हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ९८०२७४५२९३,९८०३२१५१८८
ईमेल : info@nepalkrishi.com
किसान सम्बन्धित दैनिक समाचार​​
गाउँमै पाँच करोडको तरकारी
कार्तिक ८, २०७२- यहाँको सल्यानस्थित एउटै वडाका किसानहरूले व्यावसायिक तरकारी खेती गरेर बर्सेनी पाँच करोड रुपैयाँ गाउँमा भित्र्याउने गरेका छन्। पूर्वी मोहडामा समतल फैलिएको करिब एक हजार रोपनीमा तीन सय परिवारले मौसमी तथा बेमौसमी तरकारी खेतीबाट मात्रै वार्षिक पाँच करोड रुपैयाँ आम्दानी गर्न सफल भएका हुन्। बीस वर्ष अघिदेखि धौलागिरिमै पहिलोपटक व्यावसायिक रूपमा बेमौसमी तरकारी खेती सुरु गरेका यहाँका किसानले उत्पादन गरेको तरकारीले बाग्लुङ, म्याग्दी र पर्वत सदरमुकामको माग धानेको छ। तराई बन्द र भारतीय नाकाबन्दीको असरले मुलुकका विभिन्न जिल्लामा तरकारीको मूल्य अकासिएका बेला यहाँको उत्पादनले यी तीनै जिल्लामा तरकारीको मूल्य बढ्नुको सट्टा घटेको छ। ‘हाम्रो उत्पादन काठमाडौंसम्म पुग्थ्यो,’ स्थानीय किसान नरबहादुर केसीले भने, ‘अहिले सहज ढुवानी नहुँदा यहीँको बजारमा सस्तो बेच्नुपरेको छ।’ पोखरा, नारायणगढ, काठमाडौं लगायतमा अहिले गोलभेंडाको मूल्य ६० रुपैयाँ भन्दा माथि भएर पनि आफूहरूले तीस रुपैयाँमा बिक्री गर्नुपरेको उनले बताए।
केसीले तरकारीबाट मात्रै वार्षिक १५ देखि १८ लाख रुपैयाँसम्म आम्दानी गर्छन्। सहज सवारी चल्दा किसानहरूले धौलागिरि बाहिरका जिल्लामा राम्रो मूल्य पाउँदा उतै पठाउँदै आएका थिए। तराई बन्द र नाकाबन्दीले गोलभेंडा, घिरौंला लगायतका तरकारीको मूल्य सस्तिएपछि अधिकांश किसान बीउ उत्पादनमा लागेका छन्। ‘बाहिर पठाउन नपाएपछि गोलभेंडाको बीउ बनाउन थालेको छु,’ स्थानीय किसान एकनारायण पौडेलले भने, ‘मूल्य राम्रो पाएको भए बीउ भन्दा हरियो बेच्दा दोब्बर आम्दानी हुन्थ्यो।’ गाउँका किसानहरू अहिले धान, गहुँ, मकै लगायतका खाद्यान्न बाली छाडेर तरकारी खेतीमा लागेका छन्। खाद्यबालीको तुलनामा तरकारीबाट दसौं गुना बढी आम्दानी हुने भएपछि वडाभरि किसानहरू तरकारीमा लागेका हुन्। ‘धौलागिरिका मुख्य बजार नजिकै भएकाले बिक्रीको समस्या हुँदैन,’ युवा किसान गिरीधारी पौडेलले भने, ‘एउटा बजारमा सस्तो भयो भने अर्को बजारमा लैजान्छौं।’ चार वर्षअघि साउदीबाट फर्किएर व्यावसायिक तरकारीमा जमेका पौडेलले तीन वर्ष विदेशमा कमाएको भन्दा तरकारीबाट एक वर्षमै तीन गुना बढी आम्दानी गरेको बताए। व्यावसायिक तरकारीबाटै उनले चार वर्षमा तीस लाख आम्दानी गरेको बताए। केही वर्षअघि रेमिट्यान्सबाट धानिएको यो गाउँमा अहिले विदेश गएका युवा भेटिन मुस्किल छ। ‘दस  वर्षअघि एकजना विदेश नगएको कुनै घर थिएन,’ स्थानीय नवराज आचार्यले भने, ‘अहिले विदेश गएको घर भेट्न मुस्किल छ।’
म्याग्दी सदरमुकाममा खुद्रा व्यवसाय गर्दै आएका आचार्य ६ वर्षअघि गाउँमै फर्किएर तरकारीमा लागेका हुन्। यहाँका सबै किसानहरूलाई अरू सबै पेसाव्यवसाय भन्दा तरकारीबाटै राम्रो आम्दानी भएको छ। पूर्वी मोहडामा फैलिएको बलौटे दोमट यहाँको माटो तरकारी उत्पादनमा पश्चिमाञ्चलमै उत्कृष्ट भएको कृषि कार्यालयले जनाएको छ। ‘म धेरै जिल्ला घुमे, धाइरिङ जस्तो तरकारी उत्पादन हुने माटो कतै छैन,’ वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले भने, ‘त्यहाँको माटो अनुसारको खेती बेमौसमी तरकारी मात्रै हो।’ कार्यालयले पछिल्लो समय धाइरिङका किसानहरूका लागि प्राविधिक तथा आर्थिक सहयोग गर्दै आइरहेको उनले जनाए। युवा किसानहरूलाई लक्षित गरी कार्यालयले गत वर्षदेखि कृषि बिमा र युवा स्वरोजगार कार्यक्रम मार्फत सहयोग गर्दै आइरहेको छ।

साभारःइकान्तिपुर डटकम
ताजा ब्लग
धान निर्यात गर्ने नेपाल कसरी बन्यो आयातकर्ता
हरिबहादुर थापा, काठमाडौं
कहलिएका बुद्धिजीवी डा. हर्कबहादुर गुरुङ विपरित धारमा एक त्यस्ता पात्र देखापरे, जो २०४५ चैत १० को भारतीय नाकाबन्दीसँगै ‘खुसी’ भए । सँगै नेपालविरुद्ध नाकाबन्दी गरेकामा उनी भारतलाई ‘धन्यवाद’ समेत दिन चुकेनन् । उनको त्यो विपरित धारको अभिव्यक्तिलाई धेरैले आश्चर्यजनक रुपमा लिए । तर उनको अभिव्यक्तिमा अन्तर्निहित ‘राष्ट्रियता’प्रतिको गहिरो भावनाका कारण कसैबाट आलोचना आएन ।
डिजिटल कृषि मानचित्र र अनुदान
हिमा (स्वस्ती) पौडेल
कृषि क्षेत्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने चर्चा चल्ने गरेको भएपनि यथार्थमा ती कुराहरु हुन सकिरहेका छैनन् । नेपाली कृषि क्षेत्र परम्परागतबाट माथि उठ्नै सकेको छैन भन्दा फरक नपर्ला । हुन त पछिल्लो समयमा कृषि क्षेत्रमा लाग्नेहरु पनि विगतको भन्दा फरक किसिमले आईसकेका छन् ।
New partnership to promote sustainable mechanization of agriculture
fao.org/news
FAO and the European Agricultural Machinery Industry Association CEMA , an international non-profit organisation, today forged a new partnership that aims to promote wider use of sustainable agricultural mechanization in developing countries.
कृषि विकासका लागि नयाँ बहसको खाँचो
कृष्णप्रसाद पौडेल
बाहिरबाट हेर्दा सहरी क्षेत्र, घरका संरचना र पूर्वाधारमा व्यापक क्षति देखिए पनि भुइँचालोले गाउँका गरिब किसान र खेतीपातीमा व्यापक असर पारेको छ। कृषिका पूर्वाधारमा व्यापक क्षति भएको छ। खाने अन्नमात्र हैन, लगाउने बिउ सबै घरसँगै पुरिएको छ। गोठ भत्किएर गाई वस्तु मरेका छन्, घाइते भएका छन्। भूकम्पपछि कतै मूल फुटेको छ, कतै सुकेको छ।
किसान महिलाको श्रमको सम्मान
कुमार थापा
‘घाँस काट मै, खाना पकाउ मै, सासु ससुरा र बालबच्चाको स्याहार गर मै, खेती लगाउ मै, खेती भित्र्याउ मै, पिस/कुट मै, यसरी नै चल्छ मेरो जिन्दगी'– यो भनाइ हो रौतहटकी किसान महिला जीतनीदेवी रामको।
९० प्रतिशत महिला खेतीपातीको काम गर्छन् तर त्यतिले मात्र महिलाको काम पूरा हुँदैन। बिहानीको मिरमिरेदेखि जुनेली रातसम्म घरधन्दा, खानाको जोहोदेखि सबै काममा महिलाकै योगदान छ तर कामको मूल्यांकन भने पैसा र आम्दानीसँग जोडिन्छ। खेतीपाती र घरायसी काममा खट्ने महिलाको श्रमलाई प्रतिष्ठासँग कहिल्यै जोडिएन।
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft