हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ०२१-५३२५१९
ईमेल : info@nepalkrishi.com
हाम्रो कार्यक्रम​
ट्यांग्रा खोलबाट वैकल्पिक सिंचाई हुने सम्भावना बढ्यो
२९-साउन २०७२
सुनसरी सिंचाई विभागको सहयोगमा तनमुना गाविसका किसानहरुले दुहवी–इनरुवा सडक खण्डमा पर्ने ट्यांग्रा खोलाको कुलोलाई बाधा पुर्‍याएको ह्युमपाइपलाई गहिराएर सिंचाईको व्यवस्था गर्ने भएको छ । ह्युमपाइप कुलो बगेको ठाउँभन्दा माथि हुनाले पानीको निकास हुन सकिरहेको छैन ।
ट्यांग्रा खोलाको सिंचाई
१७-साउन २०७२
यान्त्रीकृत धान रोप्ने मेसिन अर्थात् प्याडी ट्रान्सप्लाण्टरको सुनसरीको तनमुना गाविस तथा यस वरिपरी करिब ३० बिगहामा सफलसँग परीक्षण गरिएको छ । रोपाई SRI विधिअन्तर्गत भइरहेको छ, जसअनुसार परम्परागत शैलीभन्दा ३५ प्रतिशतले उत्पादन वृद्धि हुने किसान तथा कृषि विज्ञहरुको रहेको छ । खेतमा पनि त्यस्तै त्यस्तै लक्षण देखिन थालिएको छ ।
अब सहकारीहरु मार्फत खाद्यान्नबाली उत्पादनको सुक्ष्म व्यवस्थापन
१४-असार २०७२
नेपाली किसानको खेतीपाती हलो गोरु हुँदै तराईमा यान्त्रीकरणसम्म पुगिसकेको छ । पूर्वका तराईक्षेत्र अन्यत्रभन्दा उब्जनी तथा सिँचाईका दृष्टिकोणले राम्रो मानिन्छ । यसलाई अहिलेको प्रविधि र पूँजीको व्यवस्था भए दक्षिण एसियाकै उत्कृष्ट खाद्यान्नवाली उत्पादन हुनसक्ने सम्भाव्यतालाई नकार्न सकिन्न ।
हिउँदे बालीको चालुपूँजी र धान बैंकीङ कार्यक्रमको अनुभव (२०७१)
१३-असार २०७२
नेपाल कृषि कम्पनीले सुनसरीको चिमडीदेखि एकम्बासम्म चारवटा सहकारीहरु बिर्जुधामी, सम्झना, सामूहिक र उर्जामार्फत करिब ७५० बिगहा जमिनमा...
धान खेतीमा सघन प्रणाली (SRI)
७-फागुन २०७१
बढ्दो शहरीकरण र जनसंख्याको कारण उर्वरा तथा खेतीयोग्य जमिनहरु क्रमश: घर–घडेरी तथा अन्य कार्यहरुमा परिणत भइरहेको छ । फलस्वरूप अन्नबालीका लागि जमिनको अभाव हुदै गएको छ ।
हिउँदे बालीतर्फ किसानलाई आकर्षित गरिएको
४-फागुन २०७१
धानपछि मुख्य अन्नबालीमा गहुँ र मकै पर्छन् । धान भित्र्याइसकेपछि चिसो मौसम शुरु हुने हुदाँ किसानले पनि खासै यसतर्फ ध्यान
नीति तथा कार्यक्रम
१८-माघ २०७१
नेपालमा कृषि निजी भए पनि त्यसको सान्दर्भिकता एवं कार्यान्वनमा विविध चुनौतीहरु देखिएका छन् । नेपाल कृषि कम्पनीले तराईका जिल्लामा सहकारी मार्फत कृषिमा गरिरहेको नया प्रयोग
चालू पुँजी र अन्न बैंकिंङ
२४-माघ २०७१
खाद्यान्नबाली उत्पादनका लागि धेरै पूँजी, श्रम तथा अकासिँदो बिउ तथा मलको भाउले किसानहरु रनभूल्लामा परेका थिए । यसैकारण अहिले पनि धेरैजसो किसानहरु वर्षको एकचोटी मात्र
ताजा ब्लग
धान निर्यात गर्ने नेपाल कसरी बन्यो आयातकर्ता
हरिबहादुर थापा, काठमाडौं
कहलिएका बुद्धिजीवी डा. हर्कबहादुर गुरुङ विपरित धारमा एक त्यस्ता पात्र देखापरे, जो २०४५ चैत १० को भारतीय नाकाबन्दीसँगै ‘खुसी’ भए । सँगै नेपालविरुद्ध नाकाबन्दी गरेकामा उनी भारतलाई ‘धन्यवाद’ समेत दिन चुकेनन् । उनको त्यो विपरित धारको अभिव्यक्तिलाई धेरैले आश्चर्यजनक रुपमा लिए । तर उनको अभिव्यक्तिमा अन्तर्निहित ‘राष्ट्रियता’प्रतिको गहिरो भावनाका कारण कसैबाट आलोचना आएन ।
डिजिटल कृषि मानचित्र र अनुदान
हिमा (स्वस्ती) पौडेल
कृषि क्षेत्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने चर्चा चल्ने गरेको भएपनि यथार्थमा ती कुराहरु हुन सकिरहेका छैनन् । नेपाली कृषि क्षेत्र परम्परागतबाट माथि उठ्नै सकेको छैन भन्दा फरक नपर्ला । हुन त पछिल्लो समयमा कृषि क्षेत्रमा लाग्नेहरु पनि विगतको भन्दा फरक किसिमले आईसकेका छन् ।
New partnership to promote sustainable mechanization of agriculture
fao.org/news
FAO and the European Agricultural Machinery Industry Association CEMA , an international non-profit organisation, today forged a new partnership that aims to promote wider use of sustainable agricultural mechanization in developing countries.
कृषि विकासका लागि नयाँ बहसको खाँचो
कृष्णप्रसाद पौडेल
बाहिरबाट हेर्दा सहरी क्षेत्र, घरका संरचना र पूर्वाधारमा व्यापक क्षति देखिए पनि भुइँचालोले गाउँका गरिब किसान र खेतीपातीमा व्यापक असर पारेको छ। कृषिका पूर्वाधारमा व्यापक क्षति भएको छ। खाने अन्नमात्र हैन, लगाउने बिउ सबै घरसँगै पुरिएको छ। गोठ भत्किएर गाई वस्तु मरेका छन्, घाइते भएका छन्। भूकम्पपछि कतै मूल फुटेको छ, कतै सुकेको छ।
किसान महिलाको श्रमको सम्मान
कुमार थापा
‘घाँस काट मै, खाना पकाउ मै, सासु ससुरा र बालबच्चाको स्याहार गर मै, खेती लगाउ मै, खेती भित्र्याउ मै, पिस/कुट मै, यसरी नै चल्छ मेरो जिन्दगी'– यो भनाइ हो रौतहटकी किसान महिला जीतनीदेवी रामको।
९० प्रतिशत महिला खेतीपातीको काम गर्छन् तर त्यतिले मात्र महिलाको काम पूरा हुँदैन। बिहानीको मिरमिरेदेखि जुनेली रातसम्म घरधन्दा, खानाको जोहोदेखि सबै काममा महिलाकै योगदान छ तर कामको मूल्यांकन भने पैसा र आम्दानीसँग जोडिन्छ। खेतीपाती र घरायसी काममा खट्ने महिलाको श्रमलाई प्रतिष्ठासँग कहिल्यै जोडिएन।
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft