हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ०२१-५३२५१९
ईमेल : info@nepalkrishi.com
किसान सम्बन्धित दैनिक समाचार​​
बन्दको मारमा किसान, सुख्खा बन्दरगाहमा थन्कियो मल
१७-असोज २०७२
वीरगन्जस्थित सिर्सिया सुख्खा बन्दरगाहमा ठूलो परिमाणमा युरिया र डीएपी मल थन्किएर रहेको छ। कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आयात गरेको ५ लाख ५७ हजार ९ सय ४० बोरा मल यहाँ थन्किएको हो।
धान उत्पादन घट्ने
१७-असोज २०७२
धान खेतमा युरिया मल हाल्ने अन्तिम बेला भइसक्यो। नाकाबन्दीले गर्दा भारतबाट किसानले ल्याउने रासायनिक मलमा कडाइ गरेको छ। खेतमा पानी पटाउन ढिलो हुँदैछ। सिंचाइ सुविधा नपुगेको खेतमा पम्पसेटले पानी पटाउनुपर्छ।
खडेरीले २१ करोडको अन्नबाली नष्ट
१३-असोज २०७२
लामो खडेरीले मुगुमा करिब २१ करोड बराबरको अन्नबाली नष्ट भएको छ । साउनयता वर्षा नहुँदा खडेरीले कृषकको धान कोदो, चिनो, काहुनी, सिमी, मास नष्ट भएको हो । त्यसको अनुमानित मूल्य करिब २१ करोड रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
पातेबेरुवा रोग नियन्त्रण भएन
८-असोज २०७२
गत साउन महिना देखि बर्दियाको धानबालीमा फैलिएको पातेबेरुवा रोग अहिलेसम्म नियन्त्रणमा आउन नसक्दा किसान चिन्तित छन्। जिल्लाको गुलरिया, बासगढी, सानोश्री र ताराताल नगरपालिका सहित अधिकांश गाविसमा लगाइएको धानबालीमा रोग फैलिएको हो।
परम्परागत खेतीले उक्सेन जीवनस्तर
२२-साउन २०७२
परम्परागत कृषि प्रणाली अपनाएर खेती गर्दै आएका किसानलाई बर्सेनि घाटा छ। घाटै भए पनि जीवन निर्वाहका लागि उनीहरू खेती गर्न बाध्य छन्। निर्वाहमुखी खेती प्रणाली अपनाउँदै आएका किसानले आधुनिक कृषि प्रविधिको उपयोग गर्न नसक्नु, व्यावसायिक ज्ञान अभाव, उपयुक्त हावापानी नमिल्नु, प्रतिकूल मौसम र जनशक्तिको कमीले लगानीअनुसार फाइदा लिन सकेका छैनन्।
आगामी आर्थिक वर्षदेखि लागू हुने
२१-साउन २०७२
दातृ निकायहरूले २० वर्षका लागि बनाइदिएको कृषि विकास रणनीति (एडीएस) मन्त्रिपरिषद्ले पारित गरेको छ। दुई वर्षदेखि कृषि विकास मन्त्रालयमा थन्किएको रणनीति हालै पारित भएको कृषि सचिव उत्तम भट्टराईले बताए।
First Prev 1 2 3 4 5 6 7 8 9 10 ... Next Last
ताजा ब्लग
धान निर्यात गर्ने नेपाल कसरी बन्यो आयातकर्ता
हरिबहादुर थापा, काठमाडौं
कहलिएका बुद्धिजीवी डा. हर्कबहादुर गुरुङ विपरित धारमा एक त्यस्ता पात्र देखापरे, जो २०४५ चैत १० को भारतीय नाकाबन्दीसँगै ‘खुसी’ भए । सँगै नेपालविरुद्ध नाकाबन्दी गरेकामा उनी भारतलाई ‘धन्यवाद’ समेत दिन चुकेनन् । उनको त्यो विपरित धारको अभिव्यक्तिलाई धेरैले आश्चर्यजनक रुपमा लिए । तर उनको अभिव्यक्तिमा अन्तर्निहित ‘राष्ट्रियता’प्रतिको गहिरो भावनाका कारण कसैबाट आलोचना आएन ।
डिजिटल कृषि मानचित्र र अनुदान
हिमा (स्वस्ती) पौडेल
कृषि क्षेत्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने चर्चा चल्ने गरेको भएपनि यथार्थमा ती कुराहरु हुन सकिरहेका छैनन् । नेपाली कृषि क्षेत्र परम्परागतबाट माथि उठ्नै सकेको छैन भन्दा फरक नपर्ला । हुन त पछिल्लो समयमा कृषि क्षेत्रमा लाग्नेहरु पनि विगतको भन्दा फरक किसिमले आईसकेका छन् ।
New partnership to promote sustainable mechanization of agriculture
fao.org/news
FAO and the European Agricultural Machinery Industry Association CEMA , an international non-profit organisation, today forged a new partnership that aims to promote wider use of sustainable agricultural mechanization in developing countries.
कृषि विकासका लागि नयाँ बहसको खाँचो
कृष्णप्रसाद पौडेल
बाहिरबाट हेर्दा सहरी क्षेत्र, घरका संरचना र पूर्वाधारमा व्यापक क्षति देखिए पनि भुइँचालोले गाउँका गरिब किसान र खेतीपातीमा व्यापक असर पारेको छ। कृषिका पूर्वाधारमा व्यापक क्षति भएको छ। खाने अन्नमात्र हैन, लगाउने बिउ सबै घरसँगै पुरिएको छ। गोठ भत्किएर गाई वस्तु मरेका छन्, घाइते भएका छन्। भूकम्पपछि कतै मूल फुटेको छ, कतै सुकेको छ।
किसान महिलाको श्रमको सम्मान
कुमार थापा
‘घाँस काट मै, खाना पकाउ मै, सासु ससुरा र बालबच्चाको स्याहार गर मै, खेती लगाउ मै, खेती भित्र्याउ मै, पिस/कुट मै, यसरी नै चल्छ मेरो जिन्दगी'– यो भनाइ हो रौतहटकी किसान महिला जीतनीदेवी रामको।
९० प्रतिशत महिला खेतीपातीको काम गर्छन् तर त्यतिले मात्र महिलाको काम पूरा हुँदैन। बिहानीको मिरमिरेदेखि जुनेली रातसम्म घरधन्दा, खानाको जोहोदेखि सबै काममा महिलाकै योगदान छ तर कामको मूल्यांकन भने पैसा र आम्दानीसँग जोडिन्छ। खेतीपाती र घरायसी काममा खट्ने महिलाको श्रमलाई प्रतिष्ठासँग कहिल्यै जोडिएन।
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft