हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ९८०२७४५२९३,९८०३२१५१८८
ईमेल : info@nepalkrishi.com
किसान सम्बन्धित दैनिक समाचार​​
तरकारी बेच्न ४ घण्टा पैदल
कार्तिक १०, २०७२- भक्तपुरको अनन्तलिंगेश्वर नगरपालिका–१३ गुन्डु, रानीकोटगढीकी ४९ वर्षीया सानुमाया तामाङ दिनहुँ बिहान ७ बजे एक भारी साग, इस्कुस, काँक्रा, फर्सीको मुन्टालगायत हरियो तरकारी बोकेर सूर्यविनायक चोकको तरकारी बजार आइपुग्छिन्। बिहान चारै बजे तरकारीको भारी बोकेर बाटो लागेकी सानुमाया ४ घण्टा पैदल हिंडेपछि मात्र सूर्यविनायक आइपुग्छिन्। नयाँ नगरपालिका घोषणा भएको वर्षदिन बित्न लाग्दासमेत अझै उनको गाउँमा सार्वजनिक सवारी पुग्न सकेको छैन। दूध ढुवानी गर्ने गाडीमा ओहोरदोहोर गर्दै आएका यस भेगका स्थानीय बासिन्दा भारतीय नाकाबन्दीका कारण दूधको गाडीसमेत चल्न नसक्दा अझै मारमा परेका छन्। सानुमाया जस्तै भक्तपुर र काभ्रेको सिमानामा पर्ने रानीकोटगढी, काभ्रेको र्‍याले, बेवर, बाबियो डाँडा, कुशादेवीलगायत गाविसका कृषकहरू ४/५ घण्टा पैदल हिंडेर आफूले उब्जाएका तरकारी बेच्न सूर्यविनायक आइपुग्छन्। ‘तरकारी त उब्जायो नि व्यापार गर्ने ठाउँ छैन,’ काभ्रे बेवरका पेम्बा लामाले भने, ‘दिन माया मारेर तरकारी बेच्न जानुपर्छ, गाडीको सुविधा छैन।’ नगरपालिका घोषणा मात्र गर्‍यो, हामीले के पायौं?’,

उनले प्रश्न गरे, ‘आम्दानीको अर्को विकल्प छैन, तरकारी उब्जाएर गुजारा चलाएका छौं, व्यापारको पहुँच छैन।’ नयाँ नगरका बासिन्दालाई सार्वजनिक बस चढ्न ३ घण्टा पैदल हिंड्नुपर्ने बाध्यता छ। र्‍यालेकी सुन्तली च्याङबोले भनिन्,‘नजिक स्वास्थ्य चौकी छैन, जंगलको बाटो हुँदै पलाँसे पुग्नुपर्छ।’ ‘हाम्रो गाउँमा न स्वास्थ्य चौकी न कुनै मेडिकल नै छ, तत्कालै अस्पताल जानुपरे स्टेचरमा राखेर कुदाउनुपर्छ,’ उनले गुनासो गरिन्। तरकारी बजार, स्वास्थ्य चौकी, सामुदायिक विद्यालय, संस्थागत विद्यालय, अस्पताल जहाँ जानुपरे पनि दुईदेखि पाँच घण्टा हिंड्नै पर्ने बाध्यता भएको स्थानीय बासिन्दाको गुनासो छ। नगरपालिका घोषणा गरे पनि यस भेगका बासिन्दालाई ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भएको नागरिक वडा मञ्चका अध्यक्ष अजय तामाङले बताए। यस भेगका कृषकहरूमा व्यापारको थोरै चेतना बढे पनि यातायातको सुविधा पुग्न नसक्दा थप चुनौती थपिएको छ। हरियो तरकारी काउली, बन्दा, सिमी, फर्सी, फर्सीको मुन्टा, रातो–तोरीको साग, भिन्डी, गोलभेडालगायत तरकारी बोकेर कृषकहरू बिहानै जंगलको बाटो लाग्छन्। भक्तपुरको सूर्यविनायकबाट करिब ६ देखि १० किलोमिटरको दूरीमा पर्ने यस भेगका कृषकहरू पैदल नै व्यवसाय धानिरहेका छन्। कुनै मापदण्ड नै तयार नगरी नगरपालिका घोषणा गरेको उनीहरूको गुनासो छ। ‘नगर घोषणा भएपछि नगरपालिकाले कम्तीमा पनि हामीले उब्जाएको तरकारी बजारसम्म पुर्‍याइदिने व्यवस्था गर्नुपर्थ्यो,’ रानीकोट गढीकी रमा सापकोटाले प्रश्न गरिन्, ‘हामी तरकारी खेतीलाई व्यवस्थापन गर्न चाहन्छौं, हाम्रो बजार खोई?’ ‘कृषकलाई बजारसम्म पुर्‍याउने माहौल चाहियो,’ उनले भनिन्।
साभारःइकान्तिपुर डटकम
ताजा ब्लग
धान निर्यात गर्ने नेपाल कसरी बन्यो आयातकर्ता
हरिबहादुर थापा, काठमाडौं
कहलिएका बुद्धिजीवी डा. हर्कबहादुर गुरुङ विपरित धारमा एक त्यस्ता पात्र देखापरे, जो २०४५ चैत १० को भारतीय नाकाबन्दीसँगै ‘खुसी’ भए । सँगै नेपालविरुद्ध नाकाबन्दी गरेकामा उनी भारतलाई ‘धन्यवाद’ समेत दिन चुकेनन् । उनको त्यो विपरित धारको अभिव्यक्तिलाई धेरैले आश्चर्यजनक रुपमा लिए । तर उनको अभिव्यक्तिमा अन्तर्निहित ‘राष्ट्रियता’प्रतिको गहिरो भावनाका कारण कसैबाट आलोचना आएन ।
डिजिटल कृषि मानचित्र र अनुदान
हिमा (स्वस्ती) पौडेल
कृषि क्षेत्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने चर्चा चल्ने गरेको भएपनि यथार्थमा ती कुराहरु हुन सकिरहेका छैनन् । नेपाली कृषि क्षेत्र परम्परागतबाट माथि उठ्नै सकेको छैन भन्दा फरक नपर्ला । हुन त पछिल्लो समयमा कृषि क्षेत्रमा लाग्नेहरु पनि विगतको भन्दा फरक किसिमले आईसकेका छन् ।
New partnership to promote sustainable mechanization of agriculture
fao.org/news
FAO and the European Agricultural Machinery Industry Association CEMA , an international non-profit organisation, today forged a new partnership that aims to promote wider use of sustainable agricultural mechanization in developing countries.
कृषि विकासका लागि नयाँ बहसको खाँचो
कृष्णप्रसाद पौडेल
बाहिरबाट हेर्दा सहरी क्षेत्र, घरका संरचना र पूर्वाधारमा व्यापक क्षति देखिए पनि भुइँचालोले गाउँका गरिब किसान र खेतीपातीमा व्यापक असर पारेको छ। कृषिका पूर्वाधारमा व्यापक क्षति भएको छ। खाने अन्नमात्र हैन, लगाउने बिउ सबै घरसँगै पुरिएको छ। गोठ भत्किएर गाई वस्तु मरेका छन्, घाइते भएका छन्। भूकम्पपछि कतै मूल फुटेको छ, कतै सुकेको छ।
किसान महिलाको श्रमको सम्मान
कुमार थापा
‘घाँस काट मै, खाना पकाउ मै, सासु ससुरा र बालबच्चाको स्याहार गर मै, खेती लगाउ मै, खेती भित्र्याउ मै, पिस/कुट मै, यसरी नै चल्छ मेरो जिन्दगी'– यो भनाइ हो रौतहटकी किसान महिला जीतनीदेवी रामको।
९० प्रतिशत महिला खेतीपातीको काम गर्छन् तर त्यतिले मात्र महिलाको काम पूरा हुँदैन। बिहानीको मिरमिरेदेखि जुनेली रातसम्म घरधन्दा, खानाको जोहोदेखि सबै काममा महिलाकै योगदान छ तर कामको मूल्यांकन भने पैसा र आम्दानीसँग जोडिन्छ। खेतीपाती र घरायसी काममा खट्ने महिलाको श्रमलाई प्रतिष्ठासँग कहिल्यै जोडिएन।
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft