हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ९८०२७४५२९३,९८०३२१५१८८
ईमेल : info@nepalkrishi.com
किसान सम्बन्धित दैनिक समाचार​​
चार सय टन धानको बिउ वितरण
काठमाडौंभूकम्प अतिप्रभावित जिल्लामा सरकारले ४ सय ४ टन धानको बिउ वितरण गरेको छ। भूकम्प प्रभावित १४ जिल्लामा ४ सय १८ टन धानको बिउ आवश्यक भएको निष्कर्ष सरकारले निकालेको थियो। बाँकी १६ टन आइतबारसम्म पुग्ने राष्ट्रिय बिउ बिजन कम्पनी लिमिटेडले जनाएको छ।
धानको ब्याड राख्ने बेलामै भूकम्प गएकाले किसानले राखेको बिउ घर भत्किएर पुरिएपछि सरकारले यो सिजनका लागि निःशुल्क वितरण गरेको हो। कम्पनीका प्रवन्ध निर्देशक धर्मराज अधिकारीले कुन जिल्लामा कस्तो प्रकारको बिउ लाग्छ त्यसैगरी सरकारले पठाएको बताए। ‘कुनै जिल्लामा छिट्टै धानको बिउ राख्नुपर्ने हुन्छ,' उनले भने, ‘त्यस्ता जिल्लामा छिट्टै पुर्यातइएको छ।' अलि पछि धानको बिउ राख्न मिल्ने जिल्लामा अहिले पनि पठाइसकेको उनको भनाइ छ। 
कम्पनीले खुमल सिरिजका धान पहिल्यैनै पठाएको बताएको छ। नुवाकोट, धादिङ, गोरखालगायतका जिल्लामा पहिल्यैनै वितरण गरेको अधिकारीले बताए। ‘भूकम्पले घर भत्किँदा बिउ पुरिएपछि यस सिजनका लागि धान निःशुल्क दिएको हो,' कृषि विकास मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले भने, ‘कूल ग्रार्हस्थ्य उत्पादनमा धानको मुख्य योगदान रहेको र धानको ब्याड पनि यही सिजन भएकाले समस्या समाधान गर्न निःशुल्क वितरण गरिएको हो,।' 
जिल्ला कृषि विकास कार्यलयबाट अहिले पनि धमाधम बिउ वितरण भइरहेको अधिकारीले बताए। ‘कार्यालय प्रमुखले अध्ययन गरेर आफ्नो जिल्लामा के/कति बिउ आवश्यक छ, त्यसको रिर्पोट केन्द्रमा पठाएपछि बिउ उपलब्ध गराएको हो,' अधिकारीले भने। 
मन्त्रालयले बिउ वितरण गर्न कम्पनीलाई एक करोड ९८ लाख र विश्व खाद्य कार्यक्रमले एक करोड ९१ लाख रुपैयाँ निकासा गरिसकेको अधिकारीले बताए। 
अतिप्रभावित १४ जिल्लामा करिब ८ सय १८ टन धानको बिउ आवश्यक रहेको अधिकारीले बताए। ‘बिउबिजन कम्पनीले तराईका लागि आवश्यक पर्ने बिउ मात्र स्टोर गर्दा मध्य र उच्च पहाडी जिल्लामा विपत् आउँदा बिउ उपलब्ध गराउन समस्या परेको हो,' उनले भने, ‘अहिले समय पनि थोरै भएकाले के कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा हामीलाई केही चिन्ता नभएको हो,।'
बिउ विजन कम्पनी लिमिटेडसँग तराइका जिल्लामा फल्ने धानको बिउ रहेको छ। ती बिउ मध्य तथा उच्च पहाडी जिल्लामा सिफारिस गर्दा पछि फेरी समस्या आउन सक्ने भएपछि मन्त्रालयले विभिन्न स्रोतबाट बिउ जुटाएको हो। अहिले भूकम्प गएर क्षति भएका १४ जिल्लामा खुमल–४, खुमल–१०, सुख्खा १, २, ३, लगायतका धानको बिउ लगाउन मिल्छ। सरकारले सोही बिउ वितरण गरेको हो। 
मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले १७ हजार ५० टन धान उत्पादन हुने गरेको बताए। ‘एक जिल्लामा सरदर ३.१ टन धान उत्पादन हुन्छ,' उनले भने, ‘सोही आधारलाई मानेर १७ हजार ५० टन धान उत्पादन हुने तथ्यांक निकालिएको हो।' उनका अनुसार वर्षायाममा हुने धान भन्दा चैतमा उत्पादन हुने धेरै फल्ने उनको भनाइ छ। 
भण्डारीले ऐननियम अनुसार नै निःशुल्क बिउ वितरण गरेको जनाए। उनका अनुसार बिउ बिजन कम्पनी, बाली विकास निर्देशनालय र कृषि विकास मन्त्रालय मिलेर कुन स्थानमा बिउ पाइन्छ, त्यसको पहिचान गरे बिउ खरीद गरि वितरण गरेको हो। 
विभिन्न जिल्लामा बिउ उत्पादन सहकारी संस्था तथा निजी क्षेत्रसँग बिउ खरीद गरेको हो। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले बिउ उन्मोचन गरेपछि विभिन्न सहकारी संस्था, कृषक समूह तथा निजी क्षेत्रलाई व्यावसायिक रुपमा बिउ उत्पादनका लागि दिने र तीनहरुबाट सरकारले बिउ खरीद गरेर किसानलाई दिने चलन यस अघिकै हो। अहिले विपत् परेकाले धेरै मात्रामा बिउ खरीद गर्नु परेको मन्त्रालयले बताएको छ। 
मन्त्रालयका अनुसार १४ जिल्लामा ३४ करोड १० लाख रुपैयाँ बराबरको धान उत्पादन हुने गरेको छ। ती जिल्लामा उत्पादन भएको धानले एक वर्ष देखि नौ महिनासम्म खान पुग्ने सरकारी तथ्यांक छ।
साभारः नागरिक न्यूज
ताजा ब्लग
धान निर्यात गर्ने नेपाल कसरी बन्यो आयातकर्ता
हरिबहादुर थापा, काठमाडौं
कहलिएका बुद्धिजीवी डा. हर्कबहादुर गुरुङ विपरित धारमा एक त्यस्ता पात्र देखापरे, जो २०४५ चैत १० को भारतीय नाकाबन्दीसँगै ‘खुसी’ भए । सँगै नेपालविरुद्ध नाकाबन्दी गरेकामा उनी भारतलाई ‘धन्यवाद’ समेत दिन चुकेनन् । उनको त्यो विपरित धारको अभिव्यक्तिलाई धेरैले आश्चर्यजनक रुपमा लिए । तर उनको अभिव्यक्तिमा अन्तर्निहित ‘राष्ट्रियता’प्रतिको गहिरो भावनाका कारण कसैबाट आलोचना आएन ।
डिजिटल कृषि मानचित्र र अनुदान
हिमा (स्वस्ती) पौडेल
कृषि क्षेत्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने चर्चा चल्ने गरेको भएपनि यथार्थमा ती कुराहरु हुन सकिरहेका छैनन् । नेपाली कृषि क्षेत्र परम्परागतबाट माथि उठ्नै सकेको छैन भन्दा फरक नपर्ला । हुन त पछिल्लो समयमा कृषि क्षेत्रमा लाग्नेहरु पनि विगतको भन्दा फरक किसिमले आईसकेका छन् ।
New partnership to promote sustainable mechanization of agriculture
fao.org/news
FAO and the European Agricultural Machinery Industry Association CEMA , an international non-profit organisation, today forged a new partnership that aims to promote wider use of sustainable agricultural mechanization in developing countries.
कृषि विकासका लागि नयाँ बहसको खाँचो
कृष्णप्रसाद पौडेल
बाहिरबाट हेर्दा सहरी क्षेत्र, घरका संरचना र पूर्वाधारमा व्यापक क्षति देखिए पनि भुइँचालोले गाउँका गरिब किसान र खेतीपातीमा व्यापक असर पारेको छ। कृषिका पूर्वाधारमा व्यापक क्षति भएको छ। खाने अन्नमात्र हैन, लगाउने बिउ सबै घरसँगै पुरिएको छ। गोठ भत्किएर गाई वस्तु मरेका छन्, घाइते भएका छन्। भूकम्पपछि कतै मूल फुटेको छ, कतै सुकेको छ।
किसान महिलाको श्रमको सम्मान
कुमार थापा
‘घाँस काट मै, खाना पकाउ मै, सासु ससुरा र बालबच्चाको स्याहार गर मै, खेती लगाउ मै, खेती भित्र्याउ मै, पिस/कुट मै, यसरी नै चल्छ मेरो जिन्दगी'– यो भनाइ हो रौतहटकी किसान महिला जीतनीदेवी रामको।
९० प्रतिशत महिला खेतीपातीको काम गर्छन् तर त्यतिले मात्र महिलाको काम पूरा हुँदैन। बिहानीको मिरमिरेदेखि जुनेली रातसम्म घरधन्दा, खानाको जोहोदेखि सबै काममा महिलाकै योगदान छ तर कामको मूल्यांकन भने पैसा र आम्दानीसँग जोडिन्छ। खेतीपाती र घरायसी काममा खट्ने महिलाको श्रमलाई प्रतिष्ठासँग कहिल्यै जोडिएन।
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft