हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ९८०२७४५२९३,९८०३२१५१८८
ईमेल : info@nepalkrishi.com
किसान सम्बन्धित दैनिक समाचार​​
'हर्ष न विस्मात्'

एसआरआई प्रविधिबाट पहिलेभन्दा बढी धान फलाएर दंग किसान भाउ नपाएर निराश छन्।

तस्वीरहरूः कमल रिमाल
एक कट्ठामा साढे ६ मनका दरले धान फलाएका तनमुना,
सुनसरीका श्रवणकुमार माझी ।

दुहबी–१४, सुनसरीका शुभलाल पेस्कारले एसआरआई (सिष्टम अफ राइस इन्टेन्सिफिकेसन) प्रविधि प्रयोग गरी सोचेभन्दा बढी धान फलाए। ७० मनभन्दा बढी धान नफलेको खेतमा १०० मन धान फल्यो। तर, मोल भने गएको वर्ष जति पनि पाएनन्।
तनमुना–३ सुनसरीका बलराम मण्डलको धान पनि भकारीमा थन्किएको छ। उनका अनुसार, गत वर्ष मंसीरमा प्रति मन रु.९०० का दरले धान बिक्री भएको थियो। तर, यो वर्ष रु.७३० भन्दा बढेको छैन। “उत्पादनले खुशी भए तर अहिलेकै भाउमा बेचें भने त डुबिहाल्छु नि!” उनी भन्छन्।
सुनसरीकै छिटाहा गाविसका विश्वनाथ मेहता बन्दका कारण व्यापारी गाउँमा आएर धान लैजान नपाएकाले भाउ घटेको बताउँछन्। “दुहबी र सोनापुरको मीलसम्म पनि धान पुर्‍याउन सकेका छैनौं”, मेहता भन्छन्, “बन्दकर्ताले जानै दिंदैनन्, व्यापारी पनि इन्धन नभएर गाउँ आउँदैनन्।” बन्द खुलेपछि धानको भाउ प्रति मन रु.९०० पुग्ने उनको विश्वास छ।धान व्यवसायी एवं मोरङ व्यापार संघका सदस्य श्रवण अग्रवाल पनि ढुवानी समस्याका कारण धानले भाउ नपाएको बताउँछन्। “किसानले विराटनगरसम्म धान ल्याइदिने हो भने अलि बढी मूल्य हाल्न सकिन्थ्यो”, उनी भन्छन्।

दंग किसान

धान सुकाउँदै तनमुना, सुनसरीकी
फूलकुमारी चौधरी।


तनमुना–६ का श्रवणकुमार माझी आफ्नो खेतमा धान फलेको देखेर चकित परे। गत वर्ष १ हजार ६०० किलो धान फलेको उनको ८ कट्ठा खेतमा यो वर्ष २ हजार किलो धान फल्यो।बढी धान फल्नुको एउटै कारण एसआरआई प्रविधि हो, नेपाल कृषि कम्पनीले प्रयोगका लागि भित्र्याएको यो प्रविधिमा रोपाइँमा मेशीनको प्रयोग गरिन्छ। “मेशीनले रोप्दा हिलोमा डुबेर बीउ नै देखिंदैनथ्यो, पछि त खेतै भरिएर धान नै नअट्ला जस्तो भयो”, माझी भन्छन्। रोपाइँको भोलिपल्ट माझीको खेत हेर्न पुगेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले समेत बीउ नै नदेखिएको भन्दै आश्चर्य प्रकट गरेको उनी सुनाउँछन्। धानको एउटै गाँजमा ५० बाला र एक फिट लम्बाइको बालामा २६० दाना लागेको थियो।
मेशीनले धान रोप्दा बेर्ना हिलोमै हराएको देखेपछि तनमुनाकी फूलकुमारीदेवी चौधरी अत्तालिइन्। हलोले नै जोती हातैले धान रोप्न छोरालाई आग्रह गरिन्। तर, छोरा अजितले आमालाई केही दिन पर्खन भने। “घरमा झ्गडा गरें”, चौधरी भन्छिन्, “पहिले दुई बिघामा फल्ने धान अहिले एकै बिघामा फल्यो।”
नेपाल कृषि कम्पनीका प्रबन्धक डा. विवेकानन्द झ्ा यो प्रविधि प्रयोग गर्न डराएका किसान अहिले हौसिएको बताउँछन्। “धानको उत्पादन साँच्चै नै बढी भएकाले यो प्रविधि प्रयोग नगरेका कतिपय किसान पछुताउन थालेका छन्।” प्रविधिसँगै समयमै मल, औषधि र सिंचाइको व्यवस्था भएकाले धान बढी फलेको उनको भनाइ छ।
साभार: नेपाली हिमाल डटकम

ताजा ब्लग
धान निर्यात गर्ने नेपाल कसरी बन्यो आयातकर्ता
हरिबहादुर थापा, काठमाडौं
कहलिएका बुद्धिजीवी डा. हर्कबहादुर गुरुङ विपरित धारमा एक त्यस्ता पात्र देखापरे, जो २०४५ चैत १० को भारतीय नाकाबन्दीसँगै ‘खुसी’ भए । सँगै नेपालविरुद्ध नाकाबन्दी गरेकामा उनी भारतलाई ‘धन्यवाद’ समेत दिन चुकेनन् । उनको त्यो विपरित धारको अभिव्यक्तिलाई धेरैले आश्चर्यजनक रुपमा लिए । तर उनको अभिव्यक्तिमा अन्तर्निहित ‘राष्ट्रियता’प्रतिको गहिरो भावनाका कारण कसैबाट आलोचना आएन ।
डिजिटल कृषि मानचित्र र अनुदान
हिमा (स्वस्ती) पौडेल
कृषि क्षेत्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने चर्चा चल्ने गरेको भएपनि यथार्थमा ती कुराहरु हुन सकिरहेका छैनन् । नेपाली कृषि क्षेत्र परम्परागतबाट माथि उठ्नै सकेको छैन भन्दा फरक नपर्ला । हुन त पछिल्लो समयमा कृषि क्षेत्रमा लाग्नेहरु पनि विगतको भन्दा फरक किसिमले आईसकेका छन् ।
New partnership to promote sustainable mechanization of agriculture
fao.org/news
FAO and the European Agricultural Machinery Industry Association CEMA , an international non-profit organisation, today forged a new partnership that aims to promote wider use of sustainable agricultural mechanization in developing countries.
कृषि विकासका लागि नयाँ बहसको खाँचो
कृष्णप्रसाद पौडेल
बाहिरबाट हेर्दा सहरी क्षेत्र, घरका संरचना र पूर्वाधारमा व्यापक क्षति देखिए पनि भुइँचालोले गाउँका गरिब किसान र खेतीपातीमा व्यापक असर पारेको छ। कृषिका पूर्वाधारमा व्यापक क्षति भएको छ। खाने अन्नमात्र हैन, लगाउने बिउ सबै घरसँगै पुरिएको छ। गोठ भत्किएर गाई वस्तु मरेका छन्, घाइते भएका छन्। भूकम्पपछि कतै मूल फुटेको छ, कतै सुकेको छ।
किसान महिलाको श्रमको सम्मान
कुमार थापा
‘घाँस काट मै, खाना पकाउ मै, सासु ससुरा र बालबच्चाको स्याहार गर मै, खेती लगाउ मै, खेती भित्र्याउ मै, पिस/कुट मै, यसरी नै चल्छ मेरो जिन्दगी'– यो भनाइ हो रौतहटकी किसान महिला जीतनीदेवी रामको।
९० प्रतिशत महिला खेतीपातीको काम गर्छन् तर त्यतिले मात्र महिलाको काम पूरा हुँदैन। बिहानीको मिरमिरेदेखि जुनेली रातसम्म घरधन्दा, खानाको जोहोदेखि सबै काममा महिलाकै योगदान छ तर कामको मूल्यांकन भने पैसा र आम्दानीसँग जोडिन्छ। खेतीपाती र घरायसी काममा खट्ने महिलाको श्रमलाई प्रतिष्ठासँग कहिल्यै जोडिएन।
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft