इलाम– करिब पाँच रोपनी बारीमा तोरी छर्दा चमैंताका तारावीर विश्वकर्मालाई वर्षभरी चाहिने तेल पुर्याउन पनि मुस्किल पर्थ्यो। तोरी छर्ने बेला गोरु, हली र खेताला खोज्दा हैरान हुने उनी अचेल तोरीको साटो मटर खेतीतर्फ लागेका छन्।
त्यही बारीमा अहिले मटर खेती गर्दा तीन महिनाभित्रै दुई लाख रुपैयाँ हाराहारी नगद हात पार्न थालेका छन् । '५० किलो मटर बेच्यो भने बर्षभरी चाहिने खाने तेल किन्न सकिन्छ,' परम्परागत खेती छोडेर आधुनिक खेतिमा लागेका विश्वकर्माले खुसी सुनाए, 'छिटोमिठो मटर खेती गरेर गोजीभरी पैसा जम्मा गर्ने बानी परेको छ।'
बारीमा गोरु नजोताई खनेकै भरमा मटर खेती गर्न थालेको केही बर्षर्मै तारावीरले तीनतले पक्की घर ठड्याई सकेका छन्। सबैतिरको ऋणपान चुक्ता गरी थोरबहुत पैसा बैंकमासमेत जम्मा गर्न सफल छन् उनी । मटरकै आम्दानीले ठूलो लगानीमा उन्नत जातका दुई गाई किनेर उनी नजिकैको सहकारीमा दैनिक थुप्रै लिटर दूध बेच्छन्। 'बाजे बराजुका पालादेखि तोरी छर्ने बानी लागेका हामी बल्लबल्ल मटरको महत्व बुझ्दै छौं,' यसपल्ट नि १५ किलो मटर रोपेका उनले सुनाए, 'पहिल्यैदेखि यसको खेती गरेका भए यतिञ्जेलमा करोडपति हुने रहेछौं।'
दुई हजार दुई सय मिटर उचाईको यो लेकाली क्षेत्रमा साउने झरी थामिने सुरसार गर्न थालेपछि मटर रोपेका तारावीरजस्ता सयौं किसान यतिबेला कोसा टिप्ने सुरसारमा छन् । रोपेको ९० दिनमैं लटरम्म फल्ने मटर कोसा घरमैं हारालुछ बिक्री हुने भएपछि किसान अरु काम छोडेर यसैमा झ्याम्मि"दैछन् । मापदण्ड पुर्याई खेती गरेको खण्डमा एक किलो बीउ बराबर तीन मनसम्म कोसा फल्ने बताउँछन् उनी । मटर खेती नगर्ने किसानका घर हतपत्ती भेटि"दैनन् । मुख्य सिजनका बेला प्रतिकिलो एकसय ५० रुपैया"सम्म बिक्री हुने भएपछि कोसा फक्राउन किसान मरिहत्ते गर्दैछन् ।
'अलिकति बारीमा पनि बान्की पु¥याएर खेती गर्ने हो भने मटरबाट मालामाल भइने रहेछ,' यसपल्ट दुई रोपनी बारीमा मटर रोपेका भुपाल राईले भने, 'हामीजस्ता थोरै जग्गा हुने किसानका लागि यो साह्रै भरपर्दो खेती रहेछ ।' मकै रोपकै बारीको भित्र–भित्र कोदालोले हल्का खनेर रोपिने मटरलाई उमे्रको २२ दिनदेखि एक महिनाभित्र साना थाङ्ग्रा हाल्नुपर्छ । ती थाङ्ग्रामा लहरि"दै बोट हल्किन थालेपछि बढीमा छ फुटसम्मका बा"सका थाङ्ग्रा हालेपछि यसलाई उत्पादन गर्न थप झण्झट गर्नुपर्दैन । फलिसकेपछि एकैपल्ट कोसा टिप्नेबेला बारीमा गए पुग्छ ।
'मटर खेतीलाई जम्माजम्मी रोप्ने ठाउ" बनाउन र थाङ्ग्रा हाल्न मात्र मेहेनत गर्ने हो त्यसपछि वास्ता गर्नुपर्दैन,' १५ किलो बीउ रोपेर फलको प्रतीक्षामा बसेका कमल बस्नेतले सुनाए, 'कसैकसैले ढुसी र हुस्सुको औषधि छर्के पनि केही नहाली मनग्गे उत्पादन गर्ने पनि धेरै छन्।' तरकारी बालीमा पर्ने मटर खेती चमैंताका अतिरिक्त सा"खेजुङ, पुवामझुवा, माइपोखरी, सुलुवुङ, जमुना, मावु, माइमझुवा, पशुपतिनगर, जिर्मले, समालवुङ, फिक्कल, कन्याम, श्रीअन्तु, नयाँबजार, प्याङ, जोगमाईलगायत जिल्लाका दुई दर्जन गाविसमा बढी हुन्छ।
दशैं र तिहारको वीचमा उत्पादन हुने मटर कोसाको मुख्य बजार सीमावर्ती भारतीय शहर हुन् । स्वदेशी बजारमा प्रतिकिलो ५० रुपैया"ले पनि बिक्री हुन मुस्किल पर्ने मटर कोसा दार्जिलिङ, मानेभञ्ज्याङ, सुकिया, मिरिक र सिलिगुडीमा एकसय ५० रुपैया"सम्म बिक्री हुन्छ । मारवाडी समुदायले मरिहत्ते गर्ने मटर कोसाको मूल्य छठ पर्वका बेला आकाशिन्छ । नजिकै पर्ने भएकाले भारतीय व्यापारीमार्फत नेपाली व्यापारीले गाउ" गाउ" पुगेर मटर कोसा किन्छन् । अघिल्लो छठमा एकसय २० रुपैया"ले बिकेको कोसा यसपल्ट अझ बढ्ने किसानको अपेक्षा छ । 'छठका बेला भारतीय शहरमा मटर कोसाको उच्च माग हुने भएकाले यसको मूल्य उच्च हुन्छ' व्यापारी गोपी बस्नेतले भने, 'मारवाडी समुदायले औधी रुचाउने भएकाले त्यसबेला जति मूल्य परे पनि मटर नखाई सक्दैनन् ।' छठलाई नैं लक्षित गरी साउन अन्तिममा किसानले रोपेको मटरमा तीन साता अघि नै कोसा लागिसकेका छन् । थाङ्ग्रा थपेर ती कोसालाई सकेसम्म छिटो ठूलो पारेर उत्पादन बढाउन यतिबेला किसान व्यस्त छन् । छठको साताअघि देखि नैं मटर टिप्ने, तौलिने र व्यापारीलाई बुझाउने काममा किसान भ्याईनभ्याई हुन्छन् ।
नेपाली बजारको तुलनामा तीन गुना बढीसम्म मूल्य पाइने भएपछि सीमावर्ती गाउ"का किसान चाहिं मटरकोसा बोकेर नजिकैका बजार पुग्न व्यस्त हुन्छन् । बढी आम्दानी हात पार्न राती नसुतेरै सन्दकपुर, कालपोखरी, जौवारी, मेघमा, तुम्लिङ, मानेभञ्ज्याङ जस्ता बजारमा मटर बेच्ने किसानको लर्को देखिने बेला हु"दैछ। त्यहा" भारतीय व्यापारीहरु गाडीसहित मटर कोसाको पखाईमा बसेका हुन्छन् । त्यस क्षेत्रबाट दैनिक धेरैवटा गाडीमा मटर कोसा हुन्छ । उत्पादन हलक्कै बढाउनलाई चौंरी र सुगु"रको मल लगाएर मटर खेती गर्ने पनि धेरै छन् ।
मटरको व्यवसायिक खेतीकै कारण धेरै आम्दानी गर्न सफल कतिपय किसानले दैनिक घरखर्च चलाएर छोराछोरीलाई राम्रा विद्यालयमा पढाउनुका साथै तराईमा घरजग्गा समेत जोड्न सफल भएका छन् । 'मटर खेतीले लेकाली किसानको भाग्य नैं चम्किएको छ,' स्थानीय राजकुमार बस्नेतले भने 'किसानले घरपायकमैं उच्च मूल्यमा बेच्न पाउने सुविधा भए अझ सुविस्ता हुन्थ्यो।' प्रतिकिलो चारसय ६० रुपैंया" पर्ने बीउ सीमापारीकै बजारबाट ल्याएर मटर खेती गरिन्छ । इलाममा अघिल्लो बर्ष साढे पाँचसय मेट्रिक टन मटर कोसा उत्पादन भएको थियो।
साभारः नागरिक न्यूज