हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ९८०२७४५२९३,९८०३२१५१८८
ईमेल : info@nepalkrishi.com
किसान सम्बन्धित दैनिक समाचार​​
पशु उपचारका लागि साढे २ करोड; धानको बीउ सित्तैमा दिने
३१-बैसाख २०७२
कृषि विकास मन्त्रालयले भूकम्प प्रभावित जिल्लाका किसानका चौपाया तथा पक्षीको उपचार र गोठ सुधार्न साढे २ करोड पैया खर्च गर्ने भएको छ। मन्त्रालयका सचिव उत्तम कुमार भट्टराईका अनुसार यो रकम पशु, पक्षीको उपचार र पशुपालक किसानको राहत तथा गोठ सुधारमा खर्च गरिने छ।
सार्वजनिक कुलो प्लटिङले सिँचाइ प्रभाव
२९-बैसाख २०७२
बुटवल,  वैशाख/ रुपन्देहीमा जग्गा प्लटिङ गर्नेहरूले सार्वजनिक कुलो प्लटिङ गरी घडेरी बिक्रीका लागि तयारी थालेपछि खेतीयोग्य जमिनमा सिँचाइ समस्या देखिएको छ । कुलो जग्गा अतिक्रमण गरी प्लटिङ थालिएपछि सिँचाइ प्रभावित भएको स्थानीय किसानले गुनासो गरेका छन् ।
किसानको पीडा: घर भत्किएर पालको बास, खेतभरि गहुँको रास
२८-बैसाख २०७२
भक्तपुर, वैशाख २७ गते । विनाशकारी भूकम्पले घर भत्काएपछि पालको बास भएका किसानको खेतभरि गहुँको रास भएपछि यतिखेर चिन्तामाथि चिन्ता थपिएको छ ।
कृषिमा पौने ९ अर्बको क्षति
२८-बैसाख २०७२
भूकम्प प्रभावित २६ जिल्लामा कम्तीमा पौने ९ अर्ब रुपैयाँ बराबरको खाद्यान्न र पशुधन नोक्सान भएको छ।कृषि विकास मन्त्रालयले आइतबार व्यवस्थापिका संसद्को कृषि तथा जलस्रोत समितिसमक्ष विनाशकारी भूकम्पबाट कृषि क्षेत्रमा कम्तीमा ८ अर्ब ७३ करोड ८९ लाख रुपैयाँ बराबरको क्षति
सोतखोलाको बगरमा तर्बुजा खेती
२२-बैसाख २०७२
सुर्खेत, वैशाख २२ गते । कुनाथरीको बड्डिचौर नजिकै रहेको सोतखोलाको बगरमा तर्बुजा खेती गरिएको छ । स्थानीय युवा दलबहादुर कँडेलले विगत दुई बर्षदेखि खोलाको बगरमा तर्बुजा खेती गर्नुभएको हो । गएको वर्ष बगर धेरै भएको र तर्बुजा खेती फस्टाएपछि उहाँ यसबर्षपनि हौसिनुभएको हो ।
राजधानी भित्रिन थाल्यो तरकारी
२०-बैसाख २०७२
काठमाडौ, वैशाख २० - महाभूकम्पको धक्कामा कमीसँगै बजारमा तरकारी भित्रिन थालेको छ । भूकम्पबाट त्रसित कृषकहरूलाई घर खर्चको जोहो गर्न समस्या हुन थालेपछि तरकारी बजारमा पठाउन थालेका हुन् ।
First Prev ... 9 10 11 12 13 14 15 16 17 18 19 ... Next Last
ताजा ब्लग
धान निर्यात गर्ने नेपाल कसरी बन्यो आयातकर्ता
हरिबहादुर थापा, काठमाडौं
कहलिएका बुद्धिजीवी डा. हर्कबहादुर गुरुङ विपरित धारमा एक त्यस्ता पात्र देखापरे, जो २०४५ चैत १० को भारतीय नाकाबन्दीसँगै ‘खुसी’ भए । सँगै नेपालविरुद्ध नाकाबन्दी गरेकामा उनी भारतलाई ‘धन्यवाद’ समेत दिन चुकेनन् । उनको त्यो विपरित धारको अभिव्यक्तिलाई धेरैले आश्चर्यजनक रुपमा लिए । तर उनको अभिव्यक्तिमा अन्तर्निहित ‘राष्ट्रियता’प्रतिको गहिरो भावनाका कारण कसैबाट आलोचना आएन ।
डिजिटल कृषि मानचित्र र अनुदान
हिमा (स्वस्ती) पौडेल
कृषि क्षेत्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने चर्चा चल्ने गरेको भएपनि यथार्थमा ती कुराहरु हुन सकिरहेका छैनन् । नेपाली कृषि क्षेत्र परम्परागतबाट माथि उठ्नै सकेको छैन भन्दा फरक नपर्ला । हुन त पछिल्लो समयमा कृषि क्षेत्रमा लाग्नेहरु पनि विगतको भन्दा फरक किसिमले आईसकेका छन् ।
New partnership to promote sustainable mechanization of agriculture
fao.org/news
FAO and the European Agricultural Machinery Industry Association CEMA , an international non-profit organisation, today forged a new partnership that aims to promote wider use of sustainable agricultural mechanization in developing countries.
कृषि विकासका लागि नयाँ बहसको खाँचो
कृष्णप्रसाद पौडेल
बाहिरबाट हेर्दा सहरी क्षेत्र, घरका संरचना र पूर्वाधारमा व्यापक क्षति देखिए पनि भुइँचालोले गाउँका गरिब किसान र खेतीपातीमा व्यापक असर पारेको छ। कृषिका पूर्वाधारमा व्यापक क्षति भएको छ। खाने अन्नमात्र हैन, लगाउने बिउ सबै घरसँगै पुरिएको छ। गोठ भत्किएर गाई वस्तु मरेका छन्, घाइते भएका छन्। भूकम्पपछि कतै मूल फुटेको छ, कतै सुकेको छ।
किसान महिलाको श्रमको सम्मान
कुमार थापा
‘घाँस काट मै, खाना पकाउ मै, सासु ससुरा र बालबच्चाको स्याहार गर मै, खेती लगाउ मै, खेती भित्र्याउ मै, पिस/कुट मै, यसरी नै चल्छ मेरो जिन्दगी'– यो भनाइ हो रौतहटकी किसान महिला जीतनीदेवी रामको।
९० प्रतिशत महिला खेतीपातीको काम गर्छन् तर त्यतिले मात्र महिलाको काम पूरा हुँदैन। बिहानीको मिरमिरेदेखि जुनेली रातसम्म घरधन्दा, खानाको जोहोदेखि सबै काममा महिलाकै योगदान छ तर कामको मूल्यांकन भने पैसा र आम्दानीसँग जोडिन्छ। खेतीपाती र घरायसी काममा खट्ने महिलाको श्रमलाई प्रतिष्ठासँग कहिल्यै जोडिएन।
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft