हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ९८०२७४५२९३,९८०३२१५१८८
ईमेल : info@nepalkrishi.com
किसान सम्बन्धित दैनिक समाचार​​
मंसिरयता ४३ हजार टन मल भित्रियो
बन्द कारण लामो समयदेखि सिर्सिया सुख्खा बन्दरगाहमा थन्किएको रासायनिक मल धमाधम अन्य जिल्लाहरूमा पठाउन थालिएको छ। मंसिर पहिलो सातायता बन्दरगाहबाट करिब ४२ हजार ८ सय ३२ टन रासायनिक मल बाहिरिएको हो।

कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालयका सूचना अधिकृत सोनालाल साहका अनुसार बन्दरगाहबाट हालसम्म २६ हजार ५ सय २२ टन युरिया र १६ हजार ३ सय १० टन डीएपी बाहिरिसकेको छ। अहिले मुलुकमा आयात हुने प्राय: सबै मल यही बन्दरगाहमार्फत आउने साहले जानकारी दिए। अहिले बन्दरगाहमा ३ सय २९ टन युरिया र ८ सय ५ टन डीएपी मलमात्र बाँकी रहेको उनले दाबी गरे।

उनले ग्लोबल टेन्डरमार्फत र भारतबाट आयातितसमेत गरी ५२ हजार ५ सय टन युरिया र ७ हजार ५ सय टन डीएपी आयात क्रममा रहेको जानकारी दिए।
सामसुङ कम्पनीमार्फत आयात भइरहेको २० रेल्वे र्‍याक युरिया, डेउ कम्पनीमार्फत आयात भइरहेको ७ र्‍याकमा रहेको १७ हजार ५ सय टन युरिया, १४ र्‍याकमा स्विस सिंगापुर कम्पनीमार्फत आयात भइरहेको ३५ हजार टन युरिया तथा स्विस सिंगापुरमार्फत ३ र्‍याक डीएपी र भारतको जीटीजी कम्पनीमार्फत भारतको भुवनेश्वरबाट आयात भइरहेको ५ र्‍याक डीएपी मल पाइपलाइनमा रहेको साहले बताए।

यीमध्ये केही कोलकाता बन्दरगाहमा रहेको र केही त्यहाँबाट सिर्सिया सुख्खा बन्दरगाहका लागि हिँडिसकेको उनले जनाए।
बन्दहडताल र इन्धन अभावका कारण ढुवानीमा समस्या भएपछि बन्दरगाहमा ठूलो परिमाणमा मल थन्किएको थियो। अहिले दैनिक सरदर ५० देखि ६० ट्रक रासायनिक मल सिर्सिया सुख्खा बन्दरगाहबाट बाहिरिरहेको छ। कार्यालयले आन्दोलनरत मधेसी मोर्चासँगको समन्वय र स्थानीय प्रशासनको सहयोगबाट मल विभिन्न जिल्लाहरूमा परिचालन गरिरहेको छ। मध्यमाञ्चलको सम्पूर्ण पहाडी र तराईका जिल्ला तथा पूर्वको राजविराज, लहान, उदयपुरसम्म पनि मल पठाइएको छ।पोखरा, दमौली र कावासोतीबाहेक पश्चिमाञ्चलका बाँकी जिल्लामा मल पठाइएकाले मल अभाव नभएको र यस वर्ष नहुने साहले दाबी गरे।

साभारः इकान्तिपुरडटकम
ताजा ब्लग
धान निर्यात गर्ने नेपाल कसरी बन्यो आयातकर्ता
हरिबहादुर थापा, काठमाडौं
कहलिएका बुद्धिजीवी डा. हर्कबहादुर गुरुङ विपरित धारमा एक त्यस्ता पात्र देखापरे, जो २०४५ चैत १० को भारतीय नाकाबन्दीसँगै ‘खुसी’ भए । सँगै नेपालविरुद्ध नाकाबन्दी गरेकामा उनी भारतलाई ‘धन्यवाद’ समेत दिन चुकेनन् । उनको त्यो विपरित धारको अभिव्यक्तिलाई धेरैले आश्चर्यजनक रुपमा लिए । तर उनको अभिव्यक्तिमा अन्तर्निहित ‘राष्ट्रियता’प्रतिको गहिरो भावनाका कारण कसैबाट आलोचना आएन ।
डिजिटल कृषि मानचित्र र अनुदान
हिमा (स्वस्ती) पौडेल
कृषि क्षेत्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने चर्चा चल्ने गरेको भएपनि यथार्थमा ती कुराहरु हुन सकिरहेका छैनन् । नेपाली कृषि क्षेत्र परम्परागतबाट माथि उठ्नै सकेको छैन भन्दा फरक नपर्ला । हुन त पछिल्लो समयमा कृषि क्षेत्रमा लाग्नेहरु पनि विगतको भन्दा फरक किसिमले आईसकेका छन् ।
New partnership to promote sustainable mechanization of agriculture
fao.org/news
FAO and the European Agricultural Machinery Industry Association CEMA , an international non-profit organisation, today forged a new partnership that aims to promote wider use of sustainable agricultural mechanization in developing countries.
कृषि विकासका लागि नयाँ बहसको खाँचो
कृष्णप्रसाद पौडेल
बाहिरबाट हेर्दा सहरी क्षेत्र, घरका संरचना र पूर्वाधारमा व्यापक क्षति देखिए पनि भुइँचालोले गाउँका गरिब किसान र खेतीपातीमा व्यापक असर पारेको छ। कृषिका पूर्वाधारमा व्यापक क्षति भएको छ। खाने अन्नमात्र हैन, लगाउने बिउ सबै घरसँगै पुरिएको छ। गोठ भत्किएर गाई वस्तु मरेका छन्, घाइते भएका छन्। भूकम्पपछि कतै मूल फुटेको छ, कतै सुकेको छ।
किसान महिलाको श्रमको सम्मान
कुमार थापा
‘घाँस काट मै, खाना पकाउ मै, सासु ससुरा र बालबच्चाको स्याहार गर मै, खेती लगाउ मै, खेती भित्र्याउ मै, पिस/कुट मै, यसरी नै चल्छ मेरो जिन्दगी'– यो भनाइ हो रौतहटकी किसान महिला जीतनीदेवी रामको।
९० प्रतिशत महिला खेतीपातीको काम गर्छन् तर त्यतिले मात्र महिलाको काम पूरा हुँदैन। बिहानीको मिरमिरेदेखि जुनेली रातसम्म घरधन्दा, खानाको जोहोदेखि सबै काममा महिलाकै योगदान छ तर कामको मूल्यांकन भने पैसा र आम्दानीसँग जोडिन्छ। खेतीपाती र घरायसी काममा खट्ने महिलाको श्रमलाई प्रतिष्ठासँग कहिल्यै जोडिएन।
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft