हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ०२१-५३२५१९
ईमेल : info@nepalkrishi.com
पृष्ठभूमि
जुन समाज, देशबाट बुध्द एयर आजका दिनमा स्थापित हुन पुगेको छ, त्यस समाज र देशका लागि पनि केही गर्नुपर्छ भन्ने ध्येयका साथ एयरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम शुरु गरेको हो । केही रकम दान दिनुभन्दा तिनलाई आत्मस्वलम्वन बनाउनमा हामी विश्वास गर्छौं । त्यसैको मूर्त रुप हो ‘नेपाल कृषि कम्पनी’ ।
 
म र मेरा परिवार बुध्द एयरमा आउनुभन्दा पहिलेदेखि नै कृषि क्षेत्रमा थियौ । नेपालको कृषिक्षेत्र विशेषगरि खाद्यान्नबाली परम्परागत तरिकाबाटै चलिरहेको पायौं । २०६५ फाल्गुणमा हामीले (बुध्द एयर सञ्चालन गर्नुभन्दा अगाडी) कृषि व्यवसाय गरेको मोरङ्ग, सुनसरी क्षेत्रमा सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्ने निष्कर्षमा पुग्यौं। हामीले ती नेपाली किसानहरुका समस्या पहिचान गरि तिनको समाधान निकाल्ने प्रयासमा जुट्यौं।
 
यसै क्रममा मोरङ्ग टंकीसिनवारी गाविसका खाद्यान्नबाली किसानहरुसँग बृहत अन्तरक्रिया गर्दा हामीले दुइटा प्रमुख समस्याहरु पहिचान गर्यौँ ।
१. कृषियोग्य जमिनहरुको स्वामित्वमा धेरै विखण्डन भइसकेको र त्यसको मूल्य पनि धेरै भएको, जसको कारण कुनै एक व्यक्ति वा संस्थानले धेरै जमिन खरिद गरेर वा भाडामा लिएर औद्योगिक खाद्यान्नबाली उत्पादन गर्ने प्राय: असम्भव रहेको ।
२. पूर्वी तराईमा विशेष गरी पुरुष कृषि मजदूर रेमिट्यान्सका लागि धेरैजसो पलायन भइसकेको, जसले गर्दा खाद्यान्नबाली/खेती गर्न अति महँगो र समयमा उतार्न गाह्रो भएको ।
 
तराईका धेरै खेतजग्गा वर्षामा धानबाहेक अन्य कुनै नगदेवाली उत्पादनको विकल्प छैन । कारण, यस प्रकारको जमिनमा पानी जम्छ, जसको निकास पनि छैन । यसै तथ्यलाई हृदयंगम गरि परम्परागत तरिका र मजदुरको अभावमा यान्त्रिकरण बाहेक अर्को विकल्प हुनै सक्दैन । यान्त्रिकरण कार्यक्रम स–साना विखण्डित जग्गामा एक्ला-एक्लै गर्दा आर्थिक भारले सहज र व्यवहारिक पनि देखिएन । यी सबै समस्याका समाधान र त्यसबाट उत्पन्न हुने असिमित आर्थिक उन्नतिको सम्भाव्यताले हामीलाई यस क्षेत्रमा हाम्रो सामाजिक दायित्व निभाउन आकषिर्त गर्यो ।
 
पहिलो काम खाद्यान्नबाली खेती गर्न प्रयोग हुने यन्त्रहरु पहिचान गरी त्यसलाई परीक्षण गरी किसानहरुलाइ विश्वासमा लिनु र आकर्षित गर्नुपर्ने थियो । स–साना चाक्ला भएकोले जमिन केहि हदसम्म सम्याउनु, त्यसपछि ट्याक्टरबाट जोत्नु, मेशिनबाट धान रोप्नु र र हार्भेस्टरबाट खाद्यान्न दाउनी गर्ने यन्त्रहरु पहिचान गरी टंकीसुनवारी गाविस गोकुवाका अग्रणी किसानहरुको माझ हामीले यी यन्त्रहरु प्रयोगमा ल्यायौँ । यी यन्त्रहरुको विस्तृत विवरण र प्रयोगबारे अर्को लेखमा प्रष्ट्याइने छ ।
 
नयाँ प्रविधिको प्रयोग एवं त्यसको व्यवस्थापकिय पक्ष हाम्रो लागि ठूलो चुनौती रह्यो । यो प्रविधिको प्रयोग एकदमै सफल भयो । धान रोप्ने मेसिन अलिक ज्यादै प्राविधिक रह्यो । मजदुरबाट रोप्ने खर्चभन्दा यो विधि केहि महँगो पाइयो । शायद अनुभवकै कमिले होला । तर धानको उत्पादकत्वमा ३० प्रतिशतले बढेको पाइयो । तर भर्खरै शुरु गरेको यान्त्रिकरण कार्यक्रम र त्यसको व्यवस्थापन पक्षलाई समेत सम्हालेर स्थापित गर्नुपर्ने भएकाले धान रोप्ने मेसिनलाई बाँकी यन्त्रहरु पूर्णरुपले स्थापित भएपछि मात्र पून:परिचालन गर्ने हेतुले स्थगित गरियो ।
 
स–साना गराहरु सम्याउदा किसानको खेतीयोग्य जमिन करिब ५ प्रतिशतले बढ्ने, ट्रयाक्टरले खेत तैयार पार्दा परम्परागत पद्वतिभन्दा करिब ४० प्रतिशत खर्च घट्ने र हार्भेस्टरले खेतमै दाउनी गर्दा खर्च पनि करिब ६० प्रतिशतले घट्ने र मुसाले खाने, झर्ने र चोरी हुनेजस्ता र्हानसहरु न्यून हुदाँ उत्पादनमै करिब २५ प्रतिशतले बढ्ेको पाइयो । जुन हाम्रा र किसानका लागि सुखद क्षण थियो । निरन्तर २ वर्षको प्रयोगपछि एक सेट यन्त्रले करिब २०० बिघा धान खेत र गहुँ खेत उतार्ने देखियो र ती यन्त्रको खरिद मूल्यको ७० प्रतिशत ऋण व्यवस्थापन गर्दा यो २०० बिघा खेत उतार्दा असुलिने भाडाबाट सावाँब्याज ३६ मासिक किस्तामा चुक्ता हुने देखियो ।
 
यी यन्त्रहरु सञ्चालन भए देखि नै त्यसको सफलता आसपासका किसानहरुलाई देखाउदै आएका थियौं र पटक–पटक अन्तरक्रिया पनि गर्यौ। अब हाम्रो चुनौती यी यन्त्रहरु व्यवसाहिक हिसाबले ३–४ ठाउँमा प्रयोग गराउनु थियो । मोरङ्ग जिल्लाको सिसवनी–बडहरादेखि टंकीसिनवारीसम्म ४ वटा सहकारी हाम्रो सबै सर्तहरु पालना गरेर यान्त्रीकरण कार्यक्रममा आउन इच्छुक भए । यन्त्रको कुल लागतको ३० प्रतिशत पुँजी सहकारी स्वयंले व्यवस्था गरे । तर यसप्रकारको ऋण दिन कुनै पनि वाणिज्य बैकहरु तयार भएनन् । यसका लागि मेरो व्यक्तिगत जमानीमा हिमालयन बैंकले ७० प्रतिशत ऋण दिन राजी भयो । हाम्रो प्रत्यक्ष निगरानीमा हाम्रो सबै सर्तहरु पुरा गरेर यी सहकारीहरुले एक वर्षको साँवाब्याज बिना विलम्व सरल तरिकाले तिरे, र केहि आम्दानी जगेडा गर्न पनि सक्षम भए । अब यस यान्त्रिकरण कार्यक्रमलाई संस्थागत रुपमा व्यवस्थित गर्ने समय भएको महशुस गर्यौं ।

वीरेन्द्र बहादुर बस्नेत
प्रवन्ध निर्देशक
बुद्ध एयर
किसान सम्बन्धित दैनिक समाचार​​
६ महिनामा आठ अर्बको चामल भित्रियो
फागुन ११

मधेश आन्दोलन तथा नाकामा धर्ना भएता पनि चामलको आयात भने प्रभावित भएको देखिएन । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले यस्तो देखाएको हो ।

पदपुर्ति विज्ञापन
माघ २२
नेपाल कृषि कंपनीले पुरबी तराईमा खेतिपाती गर्ने परम्परागत प्रणालीलाई आधुनिकीकरण गर्न सहकारी मार्फत उपयुक्त उपकरण तथा प्रबिधि कृषकलाई हस्तान्तरण गर्दै आइरहेको छ । यस कंपनीको प्रमुख कार्यालय बिराटनगरले निम्न अनुसारको पदपुर्तिको लागी बिज्ञापन गरिएको छ ।  
भारतद्वारा धान निर्यातमा रोक
पुस २२
भूकम्प, प्रतिकूल मौसम, मधेस आन्दोलन र नाकाबन्दीका कारण मुलुकमा धान उत्पादन घटेको बेला भारतले धान निर्यातमा प्रतिबन्ध लगाएको छ । 
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft