हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ०२१-५३२५१९
ईमेल : info@nepalkrishi.com
चालू पुँजी र अन्न बैंकिंङ
चालुपूँजी कार्यक्रम
खाद्यान्नबाली उत्पादनका लागि धेरै पूँजी, श्रम तथा अकासिँदो बिउ तथा मलको भाउले किसानहरु रनभूल्लामा परेका थिए । यसैकारण अहिले पनि धेरैजसो किसानहरु वर्षको एकचोटी मात्र धान लगाउने गरेका छन् । जसले गर्दा खेतजग्गा बाँझो हुनुको साथै यसको उत्पादकत्व शक्तिमा पनि क्षीणता आइरहेछ । यससँगै किसानले आम्दानीको स्रोत पनि गुमाउने गरेका छन् ।
 
चालुपूँजीको मुख्य ध्येय नै कृषि सहकारीका किसानहरुलाई अग्रिम बिउ, मल उपलब्ध गराउनु थियो । यो कार्यक्रमको परीक्षण सामूहिक कृषि सहकारी, औराबनी, सनुसरीबाट गरियो । सहकारीसँग आफ्नै कृषियन्त्र भएकोले यो कार्यक्रम शुरु गर्न झन् सजिलो भयो । २०७० सालमा शुरु गरिएको यस कार्यक्रममा त्यस सहकारीका १५० बिगहा खेतमा गहुँको बिउ छरिए । यान्त्रिकरण र सुलभ एवं सस्तो चालुपूँजीको कारणले किसानहरुले बिगाहाको औसत ३७.५ हजार रुपैँया साढे चार महिनामै सजिलै सुद नाफा कमाए, जुन हामीले प्रक्षेपण गरेको तथ्यांकसँग मेल पनि खायो ।
 
बिसौँ वर्ष देखि लगानी बढी हुने र आम्दानी कम हुने अवस्था भएकोले हिउँदे बालि नगरि बसेका औराबनी गाविस सुनसरीका किसानहरु यान्त्रीकरण र सुपथ तथा सुलभ चालुपूँजीको व्यवस्थाको कारण मनग्गै लाभले धेरै उत्साहित भए । साथै यस प्रयोगको अवलोकन गरेका सुनसरीका एकम्बा गाविसदेखि चिमडी गाविसका किसानहरु पनि वर्षको दुई खाद्यान्नबाली उत्पादन गर्न उत्सुक भए । सामूहिक कृषि सहकारीको २०७० सालको हिउँदेबाली गहुँको सफल परीक्षणपछि हामीले आफ्नो कार्यक्षेत्रलाई केहि परिवर्तन गर्ने निर्यण गर्यौं । खाद्यान्नबालीको उत्पादनलाई यान्त्रिकरणले सस्तो एवं उत्पादकत्व बढाउनुको साथै खेतीमा प्रयोग गर्दाको भाडाबाट यान्त्रिकरणको ऋण सहकारीहरुले सजिलै तीन वर्षमा चुक्ता गर्ने तथ्य प्रमाणितभइसकेको थियो ।

अन्न बैंकिंङ कार्यक्रम
यस कार्यक्रम अन्तर्गत किसानहरुलाई मौसमअनुसार उत्पादन गरेका अनाजलाई गोदाममा भण्डारण गर्ने व्यवस्था गरिन्छ । भण्डारण गर्नु अघि किसानले घरायसी प्रयोजनक लागि चाहिने केहि बाली आफूसँग राखन​ सक्नेछन्।  किसानहरुले उक्त अन्न  केहि महिनाको भण्डारण पछि उचित बजार मूल्य आउनासाथ बेच्न सक्ने हुदाँ उनीहरुले मनग्गे फाइदा लिन सक्छन् | उक्त रकममा बैक र वित्तीय संस्थालाई तिर्नुपर्ने सम्पूर्ण रकम कट्टा गरिनेछ।
ताजा ब्लग
धान निर्यात गर्ने नेपाल कसरी बन्यो आयातकर्ता
हरिबहादुर थापा, काठमाडौं
कहलिएका बुद्धिजीवी डा. हर्कबहादुर गुरुङ विपरित धारमा एक त्यस्ता पात्र देखापरे, जो २०४५ चैत १० को भारतीय नाकाबन्दीसँगै ‘खुसी’ भए । सँगै नेपालविरुद्ध नाकाबन्दी गरेकामा उनी भारतलाई ‘धन्यवाद’ समेत दिन चुकेनन् । उनको त्यो विपरित धारको अभिव्यक्तिलाई धेरैले आश्चर्यजनक रुपमा लिए । तर उनको अभिव्यक्तिमा अन्तर्निहित ‘राष्ट्रियता’प्रतिको गहिरो भावनाका कारण कसैबाट आलोचना आएन ।
डिजिटल कृषि मानचित्र र अनुदान
हिमा (स्वस्ती) पौडेल
कृषि क्षेत्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने चर्चा चल्ने गरेको भएपनि यथार्थमा ती कुराहरु हुन सकिरहेका छैनन् । नेपाली कृषि क्षेत्र परम्परागतबाट माथि उठ्नै सकेको छैन भन्दा फरक नपर्ला । हुन त पछिल्लो समयमा कृषि क्षेत्रमा लाग्नेहरु पनि विगतको भन्दा फरक किसिमले आईसकेका छन् ।
New partnership to promote sustainable mechanization of agriculture
fao.org/news
FAO and the European Agricultural Machinery Industry Association CEMA , an international non-profit organisation, today forged a new partnership that aims to promote wider use of sustainable agricultural mechanization in developing countries.
कृषि विकासका लागि नयाँ बहसको खाँचो
कृष्णप्रसाद पौडेल
बाहिरबाट हेर्दा सहरी क्षेत्र, घरका संरचना र पूर्वाधारमा व्यापक क्षति देखिए पनि भुइँचालोले गाउँका गरिब किसान र खेतीपातीमा व्यापक असर पारेको छ। कृषिका पूर्वाधारमा व्यापक क्षति भएको छ। खाने अन्नमात्र हैन, लगाउने बिउ सबै घरसँगै पुरिएको छ। गोठ भत्किएर गाई वस्तु मरेका छन्, घाइते भएका छन्। भूकम्पपछि कतै मूल फुटेको छ, कतै सुकेको छ।
किसान महिलाको श्रमको सम्मान
कुमार थापा
‘घाँस काट मै, खाना पकाउ मै, सासु ससुरा र बालबच्चाको स्याहार गर मै, खेती लगाउ मै, खेती भित्र्याउ मै, पिस/कुट मै, यसरी नै चल्छ मेरो जिन्दगी'– यो भनाइ हो रौतहटकी किसान महिला जीतनीदेवी रामको।
९० प्रतिशत महिला खेतीपातीको काम गर्छन् तर त्यतिले मात्र महिलाको काम पूरा हुँदैन। बिहानीको मिरमिरेदेखि जुनेली रातसम्म घरधन्दा, खानाको जोहोदेखि सबै काममा महिलाकै योगदान छ तर कामको मूल्यांकन भने पैसा र आम्दानीसँग जोडिन्छ। खेतीपाती र घरायसी काममा खट्ने महिलाको श्रमलाई प्रतिष्ठासँग कहिल्यै जोडिएन।
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft