हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ९८०२७४५२९३,९८०३२१५१८८
ईमेल : info@nepalkrishi.com
किसान सम्बन्धित दैनिक समाचार​​
टेन्टमै अन्न भित्र्याए किसानले

भक्तपुर, जेष्ठ १२ - भक्तपुर नगरपालिका जेलांकी न्हुछेरत्न सायजु महेश्वरी खेलमैदानस्थित टेन्ट अगाडि गहुँको बिस्कुन लगाउँदै छिन्। गत वैशाख १२ को विनाशकारी महाभूकम्पको धक्काले दुइटै घर भत्किएपछि उनको ९ जनाको परिवार खेल मैदानस्थित अस्थायी शिविरमा बसोबास गर्दै आएको छ ।
भत्किएको घरबाट अझै सामान निकाल्न नसकेका उनीहरू खेतमा पाकेको अन्नपात भित्र्याउन आतुर छन्। खेतमै चुटेर ल्याएको गहुँ महिना दिनदेखि बसोबास गर्दै आएको साँघुरो टेन्टमा भित्र्याउन पाउँदा न्हुच्छेरत्नको मुहारमा केही मुस्कान थपिएको छ। ‘घर त पूरै भत्कियो, पाकेको गहुँ र आलु भित्र्याउन समस्या छ’, उनले भनिन्, ‘एउटै टेन्टमा तीन जनाको परिवार बसिरहेका छौं, सामान राख्ने ठाउँ छैन।’
भूकम्पको धक्काले जिल्लाको अधिकांश बस्ती नै तहस–नहस बनाएको छ। मानिसहरू खाली ठाउँमा अस्थायी शिविरहरूमा बसोबास गरिरहेका छन्। भक्तपुरका अधिकांश मानिसहरू कृषक भएकाले गहुँ, आलु भित्र्याउने र धानको ब्याड राख्न उनीहरूलाई चटारो परेको छ। पालमुनिको बास भए पनि किसानहरू पालभित्रै अन्नपातको सुरक्षामा जुटेका छन्। ‘पाकेको अन्नलाई खेर जान दिनु पनि भएन’,गोल्मढीकी कृष्णेश्वरी खायमलीले भनिन्,‘घरभित्रको अन्न सुरक्षित गर्न नपाए पनि खेतमा पाकेको अन्न त बटुल्नै पर्‍यो।’
‘गत वर्ष यतिखेर आलु, गहुँ भित्र्याएर धानको ब्याड राखिसकेको हुन्थ्यो’, भक्तपुर नगरपालिका इनाचोकी सिर्जना कुस्माले भनिन्,‘यस वर्ष भूकम्पले किसानहरू भर्खर खेत झर्न थालेका छन्।’ बाली उठाउने, लगाउने समयमा भूकम्पले कृषकको घरबास उठाएको छ। बेला–बेलामा आउने पराकम्पनले किसानहरू थप त्रसित बनेका छन्। महिना दिनसम्म पनि अवस्था सामान्यतिर फर्किसकेको छैन। भूकम्पको पराकम्पनहरूलाई भुल्न पनि किसानहरू खेतको फाँटहरूमा देखिन थालेका छन्। खेतका फाँटहरूमा पाकेका अन्नपात भित्र्याउने घर भत्किए पनि किसानहरू आफू बस्दै आएका अस्थायी शिविरहरूमै व्यवस्थापनमा लागेका छन्। एकातिर एउटै टेन्टमा ३० देखि ४० जनासम्म बस्नुपर्ने पीडा अर्काेतिर अन्नपातको पनि शिविरमै भण्डारण गर्नुपर्दा उनीहरू थप पीडा भोग्न बाध्य छन्।
दैनिकजसो आउने पराकम्पन र हावाहुरीले किसानहरू थप पीडामा छन्। ‘खेतबाट गहुँ झारेर त ल्याइयो, राख्ने ठाउँ छैन’,सूर्यमढीकी शारदा गोसार्इंले प्रश्न गरिन्,‘हावाहुरीले टेन्ट नै उडाउला जस्तो गर्छ, आफू सुरक्षित हुने कि अन्नपातको सुरक्षा गरौं?’ हावाहुरीसँगै परेको पानी टेन्टभित्र पसेर रातभर जागा बस्नुपरेको उनले गुनासो गरिन्।
पानी नपरे टेन्टकै बाहिर बोरामा राख्ने गरेको समेत गोसाईंले बताइन्। टाउको लुकाउन पालको ओत लागे पनि बाली भित्र्याउने छानो नहुँदा किसानहरूमा थप पीडा थपिएका छन्। ‘हिउँद महिना भए जसोतसो कटाइन्थ्यो होला’,गोल्मढीका पूर्णबहादुर दुवालले भने,‘वर्षामासको हिलाम्ये रात कसरी कटाउनु, वर्षभरि खाने अन्नपात कसरी जोगाउनु?’
साभार : इकान्तिपुरडटकम

ताजा ब्लग
धान निर्यात गर्ने नेपाल कसरी बन्यो आयातकर्ता
हरिबहादुर थापा, काठमाडौं
कहलिएका बुद्धिजीवी डा. हर्कबहादुर गुरुङ विपरित धारमा एक त्यस्ता पात्र देखापरे, जो २०४५ चैत १० को भारतीय नाकाबन्दीसँगै ‘खुसी’ भए । सँगै नेपालविरुद्ध नाकाबन्दी गरेकामा उनी भारतलाई ‘धन्यवाद’ समेत दिन चुकेनन् । उनको त्यो विपरित धारको अभिव्यक्तिलाई धेरैले आश्चर्यजनक रुपमा लिए । तर उनको अभिव्यक्तिमा अन्तर्निहित ‘राष्ट्रियता’प्रतिको गहिरो भावनाका कारण कसैबाट आलोचना आएन ।
डिजिटल कृषि मानचित्र र अनुदान
हिमा (स्वस्ती) पौडेल
कृषि क्षेत्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने चर्चा चल्ने गरेको भएपनि यथार्थमा ती कुराहरु हुन सकिरहेका छैनन् । नेपाली कृषि क्षेत्र परम्परागतबाट माथि उठ्नै सकेको छैन भन्दा फरक नपर्ला । हुन त पछिल्लो समयमा कृषि क्षेत्रमा लाग्नेहरु पनि विगतको भन्दा फरक किसिमले आईसकेका छन् ।
New partnership to promote sustainable mechanization of agriculture
fao.org/news
FAO and the European Agricultural Machinery Industry Association CEMA , an international non-profit organisation, today forged a new partnership that aims to promote wider use of sustainable agricultural mechanization in developing countries.
कृषि विकासका लागि नयाँ बहसको खाँचो
कृष्णप्रसाद पौडेल
बाहिरबाट हेर्दा सहरी क्षेत्र, घरका संरचना र पूर्वाधारमा व्यापक क्षति देखिए पनि भुइँचालोले गाउँका गरिब किसान र खेतीपातीमा व्यापक असर पारेको छ। कृषिका पूर्वाधारमा व्यापक क्षति भएको छ। खाने अन्नमात्र हैन, लगाउने बिउ सबै घरसँगै पुरिएको छ। गोठ भत्किएर गाई वस्तु मरेका छन्, घाइते भएका छन्। भूकम्पपछि कतै मूल फुटेको छ, कतै सुकेको छ।
किसान महिलाको श्रमको सम्मान
कुमार थापा
‘घाँस काट मै, खाना पकाउ मै, सासु ससुरा र बालबच्चाको स्याहार गर मै, खेती लगाउ मै, खेती भित्र्याउ मै, पिस/कुट मै, यसरी नै चल्छ मेरो जिन्दगी'– यो भनाइ हो रौतहटकी किसान महिला जीतनीदेवी रामको।
९० प्रतिशत महिला खेतीपातीको काम गर्छन् तर त्यतिले मात्र महिलाको काम पूरा हुँदैन। बिहानीको मिरमिरेदेखि जुनेली रातसम्म घरधन्दा, खानाको जोहोदेखि सबै काममा महिलाकै योगदान छ तर कामको मूल्यांकन भने पैसा र आम्दानीसँग जोडिन्छ। खेतीपाती र घरायसी काममा खट्ने महिलाको श्रमलाई प्रतिष्ठासँग कहिल्यै जोडिएन।
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft