हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ९८०२७४५२९३,९८०३२१५१८८
ईमेल : info@nepalkrishi.com
किसान सम्बन्धित दैनिक समाचार​​
बन्दको मारमा किसान, सुख्खा बन्दरगाहमा थन्कियो मल
आश्विन १७, २०७२- वीरगन्जस्थित सिर्सिया सुख्खा बन्दरगाहमा ठूलो परिमाणमा युरिया र डीएपी मल थन्किएर रहेको छ। कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आयात गरेको ५ लाख ५७ हजार ९ सय ४० बोरा मल यहाँ थन्किएको हो।
कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालय वीरगन्जका प्रमुख राजेन्द्रबहादुर कार्कीका अनुसार हाल सिर्सिया सुख्खा बन्दरगाहमा मात्र ७ रेल्वे र्‍याकमा आयात गरिएको युरिया मल थन्किएको छ। ‘कम्पनीको मात्र ३ लाख ५७ हजार ९ सय ४० बोरा युरिया र १ लाख ५० हजार बोरा डीएपी मल थन्किरहेको छ,’ कार्कीले भने, ‘बन्दरगाहमा हाल लोड/अनलोड समस्या भएकाले एक रेल्वे र्‍याक युरिया मल सीमावर्ती भारतीय सहर रक्सौलस्थित रेल्वे स्टेसनमै रोकिएको छ।’ उनका अनुसार बाटोमा भारतको मुजफ्फरपुरमा समेत एक र्‍याक युरिया मल रोकिएको छ।
यसबाहेक साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आयात गरेको ५० हजार बोरा युरिया मलसमेत बन्दरगाहमा रहेको छ। सबै मल ग्लोबल टेन्डर मार्फत चीन र भारतबाट आयात गरिएका हुन्। ‘हामीले चाहेर पनि मल किसानको पहुँचमा पुर्‍याउन सकेका छैनौं,’ कार्कीले भने, ‘सुरक्षा स्कर्टिङमा हालसम्म जम्मा १ हजार मेट्रिक टन युरिया मल पठाउन सकिएको छ।’
डेढ सातायता बन्दरगाहका मजदुरले असुरक्षाका कारण देखाउँदै काम नगरेपछि समस्या झनै थपिएको छ। मजदुरले काम नगर्दा कोलकाताबाट युरिया मल बोकेर आउने गरेका रेल्वे र्‍याकको मल अनलोड गर्न समस्या भइरहेको छ। यसले गर्दा मल आयातको ठेक्का लिएको कम्पनीले भारतीय रेल्वे कम्पनीलाई चर्को जरिवाना तिर्नुपर्छ।
सामान्यतया यसरी मालसामान लिएर आएको रेल्वे र्‍याकको सामान ९ घन्टाभित्र अनलोड गरी र्‍याक खाली नगरे आयातकर्ताले प्रतिघन्टा भारु ६ हजार ३ सय रुपैयाँको दरले जरिवाना तिर्नुपर्छ।
तराईमा बन्द हडताल लम्बिएपछि केही मल स्कर्टिङ गरी पहाडी जिल्लामा मात्र पठाइएको गुनासो आएपछि कोलकाताबाट सोझै ट्रकमा आयात गरी २ हजार ८ बोरा युरिया मल पर्सा र बाराका किसानलाई वितरण गरिएको कार्कीले जानकारी दिए।
साभारःइकान्तिपुरडटकम
ताजा ब्लग
धान निर्यात गर्ने नेपाल कसरी बन्यो आयातकर्ता
हरिबहादुर थापा, काठमाडौं
कहलिएका बुद्धिजीवी डा. हर्कबहादुर गुरुङ विपरित धारमा एक त्यस्ता पात्र देखापरे, जो २०४५ चैत १० को भारतीय नाकाबन्दीसँगै ‘खुसी’ भए । सँगै नेपालविरुद्ध नाकाबन्दी गरेकामा उनी भारतलाई ‘धन्यवाद’ समेत दिन चुकेनन् । उनको त्यो विपरित धारको अभिव्यक्तिलाई धेरैले आश्चर्यजनक रुपमा लिए । तर उनको अभिव्यक्तिमा अन्तर्निहित ‘राष्ट्रियता’प्रतिको गहिरो भावनाका कारण कसैबाट आलोचना आएन ।
डिजिटल कृषि मानचित्र र अनुदान
हिमा (स्वस्ती) पौडेल
कृषि क्षेत्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने चर्चा चल्ने गरेको भएपनि यथार्थमा ती कुराहरु हुन सकिरहेका छैनन् । नेपाली कृषि क्षेत्र परम्परागतबाट माथि उठ्नै सकेको छैन भन्दा फरक नपर्ला । हुन त पछिल्लो समयमा कृषि क्षेत्रमा लाग्नेहरु पनि विगतको भन्दा फरक किसिमले आईसकेका छन् ।
New partnership to promote sustainable mechanization of agriculture
fao.org/news
FAO and the European Agricultural Machinery Industry Association CEMA , an international non-profit organisation, today forged a new partnership that aims to promote wider use of sustainable agricultural mechanization in developing countries.
कृषि विकासका लागि नयाँ बहसको खाँचो
कृष्णप्रसाद पौडेल
बाहिरबाट हेर्दा सहरी क्षेत्र, घरका संरचना र पूर्वाधारमा व्यापक क्षति देखिए पनि भुइँचालोले गाउँका गरिब किसान र खेतीपातीमा व्यापक असर पारेको छ। कृषिका पूर्वाधारमा व्यापक क्षति भएको छ। खाने अन्नमात्र हैन, लगाउने बिउ सबै घरसँगै पुरिएको छ। गोठ भत्किएर गाई वस्तु मरेका छन्, घाइते भएका छन्। भूकम्पपछि कतै मूल फुटेको छ, कतै सुकेको छ।
किसान महिलाको श्रमको सम्मान
कुमार थापा
‘घाँस काट मै, खाना पकाउ मै, सासु ससुरा र बालबच्चाको स्याहार गर मै, खेती लगाउ मै, खेती भित्र्याउ मै, पिस/कुट मै, यसरी नै चल्छ मेरो जिन्दगी'– यो भनाइ हो रौतहटकी किसान महिला जीतनीदेवी रामको।
९० प्रतिशत महिला खेतीपातीको काम गर्छन् तर त्यतिले मात्र महिलाको काम पूरा हुँदैन। बिहानीको मिरमिरेदेखि जुनेली रातसम्म घरधन्दा, खानाको जोहोदेखि सबै काममा महिलाकै योगदान छ तर कामको मूल्यांकन भने पैसा र आम्दानीसँग जोडिन्छ। खेतीपाती र घरायसी काममा खट्ने महिलाको श्रमलाई प्रतिष्ठासँग कहिल्यै जोडिएन।
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft