हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ०२१-५३२५१९
ईमेल : info@nepalkrishi.com
किसान सम्बन्धित दैनिक समाचार​​
टहरामै भित्र्याए किसानले धान
११-कात्तिक २०७२
बज्रबाराही नगरपालिकाका ठेचोका ५६ वर्षीय हरिगोपाल डंगोल दिन धान–परालमा व्यस्त रहे। ठाउँ अभावमा खेतमा पाकिसकेको धान पनि उनले काट्न सकेको थिएन। होचल टोलका ज्ञानमाया महर्जन र उनकी छोरी कृष्णदेवीले साथ दिएपछि डंगोल धान काट्न कसिएका हुन्।
तरकारी बेच्न ४ घण्टा पैदल
१०-कात्तिक २०७२
भक्तपुरको अनन्तलिंगेश्वर नगरपालिका–१३ गुन्डु, रानीकोटगढीकी ४९ वर्षीया सानुमाया तामाङ दिनहुँ बिहान ७ बजे एक भारी साग, इस्कुस, काँक्रा, फर्सीको मुन्टालगायत हरियो तरकारी बोकेर सूर्यविनायक चोकको तरकारी बजार आइपुग्छिन्।
गाउँमै पाँच करोडको तरकारी
८-कात्तिक २०७२
यहाँको सल्यानस्थित एउटै वडाका किसानहरूले व्यावसायिक तरकारी खेती गरेर बर्सेनी पाँच करोड रुपैयाँ गाउँमा भित्र्याउने गरेका छन्। पूर्वी मोहडामा समतल फैलिएको करिब एक हजार रोपनीमा तीन सय परिवारले मौसमी तथा बेमौसमी तरकारी खेतीबाट मात्रै वार्षिक पाँच करोड रुपैयाँ आम्दानी
दशैँमा धान काट्ने चटारो
७-कात्तिक २०७२
सिम्पानी ८, बगुवाकी देवकी घिमिरेले सिम्ले खेतको धान दशैँका बेला काटेर कुनियोमा थुपारिन् । केही धान झाँटे पनि । 'पाकेको धान राखेमा झर्ने डर' उनले भनिन्, 'दशैँ भनिएन । मौसमले पनि साथ नदेला जस्तो भयो, अनि काटेर थन्क्याएँ ।'
तरकारी खेतीबाट मनग्ये आम्दानी
१-कात्तिक २०७२
 नरपानी जगतका नेत्रलाल विश्वकर्मालाई ८ वर्षअघि बिहान–बेलुका छाक टार्नै समस्या थियो। भिरालो पाखो बारीमा वर्ष दिन दु:ख गरेर छ महिनालाई खान नपुग्दा ज्यालामजदुरीको काम खोज्दै हिँड्नुपर्ने बाध्यता थियो उनलाई।
स्कुस बेचेर लखपति
२८-असोज २०७२
इलाम-सुर्योदय नगरपालिका ९ गहिरी गाउँका पे्रमबहादुर खड्काले गत वर्ष १३ लाखको स्कुस बिक्री गरे।  यस वर्ष मौसम अनुकूल नभए पनि ६ लाखको स्कुस बिक्री गरिसकेको उनले बताए ।
First Prev 1 2 3 4 5 6 7 8 ... Next Last
ताजा ब्लग
धान निर्यात गर्ने नेपाल कसरी बन्यो आयातकर्ता
हरिबहादुर थापा, काठमाडौं
कहलिएका बुद्धिजीवी डा. हर्कबहादुर गुरुङ विपरित धारमा एक त्यस्ता पात्र देखापरे, जो २०४५ चैत १० को भारतीय नाकाबन्दीसँगै ‘खुसी’ भए । सँगै नेपालविरुद्ध नाकाबन्दी गरेकामा उनी भारतलाई ‘धन्यवाद’ समेत दिन चुकेनन् । उनको त्यो विपरित धारको अभिव्यक्तिलाई धेरैले आश्चर्यजनक रुपमा लिए । तर उनको अभिव्यक्तिमा अन्तर्निहित ‘राष्ट्रियता’प्रतिको गहिरो भावनाका कारण कसैबाट आलोचना आएन ।
डिजिटल कृषि मानचित्र र अनुदान
हिमा (स्वस्ती) पौडेल
कृषि क्षेत्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने चर्चा चल्ने गरेको भएपनि यथार्थमा ती कुराहरु हुन सकिरहेका छैनन् । नेपाली कृषि क्षेत्र परम्परागतबाट माथि उठ्नै सकेको छैन भन्दा फरक नपर्ला । हुन त पछिल्लो समयमा कृषि क्षेत्रमा लाग्नेहरु पनि विगतको भन्दा फरक किसिमले आईसकेका छन् ।
New partnership to promote sustainable mechanization of agriculture
fao.org/news
FAO and the European Agricultural Machinery Industry Association CEMA , an international non-profit organisation, today forged a new partnership that aims to promote wider use of sustainable agricultural mechanization in developing countries.
कृषि विकासका लागि नयाँ बहसको खाँचो
कृष्णप्रसाद पौडेल
बाहिरबाट हेर्दा सहरी क्षेत्र, घरका संरचना र पूर्वाधारमा व्यापक क्षति देखिए पनि भुइँचालोले गाउँका गरिब किसान र खेतीपातीमा व्यापक असर पारेको छ। कृषिका पूर्वाधारमा व्यापक क्षति भएको छ। खाने अन्नमात्र हैन, लगाउने बिउ सबै घरसँगै पुरिएको छ। गोठ भत्किएर गाई वस्तु मरेका छन्, घाइते भएका छन्। भूकम्पपछि कतै मूल फुटेको छ, कतै सुकेको छ।
किसान महिलाको श्रमको सम्मान
कुमार थापा
‘घाँस काट मै, खाना पकाउ मै, सासु ससुरा र बालबच्चाको स्याहार गर मै, खेती लगाउ मै, खेती भित्र्याउ मै, पिस/कुट मै, यसरी नै चल्छ मेरो जिन्दगी'– यो भनाइ हो रौतहटकी किसान महिला जीतनीदेवी रामको।
९० प्रतिशत महिला खेतीपातीको काम गर्छन् तर त्यतिले मात्र महिलाको काम पूरा हुँदैन। बिहानीको मिरमिरेदेखि जुनेली रातसम्म घरधन्दा, खानाको जोहोदेखि सबै काममा महिलाकै योगदान छ तर कामको मूल्यांकन भने पैसा र आम्दानीसँग जोडिन्छ। खेतीपाती र घरायसी काममा खट्ने महिलाको श्रमलाई प्रतिष्ठासँग कहिल्यै जोडिएन।
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft