१. |
श्री भेषबहादुर थापा |
अध्यक्ष |
२. |
श्री अनिल सिन्हा |
वरिष्ठ अधिवक्ता |
३. |
श्री कविन्द्र प्रधान |
कृषि उद्यमी |
४. |
श्री पियुष कायस्थ |
कृषि विशेषज्ञ |
५. |
डा. पूर्णबहादुर क्षेत्री |
कृषि विशेषज्ञ |
६. |
श्री दिपक थापा |
समाजशास्त्री, अनुसन्धानकर्ता |
७. |
श्री रामचन्द्र खनाल |
कृषि विशेषज्ञ, वातावरण विशेषज्ञ |
८. |
श्री वीरेन्द्रबहादुर बस्नेत |
उद्यमी |
९. |
सुदीप बहादुर सिंह |
व्यवस्थापन विशेषज्ञ |
नेपाल कृषि कम्पनी गठन गर्दा हामीले यस संस्थालाई कुनै पनि स्वदेशी तथा विदेशीको मुख नताकी सञ्चालन हुनुपर्ने निष्कर्षमा पुग्यो । यसै अनुरुप कम्पनीका बोर्ड डाइरेक्टर दिपक थापाले सुझाए अनुसार गैरसरकारी संस्थाभन्दा खुद मुनाफा बाँड्न नमिल्ने व्यापारिक कम्पनीका रुपमा नेपाल कृषि कम्पनी दर्ता भयो । सोही अनुसार यसको मुख्य कार्यालय विराटनगरको हिमालय रोडस्थित स्थापना भयो ।
मुनाफा बाँड्न नमिल्ने भएता पनि संस्था चलाउन यसले गरेका कार्यहरुवापत सिमित सेवा शुल्क लिने निष्कर्षमा पनि हामी पुग्यो । यसले गर्दा कम्पनी सञ्चालन पनि सहज हुने र रोजगारीको वातावरण पनि सिर्जना हुने भयो ।
कम्पनीका सेवा कार्यहरु
नेपाल कृषि कम्पनी कृषि यन्त्रहरुको बिक्रीविक्रेता हो । यसले कृषि सहकारीहरुलाई मात्रै बिक्री गर्ने गरेको छ । न्यू हल्याण्ड ट्राक्टर, रोटोभेटर र पानासारको हार्भेष्टर फ्याक्टरी मूल्यमा १०% थप सेवा शुल्क लिई सहकारीहरुलाई बिक्री गर्ने गरेको छ । यसरी बिक्री गरिएको कृषि यन्त्रहरु नेपाली बजार मूल्यभन्दा झण्डै २०%– २५% ले सस्तो हुने गरेको छ । लगभग रु.१२ करोड रुपियाँ पर्ने यी यन्त्रहरु सहकारीको ३० प्रतिशत तथा बाँकी ऋणबाट उपलब्ध गराइएको हो । जसमा धेरैजसो सहकारीले सावा व्याज किस्ता तिरि ऋणमुक्त पनि भइसकेका छन्।
नेपाल कृषि कम्पनीको कार्यालय
नेपाल कृषि कम्पनीको कार्यालय मोरङ जिल्लाको विराटनगर उपमहानगरपालिका–१४, हिमालय रोड स्थित रहेको छ । यहीबाट कम्पनीको दैनिक कामकाजहरु सञ्चालन हुने गरेको छ । नेपाल कृषि कम्पनी न्यूहल्याण्ड तथा पानेसरका अधिकृत विक्रेता हो । भारतको पख्र्यात कम्पनी न्यूहल्याण्ड जसले कृषि उपकरणका साथै विभिन्न मोडलका ट्रयाक्टरहरुका उत्पादन गर्ने गरेको छ । यसैगरी पानेसरले हार्भेष्टर तथा अन्य उपकरणहरुको उत्पादन गर्छ ।
ट्रयाक्टर तथा अन्य उपकरणहरुको मर्मत सम्भारका लागि नेपाल कृषि कम्पनीले टंकी सिनवारीस्थित सर्भित सेन्टरको पनि व्यवस्था गरेको छ । वारेण्टीमा भएका पार्टपुर्जाको नि:शुल्क साटफेर तथा मर्मत सम्भार गर्ने तथा अन्यको हकमा बजारमा प्रचलित दररेट भन्दा कममा सर्भिसिङ्ग सेवा उपलब्ध गराइरहेको छ। नेपाल कृषि कम्पनी किसानलाई आत्मनिर्भर तथा स्वावलम्वन बनाउने भूमिकाको साथै दर्जनौ व्यक्तिलाई रोजगार पनि प्रदान गरिरहेको छ।