हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ९८०२७४५२९३,९८०३२१५१८८
ईमेल : info@nepalkrishi.com
किसान सम्बन्धित दैनिक समाचार​​
कृषि कार्यक्रमको ढाँचा बदलिँदै
काठमाडौं-कनिका जसरी बजेट छरिँदा सोचेजति प्रतिफल नआएपछि कृषि विकास  मन्त्रालयले आयोजनालाई केन्द्रीकृत गरेर लैजाने तयारी थालेको छ। मन्त्रालयले आर्थिक वर्ष २०७२/०७३ को बजेट बनाउने क्रममा कार्यक्रमको रुप परिवर्तन गर्न थालेको हो।कनिका जसरी बजेट छरिएको छ, कार्यक्रमको प्रतिफल पनि छैन,' मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले नागरिकसँग भने, ‘थोरै कार्यक्रमलाई केन्द्रमा राखेर बजेट बनाउने र त्यसैलाई मात्रै लगानी गर्ने गरी बजेट बनाउन थालेका छौं।'

मन्त्रालयका योजना महाशाखा प्रमुख योगेन्द्रकुमार कार्कीले कुन वस्तु तथा बालीमा केन्द्रित भएर बजेट बनाउने भन्ने टुंगो नलागेको बताए। ‘अहिले सबै निकायसँग छलफल भइरहेको छ,' उनले भने, ‘सम्बद्ध निकायको छलफलपछि योजना बनाएर राष्ट्रिय योजना आयोगमा पठाउँछौं।'
सबै क्षेत्रमा बजेट छर्दा कार्यक्रमको प्रतिफल नआएको उनको भनाइ छ। ‘बरु एउटै कार्यक्रममा तीन वर्षसम्म लगानी गर्ने, विभिन्न कार्यक्रममा बजेट नछर्ने गरी योजना बनाउँदै छौं,' महाशाखा प्रमुख कार्कीले भने, ‘कृषि क्षेत्रमा भएको लगानी बराबरको प्रतिफल नआउनुको मुख्य कारण विभिन्न क्षेत्रमा बजेट छरिनु हो।'

मन्त्रालयका अनुसार कुन क्षेत्रमा के वस्तु र पशुपक्षीका लागि लगानी गर्नेबारे अहिले निर्णय भएको छैन। कुन बाली तथा कुन क्षेत्रमा फोकस गर्ने भन्नेमा राष्ट्रिय योजना आयोग, कृषि विकास मन्त्रालय, कृषि तथा पशु सेवा विभागलगायतसँग छलफल जारी छ।
कृषि तथा जलस्रोत समितिका सभापति गगन थापाले मन्त्रालयलाई कृषि क्षेत्रका लागि छट्ट्याइएको बजेट प्रतिफलमा आधारित भएर विनियोजन गर्न निर्देशन दिए। ‘यो वर्ष जे भयो, भयो आगामी वर्षबाट पुराना कार्यक्रमलाई निरन्तरता दिनु हुन्न,' उनले नागरिकसँग भने, ‘अहिले बजेट बनाउने बेला भएकाले मन्त्रालयको कामलाई बाहिरबाट अध्ययन गर्छौं।'

चालु आर्थिक वर्षका लागि २३ अर्ब ३८ करोड बजेट विनियोजन भएको छ। कार्यक्रम भने सबै पुराना छ। कृषि विकास मन्त्रालयले पुरानै कार्यक्रमका नाममा बजेट विनियोजन गरेको हुनाले प्रतिफल आउन नसकेको बताए।
कृषि मन्त्रालयका अधिकारीलाई नयाँ कार्यक्रम बनाउनुभन्दा पुरानै कार्यक्रममा बजेट विनियोजन गर्न सजिलो हुन भएकाले नयाँ कार्यक्रम तथा त्यसको प्रतिफलसमेत आउन नसकेको उनको भनाइ छ। ‘पुराना कार्यक्रममा बजेट थप्न सजिलो हुन्छ,' उनले भने, ‘तर यस्ता कार्यक्रममा लगानीअनुसारको प्रतिफल आउन सकेन।'

कुल विनियोजित बजेटमध्ये ५० प्रतिशतभन्दा बढी अनुदानका लागि छुट्ट्याइएको छ। अनुदानका लागि विनियोजित बजेटमध्ये ७० प्रतिशतभन्दा बढी अनुगमन तथा मूल्यांकनका लागि रकम छुट्ट्याउँदा प्रतिफल आउन नसकेको उनको भनाइ छ।
थापाले फागुन तेस्रो साता कृषि विकास मन्त्रालयका पदाधिकारीसँग बैठक राखेर बन्दै गरेको बजेटबारे जानकारी लिने बताए। ‘आगामी आर्थिक वर्षको बजेटमा प्रतिफल नदिने पुराना कार्यक्रम समेटिएको भए तत्काल खारेज गर्छौं,' उनले भने, ‘काम गर्नेलाई राज्यको सहयोग पुग्दैन, कामै नहुने ठाउँमा अनावश्यक बजेट जान्छ।'

‘सरकार कृषिको माध्यमबाट देश परिवर्तन गर्नेतर्फ अगाडि बढेको छ,' थापाले नागरिकसँग भने, ‘तर कृषि मन्त्रालय उल्टो दिशातर्फ अगाडि बढेको छ। बजेट र मन्त्रालयका कार्यक्रमबीच तालमेल नमिलेकाले समस्या छ।' मन्त्रालयबीच समन्वय अभावले कृषि क्षेत्र फस्टाउन नसकेको उनले बताए। 
योजना महाशाखाका प्रमुख कार्कीले नयाँ कार्यक्रम समावेश गर्ने र काम नहुने पुराना योजनालाई हटाउने गरी बजेट बनाउने तयारी भइरहेको बताए। ‘कृषिमा भएका धेरै कार्यक्रम हटाउने बेला भएको छ,' उनले भने, ‘त्यसका ठाउँमा कुन कार्यक्रम कसरी ल्याउने भन्नेबारे सबै निकायसँग छलफल भइरहेको छ।' 
थापाले विभिन्न निकायको दबाबका कारण कृषि विकास मन्त्रालयले पुराना कार्यक्रम हटाउन नसकेको बताए। मिति सकिएका कार्यक्रम हटाउन समितिले थप पहल गर्ने बताए। ‘हामीसँग सल्लाह लिँदा पनि मन्त्रालयलाई फाइदै पुग्छ,' उनले भने।
ताजा ब्लग
धान निर्यात गर्ने नेपाल कसरी बन्यो आयातकर्ता
हरिबहादुर थापा, काठमाडौं
कहलिएका बुद्धिजीवी डा. हर्कबहादुर गुरुङ विपरित धारमा एक त्यस्ता पात्र देखापरे, जो २०४५ चैत १० को भारतीय नाकाबन्दीसँगै ‘खुसी’ भए । सँगै नेपालविरुद्ध नाकाबन्दी गरेकामा उनी भारतलाई ‘धन्यवाद’ समेत दिन चुकेनन् । उनको त्यो विपरित धारको अभिव्यक्तिलाई धेरैले आश्चर्यजनक रुपमा लिए । तर उनको अभिव्यक्तिमा अन्तर्निहित ‘राष्ट्रियता’प्रतिको गहिरो भावनाका कारण कसैबाट आलोचना आएन ।
डिजिटल कृषि मानचित्र र अनुदान
हिमा (स्वस्ती) पौडेल
कृषि क्षेत्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने चर्चा चल्ने गरेको भएपनि यथार्थमा ती कुराहरु हुन सकिरहेका छैनन् । नेपाली कृषि क्षेत्र परम्परागतबाट माथि उठ्नै सकेको छैन भन्दा फरक नपर्ला । हुन त पछिल्लो समयमा कृषि क्षेत्रमा लाग्नेहरु पनि विगतको भन्दा फरक किसिमले आईसकेका छन् ।
New partnership to promote sustainable mechanization of agriculture
fao.org/news
FAO and the European Agricultural Machinery Industry Association CEMA , an international non-profit organisation, today forged a new partnership that aims to promote wider use of sustainable agricultural mechanization in developing countries.
कृषि विकासका लागि नयाँ बहसको खाँचो
कृष्णप्रसाद पौडेल
बाहिरबाट हेर्दा सहरी क्षेत्र, घरका संरचना र पूर्वाधारमा व्यापक क्षति देखिए पनि भुइँचालोले गाउँका गरिब किसान र खेतीपातीमा व्यापक असर पारेको छ। कृषिका पूर्वाधारमा व्यापक क्षति भएको छ। खाने अन्नमात्र हैन, लगाउने बिउ सबै घरसँगै पुरिएको छ। गोठ भत्किएर गाई वस्तु मरेका छन्, घाइते भएका छन्। भूकम्पपछि कतै मूल फुटेको छ, कतै सुकेको छ।
किसान महिलाको श्रमको सम्मान
कुमार थापा
‘घाँस काट मै, खाना पकाउ मै, सासु ससुरा र बालबच्चाको स्याहार गर मै, खेती लगाउ मै, खेती भित्र्याउ मै, पिस/कुट मै, यसरी नै चल्छ मेरो जिन्दगी'– यो भनाइ हो रौतहटकी किसान महिला जीतनीदेवी रामको।
९० प्रतिशत महिला खेतीपातीको काम गर्छन् तर त्यतिले मात्र महिलाको काम पूरा हुँदैन। बिहानीको मिरमिरेदेखि जुनेली रातसम्म घरधन्दा, खानाको जोहोदेखि सबै काममा महिलाकै योगदान छ तर कामको मूल्यांकन भने पैसा र आम्दानीसँग जोडिन्छ। खेतीपाती र घरायसी काममा खट्ने महिलाको श्रमलाई प्रतिष्ठासँग कहिल्यै जोडिएन।
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft