हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ९८०२७४५२९३,९८०३२१५१८८
ईमेल : info@nepalkrishi.com
किसान सम्बन्धित दैनिक समाचार​​
मकै उत्पादन वृद्धि गर्न १२ टन विउ बाँडिने
७-फागुन २०७१
तनहुँ जिल्लामा मकै उत्पादन वृद्धिका लागि जिल्ला कृषि विकास कार्यालयले यो वर्ष १२ मेट्रिक टन मकैको विउ वितरण गर्ने भएको छ । पशुपालन तर्फ किसानको आकर्षण
उखु किसान भन्छन् : गाँजा रोप्छौं
५-फागुन २०७१
आइतबार वीरगन्जको घन्टाघर चोकमै किसानहरूले उखु जलाएका छन्। उखु जलाउँदै गरेका बिजबनियाका किसान महम्मद जियाउल हकले भने, ‘जे परेपर्ला, अब त गाजाँ नै रोप्छु।’
 उखु बेच्चे ठाउँ कहीं नपाएपछि आक्रोसित भएका हकले थपे, ‘सरकारले नै भनेर गाँजा खेती बन्द गरेर उखु खेती थालेका थियौं, अहिले आएर उखु बेच्ने ठाउँ नै छैन, सारा उखु खेतमै सुकेर सोत्तर भयो।’
भारतबाट गहुँको आयातमा वृद्धि
४-फागुन २०७१
विराटनगर नाकावाट गहुँको आयात क्रमिक रुपमा बढ्दै गइरहेको छ । उपभोक्ताको मागअनुसार तराईका जिल्लामा गहुँको उत्पादन हुन नसकेपछि भारतवाट आयात बढ्दै गएको हो । मोरङ र सुनसरी जिल्लाका लागि भारतबाट गत आर्थिक वर्षमा रु १२ करोड ४८ लाख ४५ हजार मूल्य बराबरको आठ हजार ३८८ मेट्रिक टन गहुँ आयात
भारतीय हाइब्रिड मकैको बीउ बिक्रीमा रोक
३-फागुन २०७१
भारतबाट आएको हाइब्रिड मकैको एउटा जात नक्कली भएको आशंकामा चितवन जिल्ला कृषि विकास कार्यालयले बेचबिखनमा रोक लागएको छ। विदेशबाट बीउ आयात गर्दा जुन जात दर्ता भएर स्वीकृति पाएको छ त्यही मात्रै ल्याउन पाइन्छ। तर भारतबाट आउने नाथ कम्पनीको बिग बोसले एकथरी जात दर्ता गराएर अर्को पनि ल्याउने गरेको भेटिएको छ।
भुक्तानी नपाउँदा किसान सडकमा, उखुको वक्यौक्ता नै एक अर्ब
२९-माघ २०७१
उखु दिएबापत किसानले चिनीमिलबाट अघिल्लो वर्षकै झन्डै एक अर्ब रकम लिन बाँकी छ। यस वर्षको आधा उखु काटिसक्दा पनि उद्योगीले पुरानो पैसा नै नदिएपछि किसान आन्दोलित भएका छन्। उद्योगी र किसानबीच वक्यौता चुक्ता गर्नेबारे पूर्वसमझदारी कार्यान्वयन नहुँदा उनीहरु तालाबन्दीदेखि चक्काजामसम्म कार्यक्रम लिएर सडकमा आएका हुन्। सरकारले भने यस वर्षको उखुमूल्यसमेत निर्धारण गर्न सकेको छैन।
करार खेती ऐन मन्त्रिपरिषदमा
२८-माघ २०७१
निजी क्षेत्रले माग गरिरहेको करार खेती ऐन मन्त्रिपरिषद्मा पुगेको छ । राजधानीमा मंगलबारदेखि सुरु भएको छलफल कार्यक्रम कृषि सचिव जयमुकुन्द खनालले उक्त जानकारी दिएका हुन् ।उनले चाँडै नीति कार्यान्वयनमा आउने बताउँदै सफल रूपमा खेती गर्ने अभ्यासमा लामो समयदेखि लागिरहेको नेपालका लागि करार खेती प्रणाली उपयुक्त हुने कार्यक्रममा सुनाए ।
ताजा ब्लग
धान निर्यात गर्ने नेपाल कसरी बन्यो आयातकर्ता
हरिबहादुर थापा, काठमाडौं
कहलिएका बुद्धिजीवी डा. हर्कबहादुर गुरुङ विपरित धारमा एक त्यस्ता पात्र देखापरे, जो २०४५ चैत १० को भारतीय नाकाबन्दीसँगै ‘खुसी’ भए । सँगै नेपालविरुद्ध नाकाबन्दी गरेकामा उनी भारतलाई ‘धन्यवाद’ समेत दिन चुकेनन् । उनको त्यो विपरित धारको अभिव्यक्तिलाई धेरैले आश्चर्यजनक रुपमा लिए । तर उनको अभिव्यक्तिमा अन्तर्निहित ‘राष्ट्रियता’प्रतिको गहिरो भावनाका कारण कसैबाट आलोचना आएन ।
डिजिटल कृषि मानचित्र र अनुदान
हिमा (स्वस्ती) पौडेल
कृषि क्षेत्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने चर्चा चल्ने गरेको भएपनि यथार्थमा ती कुराहरु हुन सकिरहेका छैनन् । नेपाली कृषि क्षेत्र परम्परागतबाट माथि उठ्नै सकेको छैन भन्दा फरक नपर्ला । हुन त पछिल्लो समयमा कृषि क्षेत्रमा लाग्नेहरु पनि विगतको भन्दा फरक किसिमले आईसकेका छन् ।
New partnership to promote sustainable mechanization of agriculture
fao.org/news
FAO and the European Agricultural Machinery Industry Association CEMA , an international non-profit organisation, today forged a new partnership that aims to promote wider use of sustainable agricultural mechanization in developing countries.
कृषि विकासका लागि नयाँ बहसको खाँचो
कृष्णप्रसाद पौडेल
बाहिरबाट हेर्दा सहरी क्षेत्र, घरका संरचना र पूर्वाधारमा व्यापक क्षति देखिए पनि भुइँचालोले गाउँका गरिब किसान र खेतीपातीमा व्यापक असर पारेको छ। कृषिका पूर्वाधारमा व्यापक क्षति भएको छ। खाने अन्नमात्र हैन, लगाउने बिउ सबै घरसँगै पुरिएको छ। गोठ भत्किएर गाई वस्तु मरेका छन्, घाइते भएका छन्। भूकम्पपछि कतै मूल फुटेको छ, कतै सुकेको छ।
किसान महिलाको श्रमको सम्मान
कुमार थापा
‘घाँस काट मै, खाना पकाउ मै, सासु ससुरा र बालबच्चाको स्याहार गर मै, खेती लगाउ मै, खेती भित्र्याउ मै, पिस/कुट मै, यसरी नै चल्छ मेरो जिन्दगी'– यो भनाइ हो रौतहटकी किसान महिला जीतनीदेवी रामको।
९० प्रतिशत महिला खेतीपातीको काम गर्छन् तर त्यतिले मात्र महिलाको काम पूरा हुँदैन। बिहानीको मिरमिरेदेखि जुनेली रातसम्म घरधन्दा, खानाको जोहोदेखि सबै काममा महिलाकै योगदान छ तर कामको मूल्यांकन भने पैसा र आम्दानीसँग जोडिन्छ। खेतीपाती र घरायसी काममा खट्ने महिलाको श्रमलाई प्रतिष्ठासँग कहिल्यै जोडिएन।
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft