हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ९८०२७४५२९३,९८०३२१५१८८
ईमेल : info@nepalkrishi.com
किसान सम्बन्धित दैनिक समाचार​​
प्रतिहेक्टर ३ मेट्रिक टन उत्पादन, भूक्षय बढ्दो
३-असार २०७२
काठमाडौं– गएको डेढ दशकदेखि नेपालमा कृषियोग्य भूमिको तीव्र क्षयीकरण हुँदै आएको पाइएको छ। केन्द्रीय तथ्यांक विभागमा उपलब्ध तथ्यांकअनुसार सन् १९६१ देखि २००१ को चार दशकसम्म लगातार कृषिभूमि बढेको भए पनि
गोरु जोतेको घन्टाको पाँच सय !
२-असार २०७२
काभ्रे,अघिल्लो वर्षसम्म काभ्रे मण्डन क्षेत्रका किसानले दिनभर गोरु जोतेको २ हजार ५ सय रुपैयाँसम्म तिर्थे । चर्को मूल्यमा बिउबिजनको पैसा तिरेर पनि उनीहरुले जेनतेन कृषि पेशालाई निरन्तरता दिएकै थिए ।
यो वर्ष डेढ लाख टन खाद्यान्न बचत
२-असार २०७२
काठमाडौं-चालु आर्थिक वर्षमा १ लाख ५५ हजार ५ सय ५८ टन खाद्यान्न बचत हुने देखिएको छ। प्रमुख खाद्य बालीको उत्पादन ३.१ प्रतिशतले घट्ने अनुमान गरिए पनि खाद्यान्न बचत हुने अवस्था देखिएको हो।
स्वादिला जातका धान लोप हुने अवस्थामा
१-असार २०७२
नेपालगन्ज : किसानले बढी उत्पादन लिन नयाँ धानको खेती गर्न थालेपछि पुराना र स्वादिला धान लोप हुने अवस्थामा पुगेका छन्। कालानमक, श्याम जिरा, वासमतीलगायतका पुराना धान करिब करिब लोप नै हुन अवस्थामा पुगेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुराका धान वैज्ञानिक रामदास चौधरी बताउँछन्।
८२ हजार मेट्रिक टन मल भित्रिदै
३२-जेठ २०७२
काठमाडौं : मानो रोपेर मुरी उब्जाउने किसानका लागि सहुलियतमा रसायनिक मल उपलब्ध गराउन सरकारी तथा नीजि क्षेत्रले आगामी साताभित्रमा साढे ८२ हजार मेट्रिक टन रासायनिक मल भित्र्याउन लागेका छन्।
कृषियन्त्र किन्न ३५ प्रतिशतसम्म अनुदान
३१-जेठ २०७२
काठमाडौ-कृषि विकास मन्त्रालयले कृषि अनुदान कार्यविधि २०७०संशोधन गर्दै कृषियन्त्र किन्न२५ देखि ३५ प्रतिशत अनुदानको व्यवस्था गरेको छ। मन्त्रालयका सविच उत्तमकुमार भट्टराई नेतृत्वको समितिले २४ वैशाखमा ‘कृषि अनुदान परिचालन कार्यविधि २०७०'संशोधन गरेको हो।
First Prev ... 2 3 4 5 6 7 8 9 10 11 12 ... Next Last
ताजा ब्लग
धान निर्यात गर्ने नेपाल कसरी बन्यो आयातकर्ता
हरिबहादुर थापा, काठमाडौं
कहलिएका बुद्धिजीवी डा. हर्कबहादुर गुरुङ विपरित धारमा एक त्यस्ता पात्र देखापरे, जो २०४५ चैत १० को भारतीय नाकाबन्दीसँगै ‘खुसी’ भए । सँगै नेपालविरुद्ध नाकाबन्दी गरेकामा उनी भारतलाई ‘धन्यवाद’ समेत दिन चुकेनन् । उनको त्यो विपरित धारको अभिव्यक्तिलाई धेरैले आश्चर्यजनक रुपमा लिए । तर उनको अभिव्यक्तिमा अन्तर्निहित ‘राष्ट्रियता’प्रतिको गहिरो भावनाका कारण कसैबाट आलोचना आएन ।
डिजिटल कृषि मानचित्र र अनुदान
हिमा (स्वस्ती) पौडेल
कृषि क्षेत्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने चर्चा चल्ने गरेको भएपनि यथार्थमा ती कुराहरु हुन सकिरहेका छैनन् । नेपाली कृषि क्षेत्र परम्परागतबाट माथि उठ्नै सकेको छैन भन्दा फरक नपर्ला । हुन त पछिल्लो समयमा कृषि क्षेत्रमा लाग्नेहरु पनि विगतको भन्दा फरक किसिमले आईसकेका छन् ।
New partnership to promote sustainable mechanization of agriculture
fao.org/news
FAO and the European Agricultural Machinery Industry Association CEMA , an international non-profit organisation, today forged a new partnership that aims to promote wider use of sustainable agricultural mechanization in developing countries.
कृषि विकासका लागि नयाँ बहसको खाँचो
कृष्णप्रसाद पौडेल
बाहिरबाट हेर्दा सहरी क्षेत्र, घरका संरचना र पूर्वाधारमा व्यापक क्षति देखिए पनि भुइँचालोले गाउँका गरिब किसान र खेतीपातीमा व्यापक असर पारेको छ। कृषिका पूर्वाधारमा व्यापक क्षति भएको छ। खाने अन्नमात्र हैन, लगाउने बिउ सबै घरसँगै पुरिएको छ। गोठ भत्किएर गाई वस्तु मरेका छन्, घाइते भएका छन्। भूकम्पपछि कतै मूल फुटेको छ, कतै सुकेको छ।
किसान महिलाको श्रमको सम्मान
कुमार थापा
‘घाँस काट मै, खाना पकाउ मै, सासु ससुरा र बालबच्चाको स्याहार गर मै, खेती लगाउ मै, खेती भित्र्याउ मै, पिस/कुट मै, यसरी नै चल्छ मेरो जिन्दगी'– यो भनाइ हो रौतहटकी किसान महिला जीतनीदेवी रामको।
९० प्रतिशत महिला खेतीपातीको काम गर्छन् तर त्यतिले मात्र महिलाको काम पूरा हुँदैन। बिहानीको मिरमिरेदेखि जुनेली रातसम्म घरधन्दा, खानाको जोहोदेखि सबै काममा महिलाकै योगदान छ तर कामको मूल्यांकन भने पैसा र आम्दानीसँग जोडिन्छ। खेतीपाती र घरायसी काममा खट्ने महिलाको श्रमलाई प्रतिष्ठासँग कहिल्यै जोडिएन।
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft