हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ९८०२७४५२९३,९८०३२१५१८८
ईमेल : info@nepalkrishi.com
किसान सम्बन्धित दैनिक समाचार​​
उन्नाइस हजार हेक्टरमा चैते धान
६-बैसाख २०७२
भद्रपुर, ६ वैशाख, झापामा यस वर्ष १९ हजार हेक्टर जग्गामा चैते धानबाली लगाइएको  छ । कृषि विकास कार्यालयका अनुसार कुल ९८ हजार हेक्टर मध्ये ९० हजार हेक्टर अर्थात करिब २२ प्रतिशत जग्गामा चैते धानबाली हुने गरेको छ ।
सीमाका कृषकले पाएनन् कृषि ऋण
६-बैसाख २०७२
बेलौरी (कञ्चनपुर), वैशाख ६ - कञ्चनपुरको बेलौरी नगरपालिका १४ भुडाका देवसिंह थापा भारतसँग सीमा जोडिएको क्षेत्रमा बस्छन् । उनी पेसाले कृषक हुन् । गत असोजमा थापाले उखु खेतीका लागि कृषि विकास बैंकबाट ऋण लिन खोजे ।
सिरहामा गहुँको उत्पादनमा वृद्धि
५-बैसाख २०७२
लहान, ५ वैशाख । यस वर्ष सिरहा जिल्लामा गहुँको उत्पादनमा वृद्धि भएको छ । अनुकूल हावापानी र रोग किराको प्रकोप कम भएकाले गहुँबाली उत्पादनमा वृद्धि भएको हो ।
बैंक वित्तीय संस्थाको कर्जा कृषि क्षेत्रमा ५ प्रतिशतभन्दा कम
३-बैसाख २०७२
काठमाडौं-सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएर किसानलाई कर्जाको व्यवस्था गर्न नीति ल्याए पनि कर्जा दिने बैंक, वित्तीय संस्थाले यसतर्फ चासो नदिएको पाइएको छ।
रोगले केरा नष्ट हुँदै
२-बैसाख २०७२
बोट कुहिने समस्याले यहाँ केरा उत्पादन घटेको छ । फल दिने बेला बोट ढल्ने गरी कुहिन थालेपछि कृषक चिन्तित छन् ।
वर्षैभरिी राम्रो आम्दानी दिने फलफूल भए पनि रोगका कारण केरा कुहिन थालेपछि कृषक मारमा परेका छन् ।
एनटिआइएस र कृषिजन्य वस्तु निर्यात निराशाजनक
२-बैसाख २०७२
काठमाडौं-नेपाल एकीकृत व्यापार रणनीति (एनटिआइएस) र कृषिजन्य वस्तु निर्यात वृद्धि हुँदा वैदेशिक व्यापार घाटा ५ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको
First Prev ... 11 12 13 14 15 16 17 18 19 20 21 ... Next Last
ताजा ब्लग
धान निर्यात गर्ने नेपाल कसरी बन्यो आयातकर्ता
हरिबहादुर थापा, काठमाडौं
कहलिएका बुद्धिजीवी डा. हर्कबहादुर गुरुङ विपरित धारमा एक त्यस्ता पात्र देखापरे, जो २०४५ चैत १० को भारतीय नाकाबन्दीसँगै ‘खुसी’ भए । सँगै नेपालविरुद्ध नाकाबन्दी गरेकामा उनी भारतलाई ‘धन्यवाद’ समेत दिन चुकेनन् । उनको त्यो विपरित धारको अभिव्यक्तिलाई धेरैले आश्चर्यजनक रुपमा लिए । तर उनको अभिव्यक्तिमा अन्तर्निहित ‘राष्ट्रियता’प्रतिको गहिरो भावनाका कारण कसैबाट आलोचना आएन ।
डिजिटल कृषि मानचित्र र अनुदान
हिमा (स्वस्ती) पौडेल
कृषि क्षेत्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने चर्चा चल्ने गरेको भएपनि यथार्थमा ती कुराहरु हुन सकिरहेका छैनन् । नेपाली कृषि क्षेत्र परम्परागतबाट माथि उठ्नै सकेको छैन भन्दा फरक नपर्ला । हुन त पछिल्लो समयमा कृषि क्षेत्रमा लाग्नेहरु पनि विगतको भन्दा फरक किसिमले आईसकेका छन् ।
New partnership to promote sustainable mechanization of agriculture
fao.org/news
FAO and the European Agricultural Machinery Industry Association CEMA , an international non-profit organisation, today forged a new partnership that aims to promote wider use of sustainable agricultural mechanization in developing countries.
कृषि विकासका लागि नयाँ बहसको खाँचो
कृष्णप्रसाद पौडेल
बाहिरबाट हेर्दा सहरी क्षेत्र, घरका संरचना र पूर्वाधारमा व्यापक क्षति देखिए पनि भुइँचालोले गाउँका गरिब किसान र खेतीपातीमा व्यापक असर पारेको छ। कृषिका पूर्वाधारमा व्यापक क्षति भएको छ। खाने अन्नमात्र हैन, लगाउने बिउ सबै घरसँगै पुरिएको छ। गोठ भत्किएर गाई वस्तु मरेका छन्, घाइते भएका छन्। भूकम्पपछि कतै मूल फुटेको छ, कतै सुकेको छ।
किसान महिलाको श्रमको सम्मान
कुमार थापा
‘घाँस काट मै, खाना पकाउ मै, सासु ससुरा र बालबच्चाको स्याहार गर मै, खेती लगाउ मै, खेती भित्र्याउ मै, पिस/कुट मै, यसरी नै चल्छ मेरो जिन्दगी'– यो भनाइ हो रौतहटकी किसान महिला जीतनीदेवी रामको।
९० प्रतिशत महिला खेतीपातीको काम गर्छन् तर त्यतिले मात्र महिलाको काम पूरा हुँदैन। बिहानीको मिरमिरेदेखि जुनेली रातसम्म घरधन्दा, खानाको जोहोदेखि सबै काममा महिलाकै योगदान छ तर कामको मूल्यांकन भने पैसा र आम्दानीसँग जोडिन्छ। खेतीपाती र घरायसी काममा खट्ने महिलाको श्रमलाई प्रतिष्ठासँग कहिल्यै जोडिएन।
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft