हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ९८०२७४५२९३,९८०३२१५१८८
ईमेल : info@nepalkrishi.com
किसान सम्बन्धित दैनिक समाचार​​
मन्त्रालयका कर्मचारीले गहुँ भित्र्याउँदै

काठमाडौं, जेठ १७ गते । कृषि विकास मन्त्रालय मातहतका विभिन्न निकायमा कार्यरत कर्मचारीहरु उपत्यकाको विभिन्न स्थानका भूकम्प पिडितका खेतमा पुगेर गहुँबाली भित्राउने काममा सहयोग गरिरहेका छन् ।
मन्त्रालयले हालसम्म भक्तपुरको मञ्जुश्रीनगरपालिका र ललितपुरको लेलेमा पुगेर भूकम्प पिडितका खेतका गहुँ काटेर थ्रेसर मेशिनबाट झारेर सम्बन्धित किसानलाई सहयोग गरेको थियो ।
हरेक शनिवार भूकम्प पिडितको खेतमा पुगेर सहयोग गर्दै आएका कर्मचारीहरुले यो साता भने शुक्रवार लेलेको पहाडी थापा गाउँ पुगेर करीब १५ रोपनी खेतको गहुँ काटेर भित्राइ दिएको मन्त्रालयका सहसचिब एवंंम् प्रवक्ता उदयचन्द ठाकुरले जानकारी दिनु भयो । लेलेको पहाडी गाउँका करीब ८० प्रतिशत घर भत्किएकाले त्यस ठाउमा सहयोग गर्न पुगेको प्रवक्ताले बताएको थियो ।
मन्त्रालयले त्यस क्षेत्रको बाँकी गहुँ काटेर र झार्नका लागिे थ्रेसर मेशिन चलाउन सिकाएर स्थानीयलाई हस्तान्तरण गरेको पनिउहाँले बताउनुभयो । भूकम्प घर गोठ भत्किएर आहत भएका स्थानीयबासीका खेतमा तयार भएको गहुँ समयमा भित्राउन नसकेमा भोकमरीको समस्या थपिन सक्ने भएकोले सहयोग गरेको उहाँको भनाइ छ ।
साथै मन्त्रालयले काटेको गहुँको भण्डारण सही तरिकाबाट गर्न किसानलाई सिकाएर लेलेमा एक सयओटा सुपर ग्रेन ब्यग पनि निशुल्क वितरण गरेको थियो । त्यस्तै, आगामी बालीको लागि खेत बारीको माटो परिक्षण गरेर त्यसको सही उपचारको सल्लाह पनि प्रदान गरेको ठाकुुरले जानकारी दिनु भयो ।
साभार : गोरखापत्रअनलाईनडटकम

ताजा ब्लग
धान निर्यात गर्ने नेपाल कसरी बन्यो आयातकर्ता
हरिबहादुर थापा, काठमाडौं
कहलिएका बुद्धिजीवी डा. हर्कबहादुर गुरुङ विपरित धारमा एक त्यस्ता पात्र देखापरे, जो २०४५ चैत १० को भारतीय नाकाबन्दीसँगै ‘खुसी’ भए । सँगै नेपालविरुद्ध नाकाबन्दी गरेकामा उनी भारतलाई ‘धन्यवाद’ समेत दिन चुकेनन् । उनको त्यो विपरित धारको अभिव्यक्तिलाई धेरैले आश्चर्यजनक रुपमा लिए । तर उनको अभिव्यक्तिमा अन्तर्निहित ‘राष्ट्रियता’प्रतिको गहिरो भावनाका कारण कसैबाट आलोचना आएन ।
डिजिटल कृषि मानचित्र र अनुदान
हिमा (स्वस्ती) पौडेल
कृषि क्षेत्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने चर्चा चल्ने गरेको भएपनि यथार्थमा ती कुराहरु हुन सकिरहेका छैनन् । नेपाली कृषि क्षेत्र परम्परागतबाट माथि उठ्नै सकेको छैन भन्दा फरक नपर्ला । हुन त पछिल्लो समयमा कृषि क्षेत्रमा लाग्नेहरु पनि विगतको भन्दा फरक किसिमले आईसकेका छन् ।
New partnership to promote sustainable mechanization of agriculture
fao.org/news
FAO and the European Agricultural Machinery Industry Association CEMA , an international non-profit organisation, today forged a new partnership that aims to promote wider use of sustainable agricultural mechanization in developing countries.
कृषि विकासका लागि नयाँ बहसको खाँचो
कृष्णप्रसाद पौडेल
बाहिरबाट हेर्दा सहरी क्षेत्र, घरका संरचना र पूर्वाधारमा व्यापक क्षति देखिए पनि भुइँचालोले गाउँका गरिब किसान र खेतीपातीमा व्यापक असर पारेको छ। कृषिका पूर्वाधारमा व्यापक क्षति भएको छ। खाने अन्नमात्र हैन, लगाउने बिउ सबै घरसँगै पुरिएको छ। गोठ भत्किएर गाई वस्तु मरेका छन्, घाइते भएका छन्। भूकम्पपछि कतै मूल फुटेको छ, कतै सुकेको छ।
किसान महिलाको श्रमको सम्मान
कुमार थापा
‘घाँस काट मै, खाना पकाउ मै, सासु ससुरा र बालबच्चाको स्याहार गर मै, खेती लगाउ मै, खेती भित्र्याउ मै, पिस/कुट मै, यसरी नै चल्छ मेरो जिन्दगी'– यो भनाइ हो रौतहटकी किसान महिला जीतनीदेवी रामको।
९० प्रतिशत महिला खेतीपातीको काम गर्छन् तर त्यतिले मात्र महिलाको काम पूरा हुँदैन। बिहानीको मिरमिरेदेखि जुनेली रातसम्म घरधन्दा, खानाको जोहोदेखि सबै काममा महिलाकै योगदान छ तर कामको मूल्यांकन भने पैसा र आम्दानीसँग जोडिन्छ। खेतीपाती र घरायसी काममा खट्ने महिलाको श्रमलाई प्रतिष्ठासँग कहिल्यै जोडिएन।
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft