हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ९८०२७४५२९३,९८०३२१५१८८
ईमेल : info@nepalkrishi.com
किसान सम्बन्धित दैनिक समाचार​​
पातेबेरुवा रोग नियन्त्रण भएन
आश्विन ८, गत साउन महिना देखि बर्दियाको धानबालीमा फैलिएको पातेबेरुवा रोग अहिलेसम्म नियन्त्रणमा आउन नसक्दा किसान चिन्तित छन्।
जिल्लाको गुलरिया, बासगढी, सानोश्री र ताराताल नगरपालिका सहित अधिकांश गाविसमा लगाइएको धानबालीमा रोग फैलिएको हो। बासगढी नगरपालिकाको डेउढाकलामा रोगको प्रभाव बढी देखिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। धान पाक्ने बेला रोग फैलिएपछि स्थानीय किसानहरू चिन्तित भएका हुन्।
बर्दियाको ५० हजार हेक्टर क्षेत्रमा धान खेती हुने गर्छ। कृषि विकास कार्यालयका अनुसार हाल सम्म पातेबेरुवा रोगबाट ५ हजार बढी हेक्टरमा धानबाली प्रभावित भएको छ। कृषकहरू विगतमा फौजी कीराको प्रकोप फैलिँदा कृषि प्राविधिकले यस्तै सन्देश दिँदा धानबाली सखाप भएको बताउँछन्। बन्दका कारण रोग नियन्त्रण गर्नका लागि छर्किने औषधिसमेत नपाएको उनीहरूको गुनासो छ।
वरिष्ठ कृषि विकास अधिकृत हिक्मतकुमार श्रेष्ठलेले समयमै औषधि छर्केर वा खयर तथा बयरको हॉगाले धानबालीमा लतारेर सफा गरे रोग नियन्त्रणमा आउने बताए। छोट्की डेउढाका किसान सत्यनारायण थारूले धानमा कीरा पसेपछि सेतो दाग देखिन लागेको बताए। उनले धानबालीमा लागेको बेरुवा रोगका कीरा नियन्त्रणमा नआएको गुनासो पोखे।
धानबालीमा लागेको बेरुवा रोग मोहम्मदपुर, मगरागाडी, कालिका लगायत गाविसमा अत्यधिक रूपमा फैलिँदै गएको स्थानीय किसान बताउ‘छन्। बेरुवा रोगले पातमा कीरा पसी हरियो भाग खाइदिने र सेतो भई बोटको वृद्धि रोक्छ। किसानले कृषि प्राविधिक टोली ग्रामीण क्षेत्रमा नपुगेको गुनासो गरेका छन्। कृषि विकास कार्यालयले रोग नियन्त्रणका लागि किसानलाई औषधि वितरण गर्न लागेको जनाएको छ।

साभारः इकान्तिपुर डटकम
ताजा ब्लग
धान निर्यात गर्ने नेपाल कसरी बन्यो आयातकर्ता
हरिबहादुर थापा, काठमाडौं
कहलिएका बुद्धिजीवी डा. हर्कबहादुर गुरुङ विपरित धारमा एक त्यस्ता पात्र देखापरे, जो २०४५ चैत १० को भारतीय नाकाबन्दीसँगै ‘खुसी’ भए । सँगै नेपालविरुद्ध नाकाबन्दी गरेकामा उनी भारतलाई ‘धन्यवाद’ समेत दिन चुकेनन् । उनको त्यो विपरित धारको अभिव्यक्तिलाई धेरैले आश्चर्यजनक रुपमा लिए । तर उनको अभिव्यक्तिमा अन्तर्निहित ‘राष्ट्रियता’प्रतिको गहिरो भावनाका कारण कसैबाट आलोचना आएन ।
डिजिटल कृषि मानचित्र र अनुदान
हिमा (स्वस्ती) पौडेल
कृषि क्षेत्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने चर्चा चल्ने गरेको भएपनि यथार्थमा ती कुराहरु हुन सकिरहेका छैनन् । नेपाली कृषि क्षेत्र परम्परागतबाट माथि उठ्नै सकेको छैन भन्दा फरक नपर्ला । हुन त पछिल्लो समयमा कृषि क्षेत्रमा लाग्नेहरु पनि विगतको भन्दा फरक किसिमले आईसकेका छन् ।
New partnership to promote sustainable mechanization of agriculture
fao.org/news
FAO and the European Agricultural Machinery Industry Association CEMA , an international non-profit organisation, today forged a new partnership that aims to promote wider use of sustainable agricultural mechanization in developing countries.
कृषि विकासका लागि नयाँ बहसको खाँचो
कृष्णप्रसाद पौडेल
बाहिरबाट हेर्दा सहरी क्षेत्र, घरका संरचना र पूर्वाधारमा व्यापक क्षति देखिए पनि भुइँचालोले गाउँका गरिब किसान र खेतीपातीमा व्यापक असर पारेको छ। कृषिका पूर्वाधारमा व्यापक क्षति भएको छ। खाने अन्नमात्र हैन, लगाउने बिउ सबै घरसँगै पुरिएको छ। गोठ भत्किएर गाई वस्तु मरेका छन्, घाइते भएका छन्। भूकम्पपछि कतै मूल फुटेको छ, कतै सुकेको छ।
किसान महिलाको श्रमको सम्मान
कुमार थापा
‘घाँस काट मै, खाना पकाउ मै, सासु ससुरा र बालबच्चाको स्याहार गर मै, खेती लगाउ मै, खेती भित्र्याउ मै, पिस/कुट मै, यसरी नै चल्छ मेरो जिन्दगी'– यो भनाइ हो रौतहटकी किसान महिला जीतनीदेवी रामको।
९० प्रतिशत महिला खेतीपातीको काम गर्छन् तर त्यतिले मात्र महिलाको काम पूरा हुँदैन। बिहानीको मिरमिरेदेखि जुनेली रातसम्म घरधन्दा, खानाको जोहोदेखि सबै काममा महिलाकै योगदान छ तर कामको मूल्यांकन भने पैसा र आम्दानीसँग जोडिन्छ। खेतीपाती र घरायसी काममा खट्ने महिलाको श्रमलाई प्रतिष्ठासँग कहिल्यै जोडिएन।
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft