हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ९८०२७४५२९३,९८०३२१५१८८
ईमेल : info@nepalkrishi.com
किसान सम्बन्धित दैनिक समाचार​​
अरु बाली छाडेर सामूहिक केरा खेतीमा

कैलाली, कैलालीको फूलबारी गाविस खुटियाटोलका बासिन्दा खाद्यान्न बाली छोडेर सामूहिक केरा खेतीतर्फ आकर्षित भएका छन् । खाद्यान्न बालीभन्दा केरा खेतीबाट राम्रो आम्दानी देखेपछि स्थानीय कृषक आकर्षित भएका हुन् । भू–संरक्षण कार्यालयबाट केराको बीउ तथा बिरुवा निःशुल्क र प्राविधिक सहयोग पाएपछि स्थानीय सामूहिक केरा खेतीतर्फ लागेका हुन् । विगतका वर्षमा धान, गहुँलगायतका खाद्यान्न बाली लगाउने खेतमा हाल आएर केराका बोट ‘टिस्यु कल्चर’ मार्फत समूह बनाएर रोपिएका छन् । पूmलबारी गाविस खुटियाटोलका ४५ जना कृषकले समूह बनाई करिब १० बिघा खेतमा सामूहिक ‘उइलियम र हाइब्रिड’ जातका केरा खेती गरिरहेका छन् । 

स्थानीय कालीप्रसाद चौधरीको दस कठ्ठा, बमबहादुर चौधरीको एक बिघा, पतिराम चौधरीको छ कठ्ठा, काशीराम चौधरीको आठ कठ्ठा, मानव चौधरीको १५ कठ्ठा, रामदीन चौधरीको तिन कठ्ठा, आइतेबारी चौधरीको तीन कठ्ठा, सीताराम चौधरीको तीन कठ्ठा, हर्कराज गिरी र चन्द्रकला चौधरीको १३ कठ्ठा खेतमा सामूहिक केरा खेती गरिएको हो ।
सात वर्षदेखि केरा खेती गर्दै आएका रामप्रसाद चौधरीले धान तथा गहुँ खेतीमा मेहनत धेरै लाग्ने तर उत्पादन घट्दै गएपछि जीवन धान्न समस्या भएको बताउँदै हाल केरा खेतीबाट वार्र्षिक तीन लाख ५० हजार रुपियाँ आम्दानी हुने गरेको बताउनुभयो ।
खुटिया नदीले वार्षिक सरदर पाँच बिघा बराबरको जमिन कटानी गर्ने भएकाले रोकथामका लागि पनि केरा खेती गरिएको बताउँदै अर्का कृषक काशीराम चौधरीले भन्नुभयो– कटानीलाई केही हदसम्म कम गर्न अन्य बालीभन्दा केरा खेतीले महìवपूर्ण सहयोग गरेको छ । उहाँले आफ्नै घरमा केरा खेतीका लागि टिस्यु कल्चर प्रविधि प्रयोगमा ल्याउनुभएको छ ।
गहुँ खेतीमा रातदिन खटिनुपर्छ, न समयमा मल र पानी पाइन्छ न त बीउ नै भन्दै सामूहिक केरा खेती गर्दै आउनुभएका अर्का कृषक भक्तराज गिरीले निकै सोचविचारपछि केरा खेतीमा लागेको बताउनुभयो । केरा खेतीमा खासै मेहनत नपर्ने एक बिघाबाट वार्षिक दुई लाख रुपियाँ आम्दानी हुने गरेको उहाँको भनाइ थियो । तर केरा खेतीबाट राम्रो आम्दानी गर्न सकिने भए पनि कृषि कार्यालयबाट सहयोग पाउन नसकेको उहाँले गुनासो गर्नुभयो ।
तीन वर्ष पहिले हेल्भटास नेपाल नामक गैरसरकारी संस्थाले आधुनिक केरा खेती कार्यक्रम मार्फत किसानलाई केराको बेर्ना लगायत सिँचाइमा सहयोग गरेको भए पनि जिल्लास्थित कृषि कार्यालयले कुनै किसिमको सहयोग नगरेको कृषकको गुनासो छ । कृषकले सामूहिक केरा खेतीबाट उत्पादित सामग्री स्थानीय बजार धनगढी, अत्तरिया, टीकापुर लगायतका ठाउँमा पठाउने गरेको बताउनुहुन्छ ।
साभारः गोरखापत्र अनलाइनडटकम

ताजा ब्लग
धान निर्यात गर्ने नेपाल कसरी बन्यो आयातकर्ता
हरिबहादुर थापा, काठमाडौं
कहलिएका बुद्धिजीवी डा. हर्कबहादुर गुरुङ विपरित धारमा एक त्यस्ता पात्र देखापरे, जो २०४५ चैत १० को भारतीय नाकाबन्दीसँगै ‘खुसी’ भए । सँगै नेपालविरुद्ध नाकाबन्दी गरेकामा उनी भारतलाई ‘धन्यवाद’ समेत दिन चुकेनन् । उनको त्यो विपरित धारको अभिव्यक्तिलाई धेरैले आश्चर्यजनक रुपमा लिए । तर उनको अभिव्यक्तिमा अन्तर्निहित ‘राष्ट्रियता’प्रतिको गहिरो भावनाका कारण कसैबाट आलोचना आएन ।
डिजिटल कृषि मानचित्र र अनुदान
हिमा (स्वस्ती) पौडेल
कृषि क्षेत्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने चर्चा चल्ने गरेको भएपनि यथार्थमा ती कुराहरु हुन सकिरहेका छैनन् । नेपाली कृषि क्षेत्र परम्परागतबाट माथि उठ्नै सकेको छैन भन्दा फरक नपर्ला । हुन त पछिल्लो समयमा कृषि क्षेत्रमा लाग्नेहरु पनि विगतको भन्दा फरक किसिमले आईसकेका छन् ।
New partnership to promote sustainable mechanization of agriculture
fao.org/news
FAO and the European Agricultural Machinery Industry Association CEMA , an international non-profit organisation, today forged a new partnership that aims to promote wider use of sustainable agricultural mechanization in developing countries.
कृषि विकासका लागि नयाँ बहसको खाँचो
कृष्णप्रसाद पौडेल
बाहिरबाट हेर्दा सहरी क्षेत्र, घरका संरचना र पूर्वाधारमा व्यापक क्षति देखिए पनि भुइँचालोले गाउँका गरिब किसान र खेतीपातीमा व्यापक असर पारेको छ। कृषिका पूर्वाधारमा व्यापक क्षति भएको छ। खाने अन्नमात्र हैन, लगाउने बिउ सबै घरसँगै पुरिएको छ। गोठ भत्किएर गाई वस्तु मरेका छन्, घाइते भएका छन्। भूकम्पपछि कतै मूल फुटेको छ, कतै सुकेको छ।
किसान महिलाको श्रमको सम्मान
कुमार थापा
‘घाँस काट मै, खाना पकाउ मै, सासु ससुरा र बालबच्चाको स्याहार गर मै, खेती लगाउ मै, खेती भित्र्याउ मै, पिस/कुट मै, यसरी नै चल्छ मेरो जिन्दगी'– यो भनाइ हो रौतहटकी किसान महिला जीतनीदेवी रामको।
९० प्रतिशत महिला खेतीपातीको काम गर्छन् तर त्यतिले मात्र महिलाको काम पूरा हुँदैन। बिहानीको मिरमिरेदेखि जुनेली रातसम्म घरधन्दा, खानाको जोहोदेखि सबै काममा महिलाकै योगदान छ तर कामको मूल्यांकन भने पैसा र आम्दानीसँग जोडिन्छ। खेतीपाती र घरायसी काममा खट्ने महिलाको श्रमलाई प्रतिष्ठासँग कहिल्यै जोडिएन।
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft