हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ९८०२७४५२९३,९८०३२१५१८८
ईमेल : info@nepalkrishi.com
किसान सम्बन्धित दैनिक समाचार​​
अन्न पुरिएपछि बीउ अभाव
बनेपा, भूकम्पका कारण अन्न पुरिएपछि काभ्रेपलाञ्चोकमा बीउ अभाव भएको छ । भूकम्पका कारण धान र मकै पुरिएकाले बीउ अभाव हुने देखिएको हो । खुमल–४ जातको धान र रामपुर कम्पोजिट जातको मकैको बीउको जिल्लामा अभाव हुन थालेको कृषि कार्यालयले जनाएको छ । वरिष्ठ कृषि विकास अधिकृत दीपक पौडेलले रु ९० लाख बराबरको ११० मेट्रिक टन धानको बीउ र रु ४० लाख बराबरको ५० मेट्रिक टन मकैको बीउको माग रहेको बताउनुभयो । “धानको बीउको सबैभन्दा बढी माग छ” उहाँले भन्नुभयो ।
भूकम्पका कारण बीउको अभाव भएकाले कृषि कार्यालयमा कृषकको भिडभाड बढीरहेको छ । कृषकले उत्पादन गरेको बीउमा क्षति भएकाले थप समस्या देखिएको हो । “बीउ पुरिएपछि बाहिरबाट आपूर्ति गर्न समस्या देखिएको छ” उहाँले भन्नुभयो ।
जिल्लामा करिब १२ हजार हेक्टरमा धान र २४ हजार हेक्टरमा मकैकखेती हुँदै आएको छ । भूकम्पका कारण यहाँ कृषकको रु एक अर्ब २५ करोड बराबरको २५ हजार मेट्रिक टन खाद्यान्न क्षति भएको छ । कृषि कार्यालयबाट ३०० किलो धानको मूल बीउ र १०० किलो मकैको मूल बीउबाट बीउ उत्पादनको तयारी भइरहेको छ । “आगामी वर्षका लागि यसले केही राहत दिन्छ भन्ने लागेको छ” पौडेलले भन्नुभयो ।
साभार : गोरखापत्रअनलाइन
ताजा ब्लग
धान निर्यात गर्ने नेपाल कसरी बन्यो आयातकर्ता
हरिबहादुर थापा, काठमाडौं
कहलिएका बुद्धिजीवी डा. हर्कबहादुर गुरुङ विपरित धारमा एक त्यस्ता पात्र देखापरे, जो २०४५ चैत १० को भारतीय नाकाबन्दीसँगै ‘खुसी’ भए । सँगै नेपालविरुद्ध नाकाबन्दी गरेकामा उनी भारतलाई ‘धन्यवाद’ समेत दिन चुकेनन् । उनको त्यो विपरित धारको अभिव्यक्तिलाई धेरैले आश्चर्यजनक रुपमा लिए । तर उनको अभिव्यक्तिमा अन्तर्निहित ‘राष्ट्रियता’प्रतिको गहिरो भावनाका कारण कसैबाट आलोचना आएन ।
डिजिटल कृषि मानचित्र र अनुदान
हिमा (स्वस्ती) पौडेल
कृषि क्षेत्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने चर्चा चल्ने गरेको भएपनि यथार्थमा ती कुराहरु हुन सकिरहेका छैनन् । नेपाली कृषि क्षेत्र परम्परागतबाट माथि उठ्नै सकेको छैन भन्दा फरक नपर्ला । हुन त पछिल्लो समयमा कृषि क्षेत्रमा लाग्नेहरु पनि विगतको भन्दा फरक किसिमले आईसकेका छन् ।
New partnership to promote sustainable mechanization of agriculture
fao.org/news
FAO and the European Agricultural Machinery Industry Association CEMA , an international non-profit organisation, today forged a new partnership that aims to promote wider use of sustainable agricultural mechanization in developing countries.
कृषि विकासका लागि नयाँ बहसको खाँचो
कृष्णप्रसाद पौडेल
बाहिरबाट हेर्दा सहरी क्षेत्र, घरका संरचना र पूर्वाधारमा व्यापक क्षति देखिए पनि भुइँचालोले गाउँका गरिब किसान र खेतीपातीमा व्यापक असर पारेको छ। कृषिका पूर्वाधारमा व्यापक क्षति भएको छ। खाने अन्नमात्र हैन, लगाउने बिउ सबै घरसँगै पुरिएको छ। गोठ भत्किएर गाई वस्तु मरेका छन्, घाइते भएका छन्। भूकम्पपछि कतै मूल फुटेको छ, कतै सुकेको छ।
किसान महिलाको श्रमको सम्मान
कुमार थापा
‘घाँस काट मै, खाना पकाउ मै, सासु ससुरा र बालबच्चाको स्याहार गर मै, खेती लगाउ मै, खेती भित्र्याउ मै, पिस/कुट मै, यसरी नै चल्छ मेरो जिन्दगी'– यो भनाइ हो रौतहटकी किसान महिला जीतनीदेवी रामको।
९० प्रतिशत महिला खेतीपातीको काम गर्छन् तर त्यतिले मात्र महिलाको काम पूरा हुँदैन। बिहानीको मिरमिरेदेखि जुनेली रातसम्म घरधन्दा, खानाको जोहोदेखि सबै काममा महिलाकै योगदान छ तर कामको मूल्यांकन भने पैसा र आम्दानीसँग जोडिन्छ। खेतीपाती र घरायसी काममा खट्ने महिलाको श्रमलाई प्रतिष्ठासँग कहिल्यै जोडिएन।
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft