हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ९८०२७४५२९३,९८०३२१५१८८
ईमेल : info@nepalkrishi.com
किसान सम्बन्धित दैनिक समाचार​​
६ महिनामा १ अर्ब २५ करोडको धान आयात
धानको उत्पादन घटेपछि चालु आर्थिक वर्षको ६ महिनामा जोगबनी नाकाबाट सवा १ अर्ब रुपैयाँ बराबरको धान आयात गरिएको छ । पूर्वका व्यापारीले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमै भारतबाट १ अर्ब २५ करोड रुपैयाँ मूल्य बराबरको धान भित्र्याएका छन् ।
विराटनगर भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्ष ०७१७२ को साउनदेखि पुस मसान्तसम्ममा पूर्वका व्यापारीहरूले भारतबाट ५१ हजार २ सय २३ मेट्रिकटन अर्थात् १ अर्ब २५ करोड १० लाख रुपैयाँ बराबरको धान आयात गरेका छन् । अघिल्लो आर्थिक वर्ष ०७०७१ को यसै अवधिमा १० हजार ९ सय २२ मेट्रिकटन अर्थात २६ करोड ६७ लाख रुपैयाँ बराबरको धान आयात गरिएकोमा अहिले ५ गुणा वृद्धि भएको विराटनगर भन्सार कार्यालयका प्रमुख राजेन्द्र दाहालले बताए । “गत वर्षको तुलनामा यो नाकाबाट धानको उत्पादन धेरै नै बढेको छ,” दाहालले भने ।

नेपालमा उत्पादन हुने धानले कुल मागको ६० प्रतिशत मात्र धान्न सक्छ । ४० प्रतिशत धान व्यापारीहरूले भारतबाटै ल्याउने गरेका छन् । अघिल्लो वर्ष भने धानको उत्पादन सन्तोषजनक रहँदा आयात कम भएको थियो । गतवर्ष व्यापारीले धानको मौज्जाद प्रशस्त गर्न नसक्नु, सरकारले किसानहरूलाई मल–बिऊ समयमै उपलब्ध गराउन नसक्नु, परम्परागत खेती प्रणाली, युवाहरूको विदेश पलायनलगायतका कारण यस वर्ष धानको उत्पादन घटेको क्षेत्रीय कृषि निर्देशनालयको भनाइ छ । यस्तै सरकारले धान, गहुँ र मकै खेतीलाई नगदेवालीका रुपमा प्रोत्साहन गर्न नसकेका कारण धान उत्पादन घटेकाले पनि धानको आयात बढाउनु परेको मोरङ व्यापार संघका पूर्वअध््रयक्ष अविनाश बोहराले बताए । “सरकारी नीतिकै कारण कृषिजन्य वस्तुको आयात हरेक वर्ष बढिरहेको छ,” उनले भने, “धान, गहुँ र मकैलाई नगदेबालीकै रुपमा प्रोत्साहित गरिनुपर्छ ।”

यस्तै भारतबाट आयात गरिएको धान स्वदेशमा उत्पादित धानभन्दा सस्तोसमेत पर्ने गरेको छ । कृषि शुल्क ५ प्रतिशत, ढुवानी खर्च र बिमा खर्च जोडेर ल्याउँदासमेत सोना मन्सुली धान प्रतिकिलो २१ रुपैयाँमै उद्योगसम्म आइपुग्छ । जबकि नेपाली बजारमा सोना मन्सुली धानको मूल्य प्रतिकिलो २३ रुपैयाँसम्म छ । विराटनगरका धान व्यापारी निखिल जैसानी नेपालको उत्पादनले धान्न नसकेपछि भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको बताउँछन् । “नेपालको उत्पादनले ठेग्न नसकेपछि आयात गर्नु स्वभाविकै हो,” उनले भने, “आयातलाई प्रतिस्थापन गर्न उत्पादन बढाउनु जरुरी छ ।”

साभार कारोबार दैनिक
ताजा ब्लग
धान निर्यात गर्ने नेपाल कसरी बन्यो आयातकर्ता
हरिबहादुर थापा, काठमाडौं
कहलिएका बुद्धिजीवी डा. हर्कबहादुर गुरुङ विपरित धारमा एक त्यस्ता पात्र देखापरे, जो २०४५ चैत १० को भारतीय नाकाबन्दीसँगै ‘खुसी’ भए । सँगै नेपालविरुद्ध नाकाबन्दी गरेकामा उनी भारतलाई ‘धन्यवाद’ समेत दिन चुकेनन् । उनको त्यो विपरित धारको अभिव्यक्तिलाई धेरैले आश्चर्यजनक रुपमा लिए । तर उनको अभिव्यक्तिमा अन्तर्निहित ‘राष्ट्रियता’प्रतिको गहिरो भावनाका कारण कसैबाट आलोचना आएन ।
डिजिटल कृषि मानचित्र र अनुदान
हिमा (स्वस्ती) पौडेल
कृषि क्षेत्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने चर्चा चल्ने गरेको भएपनि यथार्थमा ती कुराहरु हुन सकिरहेका छैनन् । नेपाली कृषि क्षेत्र परम्परागतबाट माथि उठ्नै सकेको छैन भन्दा फरक नपर्ला । हुन त पछिल्लो समयमा कृषि क्षेत्रमा लाग्नेहरु पनि विगतको भन्दा फरक किसिमले आईसकेका छन् ।
New partnership to promote sustainable mechanization of agriculture
fao.org/news
FAO and the European Agricultural Machinery Industry Association CEMA , an international non-profit organisation, today forged a new partnership that aims to promote wider use of sustainable agricultural mechanization in developing countries.
कृषि विकासका लागि नयाँ बहसको खाँचो
कृष्णप्रसाद पौडेल
बाहिरबाट हेर्दा सहरी क्षेत्र, घरका संरचना र पूर्वाधारमा व्यापक क्षति देखिए पनि भुइँचालोले गाउँका गरिब किसान र खेतीपातीमा व्यापक असर पारेको छ। कृषिका पूर्वाधारमा व्यापक क्षति भएको छ। खाने अन्नमात्र हैन, लगाउने बिउ सबै घरसँगै पुरिएको छ। गोठ भत्किएर गाई वस्तु मरेका छन्, घाइते भएका छन्। भूकम्पपछि कतै मूल फुटेको छ, कतै सुकेको छ।
किसान महिलाको श्रमको सम्मान
कुमार थापा
‘घाँस काट मै, खाना पकाउ मै, सासु ससुरा र बालबच्चाको स्याहार गर मै, खेती लगाउ मै, खेती भित्र्याउ मै, पिस/कुट मै, यसरी नै चल्छ मेरो जिन्दगी'– यो भनाइ हो रौतहटकी किसान महिला जीतनीदेवी रामको।
९० प्रतिशत महिला खेतीपातीको काम गर्छन् तर त्यतिले मात्र महिलाको काम पूरा हुँदैन। बिहानीको मिरमिरेदेखि जुनेली रातसम्म घरधन्दा, खानाको जोहोदेखि सबै काममा महिलाकै योगदान छ तर कामको मूल्यांकन भने पैसा र आम्दानीसँग जोडिन्छ। खेतीपाती र घरायसी काममा खट्ने महिलाको श्रमलाई प्रतिष्ठासँग कहिल्यै जोडिएन।
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft