हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ९८०२७४५२९३,९८०३२१५१८८
ईमेल : info@nepalkrishi.com
किसान सम्बन्धित दैनिक समाचार​​
आगामी आर्थिक वर्षदेखि लागू हुने
काठमाडौ, श्रावण २० - दातृ निकायहरूले २० वर्षका लागि बनाइदिएको कृषि विकास रणनीति (एडीएस) मन्त्रिपरिषद्ले पारित गरेको छ।
दुई वर्षदेखि कृषि विकास मन्त्रालयमा थन्किएको रणनीति हालै पारित भएको कृषि सचिव उत्तम भट्टराईले बताए। ‘एडीएस पारित भएको छ, आगामी आर्थिक वर्षदेखि लागू हुने भएकाले तयारी गर्नुहोला,’ मंगबालर र्कीतिपुरमा भेला भएका मध्यक्षेत्रका कृषि तथा पशु कार्यालयका प्रमुखहरूको भेलामा सचिव भट्टराईले भने। उनले हालैको मन्त्रिपरिषद्बाट मस्यौदा पारित भएको बताउँदै केही विषयमा फेरबदल भएको जानकारी प्राविधिकहरूलाई गराएका थिए। ‘हात परिसकेको छैन, केही दिनमा पारित भएको दस्तावेज आइपुग्छ होला,’ सचिव भट्टराईले भने। दसवर्षे कार्ययोजनासहित २० वर्षको कृषि रणनीति भएको यो दस्तावेज चालू वर्षदेखि लागू हुनुपर्ने थियो। तर यस वर्ष सरकारले यसलाई लागू नगर्ने भएको छ। ‘रणनीति आगामी आर्थिक वर्षदेखि मात्रै लागू हुने भएको छ, यो वर्ष रणनीतिअनुसार आगामी वर्षका लागि कार्यक्रम बनाउनेछौं,’ सचिवले भेलामा भने। करिब १९ करोड खर्चेर बनाइएको रणनीतिको मस्यौदा २०७० असारमा कृषि विकास मन्त्रालयमा बुझाइएको थियो। ९ जना विदेशीसहित ३३ जना परामर्शदाताले २०६७ फागुनदेखि थालेको एडीएस मस्यौदा २७ महिनामा तयार पारेपछि दाताहरूले तत्कालीन कृषि विकासमन्त्री टेकबहादुर थापालाई बुझाएका थिए। मन्त्रालयमा दस्तावेज पुगेपछि सरोकारवालहरूले यसमा भएका केही विषय संशोधन गर्नुपर्ने माग राखेपछि पुन: सुझावका लागि यो सार्वजनिक गरिएको थियो। आगामी २०९३ सालसम्मको कृषिलाई मार्गदर्शन गर्ने यो दस्तावेजले कृषिको वार्षिक वृद्धिदरलाई ५ प्रतिशत पुर्‍याउने भनेको छ। हाल कृषिको वार्षिक दर ३ प्रतिशत हाराहारी छ। एडीएसले हाल १८ प्रतिशत मात्रै सिँचाइ पहुँच भएको कृषियोग्य जमिनलाई ८० प्रतिशतसम्म पुर्‍याउने, १६ सय डलर प्रतिहेक्टर जमिनको उत्पादकत्वलाई ५ हजार पुर्‍याउने, श्रमको उत्पादकत्व प्रतिव्यक्ति ८ सय डलरबाट २ हजार पुर्‍याउने, कृषि वस्तुको निर्यात २ सय ५० मिलियन डलरबाट १६ सय मिलियन डलर पुर्‍याउने लगायत लक्ष्य प्रस्ताव गरेको छ। खाद्य सुरक्षा र व्यावसायिक कृषिलाई जोड दिएको एडीएसले किसानको अधिकार, किसान आयोग, सहुलियत कार्ड आदिलाई पनि समेटेको छ। एडीएसअघि नेपालको कृषि दीर्घकालीन कृषि योजना (एपीपी) मा आधारित थियो। २० वर्षका लागि तयार पारिएको एपीपी २०५२ सालदेखि लागू भएको थियो।
साभारः इकान्तिपुर डटकम
ताजा ब्लग
धान निर्यात गर्ने नेपाल कसरी बन्यो आयातकर्ता
हरिबहादुर थापा, काठमाडौं
कहलिएका बुद्धिजीवी डा. हर्कबहादुर गुरुङ विपरित धारमा एक त्यस्ता पात्र देखापरे, जो २०४५ चैत १० को भारतीय नाकाबन्दीसँगै ‘खुसी’ भए । सँगै नेपालविरुद्ध नाकाबन्दी गरेकामा उनी भारतलाई ‘धन्यवाद’ समेत दिन चुकेनन् । उनको त्यो विपरित धारको अभिव्यक्तिलाई धेरैले आश्चर्यजनक रुपमा लिए । तर उनको अभिव्यक्तिमा अन्तर्निहित ‘राष्ट्रियता’प्रतिको गहिरो भावनाका कारण कसैबाट आलोचना आएन ।
डिजिटल कृषि मानचित्र र अनुदान
हिमा (स्वस्ती) पौडेल
कृषि क्षेत्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने चर्चा चल्ने गरेको भएपनि यथार्थमा ती कुराहरु हुन सकिरहेका छैनन् । नेपाली कृषि क्षेत्र परम्परागतबाट माथि उठ्नै सकेको छैन भन्दा फरक नपर्ला । हुन त पछिल्लो समयमा कृषि क्षेत्रमा लाग्नेहरु पनि विगतको भन्दा फरक किसिमले आईसकेका छन् ।
New partnership to promote sustainable mechanization of agriculture
fao.org/news
FAO and the European Agricultural Machinery Industry Association CEMA , an international non-profit organisation, today forged a new partnership that aims to promote wider use of sustainable agricultural mechanization in developing countries.
कृषि विकासका लागि नयाँ बहसको खाँचो
कृष्णप्रसाद पौडेल
बाहिरबाट हेर्दा सहरी क्षेत्र, घरका संरचना र पूर्वाधारमा व्यापक क्षति देखिए पनि भुइँचालोले गाउँका गरिब किसान र खेतीपातीमा व्यापक असर पारेको छ। कृषिका पूर्वाधारमा व्यापक क्षति भएको छ। खाने अन्नमात्र हैन, लगाउने बिउ सबै घरसँगै पुरिएको छ। गोठ भत्किएर गाई वस्तु मरेका छन्, घाइते भएका छन्। भूकम्पपछि कतै मूल फुटेको छ, कतै सुकेको छ।
किसान महिलाको श्रमको सम्मान
कुमार थापा
‘घाँस काट मै, खाना पकाउ मै, सासु ससुरा र बालबच्चाको स्याहार गर मै, खेती लगाउ मै, खेती भित्र्याउ मै, पिस/कुट मै, यसरी नै चल्छ मेरो जिन्दगी'– यो भनाइ हो रौतहटकी किसान महिला जीतनीदेवी रामको।
९० प्रतिशत महिला खेतीपातीको काम गर्छन् तर त्यतिले मात्र महिलाको काम पूरा हुँदैन। बिहानीको मिरमिरेदेखि जुनेली रातसम्म घरधन्दा, खानाको जोहोदेखि सबै काममा महिलाकै योगदान छ तर कामको मूल्यांकन भने पैसा र आम्दानीसँग जोडिन्छ। खेतीपाती र घरायसी काममा खट्ने महिलाको श्रमलाई प्रतिष्ठासँग कहिल्यै जोडिएन।
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft