किसानका घर दैलोमा पुर्याई प्रत्यक्ष अन्तरक्रिया गराउने कार्य गर्दै आएको छ र अब आउने दिनमा पनि यसलाई निरन्तर गर्दै जाने कार्यक्रम छ। यसका साथै नेपाल कृषि कम्पनीले अन्य औपचारिक एवं अनौपचारिक कार्यक्रम तथा भेटघाटबाट नेपालको कृषि नीतिले कार्यक्रमलाई अझ बढी प्रभाकारी बनाउन प्रयास गरिरहेको छ । यसका लागि राष्ट्रिय स्तरमा अझै बढी अन्तरक्रियात्मक कार्यक्रम गर्ने र स्थानीय स्तरमा विभिन्न सरकारी एवं गैरसरकारी संस्थासँग हातेमालो गर्दै स्थानीय किसानको आवश्यकता र भौगोलिक परिवेशसँग मेल खाने कार्यक्रमहरु गर्दै जाने रहेको छ।
 
हाम्रो यो प्रयास नेपालको कृषि विशेषगरि तराईलाई कसरी दिगो र उत्पादनमुखी बनाई कृषि क्षेत्रमा आइरहेको निराशालाई घटाउदै राष्ट्रिय खाद्य सुरक्षा घटाउने भन्ने रहेकोले हामी कृषिसँग सम्बन्धित सबै निकाय एवं सरोकारवालाहरु सँग पनि यो क्षेत्रलाई अझै कसरी सुद्धृढ बनाउन सकिन्छ भन्ने बारे सल्लाह सुझावको अपेक्षा रहनेछ ।
ताजा ब्लग
धान निर्यात गर्ने नेपाल कसरी बन्यो आयातकर्ता
हरिबहादुर थापा, काठमाडौं
कहलिएका बुद्धिजीवी डा. हर्कबहादुर गुरुङ विपरित धारमा एक त्यस्ता पात्र देखापरे, जो २०४५ चैत १० को भारतीय नाकाबन्दीसँगै ‘खुसी’ भए । सँगै नेपालविरुद्ध नाकाबन्दी गरेकामा उनी भारतलाई ‘धन्यवाद’ समेत दिन चुकेनन् । उनको त्यो विपरित धारको अभिव्यक्तिलाई धेरैले आश्चर्यजनक रुपमा लिए । तर उनको अभिव्यक्तिमा अन्तर्निहित ‘राष्ट्रियता’प्रतिको गहिरो भावनाका कारण कसैबाट आलोचना आएन ।
डिजिटल कृषि मानचित्र र अनुदान
हिमा (स्वस्ती) पौडेल
कृषि क्षेत्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने चर्चा चल्ने गरेको भएपनि यथार्थमा ती कुराहरु हुन सकिरहेका छैनन् । नेपाली कृषि क्षेत्र परम्परागतबाट माथि उठ्नै सकेको छैन भन्दा फरक नपर्ला । हुन त पछिल्लो समयमा कृषि क्षेत्रमा लाग्नेहरु पनि विगतको भन्दा फरक किसिमले आईसकेका छन् ।
New partnership to promote sustainable mechanization of agriculture
fao.org/news
FAO and the European Agricultural Machinery Industry Association CEMA , an international non-profit organisation, today forged a new partnership that aims to promote wider use of sustainable agricultural mechanization in developing countries.
कृषि विकासका लागि नयाँ बहसको खाँचो
कृष्णप्रसाद पौडेल
बाहिरबाट हेर्दा सहरी क्षेत्र, घरका संरचना र पूर्वाधारमा व्यापक क्षति देखिए पनि भुइँचालोले गाउँका गरिब किसान र खेतीपातीमा व्यापक असर पारेको छ। कृषिका पूर्वाधारमा व्यापक क्षति भएको छ। खाने अन्नमात्र हैन, लगाउने बिउ सबै घरसँगै पुरिएको छ। गोठ भत्किएर गाई वस्तु मरेका छन्, घाइते भएका छन्। भूकम्पपछि कतै मूल फुटेको छ, कतै सुकेको छ।
किसान महिलाको श्रमको सम्मान
कुमार थापा
‘घाँस काट मै, खाना पकाउ मै, सासु ससुरा र बालबच्चाको स्याहार गर मै, खेती लगाउ मै, खेती भित्र्याउ मै, पिस/कुट मै, यसरी नै चल्छ मेरो जिन्दगी'– यो भनाइ हो रौतहटकी किसान महिला जीतनीदेवी रामको।
९० प्रतिशत महिला खेतीपातीको काम गर्छन् तर त्यतिले मात्र महिलाको काम पूरा हुँदैन। बिहानीको मिरमिरेदेखि जुनेली रातसम्म घरधन्दा, खानाको जोहोदेखि सबै काममा महिलाकै योगदान छ तर कामको मूल्यांकन भने पैसा र आम्दानीसँग जोडिन्छ। खेतीपाती र घरायसी काममा खट्ने महिलाको श्रमलाई प्रतिष्ठासँग कहिल्यै जोडिएन।
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft