हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ०२१-५३२५१९
ईमेल : info@nepalkrishi.com
किसान सम्बन्धित दैनिक समाचार​​
मंसिरयता ४३ हजार टन मल भित्रियो
१५-पुस २०७२
बन्द कारण लामो समयदेखि सिर्सिया सुख्खा बन्दरगाहमा थन्किएको रासायनिक मल धमाधम अन्य जिल्लाहरूमा पठाउन थालिएको छ। मंसिर पहिलो सातायता बन्दरगाहबाट करिब ४२ हजार ८ सय ३२ टन रासायनिक मल बाहिरिएको हो।
गहुँको सिजनमा रासायनिक मल छैन
१४-पुस २०७२
अघोषित नाकाबन्दीका कारण गहुँको सिजनमा खाद्य सामग्री कम्पनी लिमिटेड नेपालगन्जको गोदाम खाली भएको छ। मल अभावमा किसान उत्पादन घट्ने भन्दै चिन्तित भएका छन् । सहज आपूर्ति भएको भए अहिले कम्पनीको गोदाम रसायनिक मल भरिभराउन हुने कम्पनीका कर्मचारी बताउँछन्।
गोदाम अभावले २७ हजार टन गहुँ बिग्रियो
७-पुस २०७२
गोदाम अभाव भएकाले यस वर्ष २७ हजार टन किलो गहुँ बीउका लागि अयोग्य हुन पुगेको छ । बीउ बिक्रीको जिम्मा लिएको राष्ट्रिय बीउ बिजन कम्पनीले यस वर्षको हिउँदे खेतीमा ७५ लाख किलो गहुँको बीउ बिक्री गर्ने लक्ष्य राखेको थियो तर पुस पहिलो सातासम्म ४५ लाख ३७ हजार किलो मात्रै किसानसमक्ष बिक्री गरिएको छ ।
'हर्ष न विस्मात्'
२२-मंसिर २०७२
सुनसरीका शुभलाल पेस्कारले एसआरआई (सिष्टम अफ राइस इन्टेन्सिफिकेसन) प्रविधि प्रयोग गरी सोचेभन्दा बढी धान फलाए। ७० मनभन्दा बढी धान नफलेको खेतमा १०० मन धान फल्यो। तर, मोल भने गएको वर्ष जति पनि पाएनन्।
बिउ वितरणमा लापरबाही, धान अझै पसाएन
१५-कात्तिक २०७२
कार्तिक १५, २०७२- रोपेको पाँच महिनासम्म पनि बाला नलागेको धानको बिउ वितरणमै लापरबाही भएको देखिएको छ। कृषि विकास कार्यालय कञ्चनपुरले बिउको परीक्षण र कस्तो ठाउँमा फल्ने हो भनेर अध्ययनसम्म नगरी वितरण गर्दा अहिले कञ्चनपुरका दर्जनौं कृषक मारमा परेका छन्।
मटरमा कृषक आकर्षित, ९० दिनमै उत्पादन, प्रतिकेजी १५०
१२-कात्तिक २०७२
इलाम– करिब पाँच रोपनी बारीमा तोरी छर्दा चमैंताका तारावीर विश्वकर्मालाई वर्षभरी चाहिने तेल पुर्‍याउन पनि मुस्किल पर्थ्यो। तोरी छर्ने बेला गोरु, हली र खेताला खोज्दा हैरान हुने उनी अचेल तोरीको साटो मटर खेतीतर्फ लागेका छन्।
First Prev 1 2 3 4 5 6 7 ... Next Last
ताजा ब्लग
धान निर्यात गर्ने नेपाल कसरी बन्यो आयातकर्ता
हरिबहादुर थापा, काठमाडौं
कहलिएका बुद्धिजीवी डा. हर्कबहादुर गुरुङ विपरित धारमा एक त्यस्ता पात्र देखापरे, जो २०४५ चैत १० को भारतीय नाकाबन्दीसँगै ‘खुसी’ भए । सँगै नेपालविरुद्ध नाकाबन्दी गरेकामा उनी भारतलाई ‘धन्यवाद’ समेत दिन चुकेनन् । उनको त्यो विपरित धारको अभिव्यक्तिलाई धेरैले आश्चर्यजनक रुपमा लिए । तर उनको अभिव्यक्तिमा अन्तर्निहित ‘राष्ट्रियता’प्रतिको गहिरो भावनाका कारण कसैबाट आलोचना आएन ।
डिजिटल कृषि मानचित्र र अनुदान
हिमा (स्वस्ती) पौडेल
कृषि क्षेत्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने चर्चा चल्ने गरेको भएपनि यथार्थमा ती कुराहरु हुन सकिरहेका छैनन् । नेपाली कृषि क्षेत्र परम्परागतबाट माथि उठ्नै सकेको छैन भन्दा फरक नपर्ला । हुन त पछिल्लो समयमा कृषि क्षेत्रमा लाग्नेहरु पनि विगतको भन्दा फरक किसिमले आईसकेका छन् ।
New partnership to promote sustainable mechanization of agriculture
fao.org/news
FAO and the European Agricultural Machinery Industry Association CEMA , an international non-profit organisation, today forged a new partnership that aims to promote wider use of sustainable agricultural mechanization in developing countries.
कृषि विकासका लागि नयाँ बहसको खाँचो
कृष्णप्रसाद पौडेल
बाहिरबाट हेर्दा सहरी क्षेत्र, घरका संरचना र पूर्वाधारमा व्यापक क्षति देखिए पनि भुइँचालोले गाउँका गरिब किसान र खेतीपातीमा व्यापक असर पारेको छ। कृषिका पूर्वाधारमा व्यापक क्षति भएको छ। खाने अन्नमात्र हैन, लगाउने बिउ सबै घरसँगै पुरिएको छ। गोठ भत्किएर गाई वस्तु मरेका छन्, घाइते भएका छन्। भूकम्पपछि कतै मूल फुटेको छ, कतै सुकेको छ।
किसान महिलाको श्रमको सम्मान
कुमार थापा
‘घाँस काट मै, खाना पकाउ मै, सासु ससुरा र बालबच्चाको स्याहार गर मै, खेती लगाउ मै, खेती भित्र्याउ मै, पिस/कुट मै, यसरी नै चल्छ मेरो जिन्दगी'– यो भनाइ हो रौतहटकी किसान महिला जीतनीदेवी रामको।
९० प्रतिशत महिला खेतीपातीको काम गर्छन् तर त्यतिले मात्र महिलाको काम पूरा हुँदैन। बिहानीको मिरमिरेदेखि जुनेली रातसम्म घरधन्दा, खानाको जोहोदेखि सबै काममा महिलाकै योगदान छ तर कामको मूल्यांकन भने पैसा र आम्दानीसँग जोडिन्छ। खेतीपाती र घरायसी काममा खट्ने महिलाको श्रमलाई प्रतिष्ठासँग कहिल्यै जोडिएन।
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft