हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ०२१-५३२५१९
ईमेल : info@nepalkrishi.com
अनुभव
नेपाल कृषि कम्पनीको उदेश्य यान्त्रीकरणबाट खाद्यान्नबाली खेतीको उत्पादकत्व बढाउने र खेती गर्ने खर्च घटाउने नै हो । यसै अनुरुप पूर्वाञ्चलका तराई जिल्लाहरुमा २०० बिगाह कृषि जमिनका स्वामिहरुलाई एकिकृत गराई कृषि सहकारी स्थापना गरेर यान्त्रीकरण कार्यक्रम परिचालन गर्ने थियो । २ वर्षको दौरानमा धेरै सहकारीहरु यस कार्यक्रममा सहभागी पनि भए, तर अधिकाशं सहकारीहरुको सांगठनिक बनावट मुठ्ठी भरीका व्यक्तिहरुले सस्तो यन्त्र र सुलभ ऋण लिई किसानहरुलाई भाडामा दिई आफ्नो आम्दानी बढाउने भयो । यस व्यहारिकताबाट पनि किसानहरु लाभान्वित भए किनकी समयमा खेती उतार्न सबै प्रकारका यन्त्रहरु घर गाउँमै उपलब्ध भए । तर नेपाल कृषि कम्पनीले खाद्यान्न बालीमा किसानहरुले सामना गर्नुपरेको अरु २ वटा समस्याहरुको समाधानमा चासो र तदारुक्ता आएन ।
 
१. स–साना किसानहरुले चालुपूँजीको लागि वाणिज्य बैंकहरुबाट समयमै सुलभ एवं सस्तो ऋण पाउन असम्भव थियो । चालुपूँजीको अभावले किसानहरुले विशेषत: आवश्यकता अनुसारको रासायनिक मल र अन्य कार्य गर्न नपाउँदा उत्पादकत्व घटेको छ ।

२. त्यस्तै दाउनी गर्नासाथ भण्डारणको अभावको साथै पुँजीको अभावमा आफ्नो उत्पादन न्यूनतम मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता छ । यी कारणहरुले खाद्यान्न बालीमा किसानहरुल धेरै घाटा सही आउनु परेको छ र साधारणतया वर्षको एक बाली (धान) मात्र लिएर आफ्नो खेतको दुरुपयोग गर्नु परेको छ ।
किसान सम्बन्धित दैनिक समाचार​​
६ महिनामा आठ अर्बको चामल भित्रियो
फागुन ११

मधेश आन्दोलन तथा नाकामा धर्ना भएता पनि चामलको आयात भने प्रभावित भएको देखिएन । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले यस्तो देखाएको हो ।

पदपुर्ति विज्ञापन
माघ २२
नेपाल कृषि कंपनीले पुरबी तराईमा खेतिपाती गर्ने परम्परागत प्रणालीलाई आधुनिकीकरण गर्न सहकारी मार्फत उपयुक्त उपकरण तथा प्रबिधि कृषकलाई हस्तान्तरण गर्दै आइरहेको छ । यस कंपनीको प्रमुख कार्यालय बिराटनगरले निम्न अनुसारको पदपुर्तिको लागी बिज्ञापन गरिएको छ ।  
भारतद्वारा धान निर्यातमा रोक
पुस २२
भूकम्प, प्रतिकूल मौसम, मधेस आन्दोलन र नाकाबन्दीका कारण मुलुकमा धान उत्पादन घटेको बेला भारतले धान निर्यातमा प्रतिबन्ध लगाएको छ । 
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft