हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ९८०२७४५२९३,९८०३२१५१८८
ईमेल : info@nepalkrishi.com
किसान सम्बन्धित दैनिक समाचार​​
कृषिमा बजेट
तराई मधेशका १२ जिल्लाहरुमा धान उत्पादनको पकेट क्षेत्र विकास गरिनेछ । तराई मधेशको सबै कृषियोग्य भूमिमा पाँच वर्षभित्र सिंचाई सुविधा उपलब्ध गराउने गरि ठूला सिंचाई आयोजनाहरु पूर्ण क्षमतामा सञ्चालन गर्नुका साथै निर्माणाधीन अन्य सिंचाई आयोजनालाई निर्धारित समयमा सम्पन्न गरिनेछ । आगामी वर्ष तराई–मधेशमा ४८ वटा डिप ट्युवबेलहरु जडान गर्ने कार्य सम्पन्न हुनेछ । निर्माणाधीन सिक्टा, रानीजमरा कुलरिया र बबई सिंचाई आयोजनाहरुको निर्माणको लागि रु. ३ अर्ब ७६ करोड विनियोग गरेको छ । यसै गरी आवश्यक मर्मत सम्भावको अभावमा पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका वृहत् सिंचाई आयोजनाहरुको पुनस्र्थापनाका लागि रु. ५२ करोड छुट्याएको छु ।

आगामी पाँच वर्षभित्र देशका सबै कृषियोग्य भूमिमा सिंचाई सुविधा पुर्‍याउने गरि सिंचाईका कार्यक्रमहरु सञ्चालन गरिनेछ । निर्माणाधीन सिंचाई आयोजनाहरुलाई निर्धारित समयमै सम्पन्न गर्न आवश्यक बजेट छुट्याएको छु । निर्माणाधीन सतह र भूमिगत आयोजनाहरुको निर्माण एवं भइरहेका सिंचाई प्रणालीहरुको मर्मत सम्भार तथा क्षमता विस्तार गरि आगामी आर्थिक वर्षमा थप २८ हजार ३ सय हेक्टर कृषियोग्य जमिनमा सिंचाई सुविधा पुग्नेछ । सबै जिल्लाहरुमा कृषि उत्पादन वृद्धिका लागि मझौला सिंचाई सुविधा विस्तार गरिनेछ । मझौला सिंचाईका लागि रु. ३ अर्ब ४ करोड विनियोजन गरेको छु ।
 
सतह र भूमिगत सिंचाईको सम्भावना नभएका टार क्षेत्रमा नयाँ प्रविधिमा आधारित सिंचाई प्रणालीको विकासलाई निरन्तरता दिइनेछ । लिफ्ट सिंचाईका सम्भाव्य स्थानहरुमा नवीकरणीय ऊर्जा उपयोग गरि कम्तिमा ५० हेक्टर जमिनमा सिंचाई गर्ने किसानलाई नवीकरणीय उर्जा र कृषि ऋणको ब्याजमा ५० प्रतिशत अनुदान दिने व्यवस्था मिलाएको छु ।

व्यवसायिक कृषि उपज, खासगरि तरकारी खेतीको पकेट क्षेत्रमा ७ हजार १ सय स्यालो ट्युवबेल जडान गरिनेछ । ठूला तथा मझौला सिंचाई प्रणालीहरुको सञ्चालन र मर्मत सम्भारलाई दिगो र भरपर्दो बनाउन उपभोक्ताको क्षमता अभिवृद्धि गरि उनीहरुकै स्वामित्वमा सञ्चालन र मर्मत गर्ने उपयुक्त संरचना खडा गरिनेछ ।

सुनकोशी, कालीगण्डकी र ठूलीगाड कैलालीजस्ता इन्टरवेसिन वाटर ट्रान्सफर आयोजनाहरुका साथै कन्काई र राप्ती बाँध जलाशययुक्त योजनाहरुको अध्ययन शुरु गरिनेछ ।

कृषि प्रचार सेवालाई पचहत्तरै जिल्लामा प्रभावकारी ढंगले सञ्चालन गरिनेछ । प्रत्येक गाउँ विकास समितिमा एक जना कृषि वा पशु प्राविधिकको व्यवस्था गर्न बेट विनियोजन गरेको छु । कृषि सूचना प्रसारका लागि मोबाइल फोनको उपयोग गर्न प्रोत्साहन गरिनेछ । मौलिक कृषिजन्य पदार्थको जगेर्नाका साथै खाद्य सुरक्षाका लागि उत्पादन वृद्धि गर्ने गरि कृषि अनुसन्धान गरिनेछ । कृषि अनुसन्धानका लागि रु. २ अर्ब ८ करोड बजेट विनियोजन गरेको छु ।

कृषि सामग्री कृषकको खेतसम्म र उत्पादित वस्तु बजारसम्म पुर्‍याउन कृषि तथा ग्रामीण सडक सञ्जालको विस्तार गरिनेछ । ग्रामीण र कृषि सडक तथा पुल निर्माणका लागि रु. १५ अर्ब २५ करोड विनियोजन गरेको छु । कृषि उत्पादनका लागि विद्युतीकरणको ठूलो भूमिका रहने हुँदा तीन वर्षभित्र सबै गाउँ विकास समितिहरुमा ग्रामीण विद्युतीकरणको सञ्जाल विस्तार गरिनेछ । यसका लागि रु. २ अर्ब विनियोजन गरेको छु ।

धान, गहुँ, मकै, कोदोजस्ता मुख्य खाद्यान्न बालीको उत्पादन वृद्धिका लागि पकेट क्षेत्र घोषणा गरि उत्पादनका साधनहरुमा पहुँच, भण्डारण र बजारीकरणको व्यवस्था गरिनेछ । उच्च मूल प्राप्त गर्न सकिने र नेपालको तुलनात्मक लाभ भएका कृषि उपजहरुको उत्पादन र प्रांगारिक खेती प्रणालीलाई प्रोत्साहन दिइनेछ । यस्ता वस्तुहरुको प्रमाणीकरण, ब्रान्डिङ र विश्व व्यापार संगठनमा दर्ता गरि निर्यात वृद्धि गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ । कुनै गाउँ विकास समितिले प्रांगरिक कृषि उपज मात्र उत्पादन गरेमा त्यस्ता गाविसलाई दिइने अनुदानमा ५० प्रतिशत थप गर्ने व्यवस्था मिलाएको छु ।

मत्स्यपालन कार्यलाई व्यावसायिक बनाइनेछ । आगामी वर्षमा थप ६ हजार मेट्रिक टन माछा उत्पादन गरिनेछ । भुरा माछा उत्पादन र थप १ हजार हेक्टर जमिनमा पोखरी निर्माण गर्न रु. ३७ करोड विनियोजन गरेको छु । आगामी आर्थिक वर्षमा रासायनिक तथा प्रांगारिक मल र उन्नत बीउमा अनुदान उपलब्ध गराउन रु. ६ अर्ब १० करोड विनियोजन गरेको छु ।

निजी वा सहकारी क्षेत्रले बैकिङ क्षेत्रबाट ऋण लिई कृषि विकास मन्त्रालयले निर्दिष्ट गरेको मापदण्डबमोजिम शीतघर र खाद्यान्न भण्डारण स्थापना गरि सञ्चालन गर्न चोहमा पहिलो ५ वर्षसम्म शतप्रतिशत ब्याज अनुदान दिइनेछ । यस्ता शीतघर र खाद्यान्न भण्डारणका लागि आवश्यक प्राविधिक सहायता सरकारले उपलब्ध गराउनुका साथै विद्युतको डिमान्ड शुल्कमा शतप्रतिशत छुट दिइनेछ । कृषि तथा पशु विमा प्रिमियममा अनुदान दिने नीति कायमै राख्दै यस्तो विमा प्रिमियममा लाग्दै आएका मूल्य अभिवृद्धि कर छुट दिएको छु ।

सम्भाव्यताका आधारमा कृषिमा आधारित उद्योग स्थापना गर्न प्रोत्साहित गरिनेछ । धूलो दूध उत्पादन गर्न सार्वजनिक तथा निजी डेरी उद्योगहरुलाई प्रोत्साहन गरिनेछ । आगामी आर्थिक वर्षमा स्वीकृत मापदण्ड अनुरुप ५० भन्दा बढी गाई, भैंसी पाल्ने पशुपालक कृषकलाई पौष्टिक घाँस उत्पादन गर्ने फोडर मेसिनको खरिद मूल्यमा ५० प्रतिशत अनुदान दिने व्यवस्था मिलाएको छु । कृषि यान्त्रीकरणलाई प्रोत्साहित गर्न खेत जोत्ने ट्याक्टर पावर टिलर, गहुँ काट्ने र चुट्ने मेसिन जस्ता यन्त्रहरुको आयातमा भन्सार तथा मूल्य अभिवृद्धि कर छुट दिने व्यवस्था गरेको छ ।

कृषि क्षेत्रको समग्र विकासका लागि कृषि विकासतर्फ रु. २६ अर्ब ६८ करोड, सिंचाईतर्फ रु. २० अर्ब २२ करोड, भूमिसुधारतर्फ रु. ४ अर्ब ७६ करोड विनियोजन गरेको छु । वन क्षेत्रका कार्यक्रमहरुलाई रु. १२ अर्ब २७ करोड छुट्याएको छु ।
ताजा ब्लग
धान निर्यात गर्ने नेपाल कसरी बन्यो आयातकर्ता
हरिबहादुर थापा, काठमाडौं
कहलिएका बुद्धिजीवी डा. हर्कबहादुर गुरुङ विपरित धारमा एक त्यस्ता पात्र देखापरे, जो २०४५ चैत १० को भारतीय नाकाबन्दीसँगै ‘खुसी’ भए । सँगै नेपालविरुद्ध नाकाबन्दी गरेकामा उनी भारतलाई ‘धन्यवाद’ समेत दिन चुकेनन् । उनको त्यो विपरित धारको अभिव्यक्तिलाई धेरैले आश्चर्यजनक रुपमा लिए । तर उनको अभिव्यक्तिमा अन्तर्निहित ‘राष्ट्रियता’प्रतिको गहिरो भावनाका कारण कसैबाट आलोचना आएन ।
डिजिटल कृषि मानचित्र र अनुदान
हिमा (स्वस्ती) पौडेल
कृषि क्षेत्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने चर्चा चल्ने गरेको भएपनि यथार्थमा ती कुराहरु हुन सकिरहेका छैनन् । नेपाली कृषि क्षेत्र परम्परागतबाट माथि उठ्नै सकेको छैन भन्दा फरक नपर्ला । हुन त पछिल्लो समयमा कृषि क्षेत्रमा लाग्नेहरु पनि विगतको भन्दा फरक किसिमले आईसकेका छन् ।
New partnership to promote sustainable mechanization of agriculture
fao.org/news
FAO and the European Agricultural Machinery Industry Association CEMA , an international non-profit organisation, today forged a new partnership that aims to promote wider use of sustainable agricultural mechanization in developing countries.
कृषि विकासका लागि नयाँ बहसको खाँचो
कृष्णप्रसाद पौडेल
बाहिरबाट हेर्दा सहरी क्षेत्र, घरका संरचना र पूर्वाधारमा व्यापक क्षति देखिए पनि भुइँचालोले गाउँका गरिब किसान र खेतीपातीमा व्यापक असर पारेको छ। कृषिका पूर्वाधारमा व्यापक क्षति भएको छ। खाने अन्नमात्र हैन, लगाउने बिउ सबै घरसँगै पुरिएको छ। गोठ भत्किएर गाई वस्तु मरेका छन्, घाइते भएका छन्। भूकम्पपछि कतै मूल फुटेको छ, कतै सुकेको छ।
किसान महिलाको श्रमको सम्मान
कुमार थापा
‘घाँस काट मै, खाना पकाउ मै, सासु ससुरा र बालबच्चाको स्याहार गर मै, खेती लगाउ मै, खेती भित्र्याउ मै, पिस/कुट मै, यसरी नै चल्छ मेरो जिन्दगी'– यो भनाइ हो रौतहटकी किसान महिला जीतनीदेवी रामको।
९० प्रतिशत महिला खेतीपातीको काम गर्छन् तर त्यतिले मात्र महिलाको काम पूरा हुँदैन। बिहानीको मिरमिरेदेखि जुनेली रातसम्म घरधन्दा, खानाको जोहोदेखि सबै काममा महिलाकै योगदान छ तर कामको मूल्यांकन भने पैसा र आम्दानीसँग जोडिन्छ। खेतीपाती र घरायसी काममा खट्ने महिलाको श्रमलाई प्रतिष्ठासँग कहिल्यै जोडिएन।
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft