हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ९८०२७४५२९३,९८०३२१५१८८
ईमेल : info@nepalkrishi.com
किसान सम्बन्धित दैनिक समाचार​​
विषादी बिक्रीमा अंकुश लाग्दै
११-चैत २०७१
काठमाडौं-आफूखुसी आयात गरेर जथाभावी विषादी बेच्ने व्यवसायीलाई ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्ने गरी कानुन बन्न थालेको छ। जीवनाशक विषादी ऐन २०४८ संशोधन गरेर सरकारले यस्तो प्रावधान राख्न लागेको हो।
सिँचाईको सुविधा भएका क्षेत्रमा चैते धान रोपिदैं
१०-चैत २०७१
लमजुङ ९ चैत-कुलो तथा नहरको पानीको सहायताले लमजुङका बिभिन्न गाविसमा चैते धान रोपाइँ सुरु भएको छ । चैतको पहिलो सातादेखि चैते धान रोपाइँ सुरु भएको जिल्ला कृषि विकास कार्यलय लमजुङले जनाएको छ ।
भारतबाट ३ गुणा बढी तरकारी आयात
९-चैत २०७१
झापा, ६ चैत । काँकडभिट्टा नाका भएर तीन गुणा बढी तरकारी आयत भइरहेको छ । क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाको तथ्याङ्कअनुसार नेपालबाट बन्दागोभी वाहेक अन्य सबैखाले तरकारी भारतबाट आयत हुँदै आएको छ ।
पूर्वमा मल अभाव नहुने
८-चैत २०७१
विराटनगर, चैत्र ८ - पूर्वमा बर्खे धान खेतीका लागि यस वर्ष रासायनिक मल अभाव नहुने भएको छ । कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालयले आवश्यक रासायनिक मल को मौज्दात रहेको दाबी गरेको छ ।
नगद मात्र बग्छ नहरमा
७-चैत २०७१
विराटनगर, चैत्र ७ - मोरङ बयरवनका अशोक साह बर्सेनि सय मनभन्दा बढी गहुँ उत्पादन गर्थे। यसपालि उनको खेतबाट एक गेडो पनि गहुँ उत्पादन हुने छैन। कारण खेतीको मध्य सिजनमा यसपालि सिँचाइ सुविधा नभएकाले उनले गहुँ लगाएनन्।
किसानको रकममा नेताको रजाइँ
६-चैत २०७१
सिन्धुली- सरकारले कृषि क्षेत्रका लागि छुट्याएको अनुदान रकम हात पार्न जिल्लाका नेताबीच चलखेल सुरु भएको छ। किसानलाई राहत पुर्‍याउने उद्देश्यले सरकारले सहकारीमार्फत रकम उपलब्ध गराउन थालेपछि नेताहरु आफैं सहकारी खोलेर बजेट उम्काउने प्रयत्नमा लागेका हुन्।
ताजा ब्लग
धान निर्यात गर्ने नेपाल कसरी बन्यो आयातकर्ता
हरिबहादुर थापा, काठमाडौं
कहलिएका बुद्धिजीवी डा. हर्कबहादुर गुरुङ विपरित धारमा एक त्यस्ता पात्र देखापरे, जो २०४५ चैत १० को भारतीय नाकाबन्दीसँगै ‘खुसी’ भए । सँगै नेपालविरुद्ध नाकाबन्दी गरेकामा उनी भारतलाई ‘धन्यवाद’ समेत दिन चुकेनन् । उनको त्यो विपरित धारको अभिव्यक्तिलाई धेरैले आश्चर्यजनक रुपमा लिए । तर उनको अभिव्यक्तिमा अन्तर्निहित ‘राष्ट्रियता’प्रतिको गहिरो भावनाका कारण कसैबाट आलोचना आएन ।
डिजिटल कृषि मानचित्र र अनुदान
हिमा (स्वस्ती) पौडेल
कृषि क्षेत्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने चर्चा चल्ने गरेको भएपनि यथार्थमा ती कुराहरु हुन सकिरहेका छैनन् । नेपाली कृषि क्षेत्र परम्परागतबाट माथि उठ्नै सकेको छैन भन्दा फरक नपर्ला । हुन त पछिल्लो समयमा कृषि क्षेत्रमा लाग्नेहरु पनि विगतको भन्दा फरक किसिमले आईसकेका छन् ।
New partnership to promote sustainable mechanization of agriculture
fao.org/news
FAO and the European Agricultural Machinery Industry Association CEMA , an international non-profit organisation, today forged a new partnership that aims to promote wider use of sustainable agricultural mechanization in developing countries.
कृषि विकासका लागि नयाँ बहसको खाँचो
कृष्णप्रसाद पौडेल
बाहिरबाट हेर्दा सहरी क्षेत्र, घरका संरचना र पूर्वाधारमा व्यापक क्षति देखिए पनि भुइँचालोले गाउँका गरिब किसान र खेतीपातीमा व्यापक असर पारेको छ। कृषिका पूर्वाधारमा व्यापक क्षति भएको छ। खाने अन्नमात्र हैन, लगाउने बिउ सबै घरसँगै पुरिएको छ। गोठ भत्किएर गाई वस्तु मरेका छन्, घाइते भएका छन्। भूकम्पपछि कतै मूल फुटेको छ, कतै सुकेको छ।
किसान महिलाको श्रमको सम्मान
कुमार थापा
‘घाँस काट मै, खाना पकाउ मै, सासु ससुरा र बालबच्चाको स्याहार गर मै, खेती लगाउ मै, खेती भित्र्याउ मै, पिस/कुट मै, यसरी नै चल्छ मेरो जिन्दगी'– यो भनाइ हो रौतहटकी किसान महिला जीतनीदेवी रामको।
९० प्रतिशत महिला खेतीपातीको काम गर्छन् तर त्यतिले मात्र महिलाको काम पूरा हुँदैन। बिहानीको मिरमिरेदेखि जुनेली रातसम्म घरधन्दा, खानाको जोहोदेखि सबै काममा महिलाकै योगदान छ तर कामको मूल्यांकन भने पैसा र आम्दानीसँग जोडिन्छ। खेतीपाती र घरायसी काममा खट्ने महिलाको श्रमलाई प्रतिष्ठासँग कहिल्यै जोडिएन।
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft