हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ९८०२७४५२९३,९८०३२१५१८८
ईमेल : info@nepalkrishi.com
किसान सम्बन्धित दैनिक समाचार​​
भूकम्पपीडितलाई निःशुल्क धानको बीउ वितरण, बीउ खोसाखोस
२१-जेठ २०७२

जिल्ला कृषि विकास कार्यालय भक्तपुरले भूकम्पले पूर्णरुपमा घर भत्किएर बीउ झिक्न नसकेका पीडित कृषकलाई निःशुल्क धानको बीउ वितरण गरेको छ ।जिल्लामा १७ हजार ९३० किलो धानको धानको बीउ कृषकलाई वितरण गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख पूर्ण ढुङ्गानाले बताउनुभयो ।

मुख्य खाद्यबालीको उत्पादन घट्ने
२०-जेठ २०७२
काठमाडौं-यो वर्ष मुलुकको प्रमुख खाद्यबाली धानको उत्पादन २ लाख ५८ हजार मेटि्रक टनले घट्ने अनुमान गरिएको छ। गत आर्थिक वर्षको तुलनामा यो पाँच प्रतिशत घटी हो। नेपालमा पोहोर ५० लाख ४७ हजार मेटि्रक टन धान फलेको थियो।
धान र मकै उत्पादन घट्यो, गहुँको बढ्यो
२०-जेठ २०७२
नेपाली कृषकहरूले चालू आर्थिक वर्षमा गत वर्षभन्दा ५ प्रतिशत बढी गहुँ फलाएका छन् । कृषि विकास मन्त्रालयका अनुसार मौसमको अनुकूलताका कारण देशभरका कृषकले यसपटक गत वर्षभन्दा ९२ हजार मेट्रिक टन बढी गहुँ घर भिœयाएका छन् ।
सर्लाहीका युवाले फलाए एकै झुप्पामा ६२ दाना गोलभेंडा
१९-जेठ २०७२
सर्लाही– ‘आफू कामदार आफै मालिक’ बन्ने अठोट लिएर २ वर्षअघि काठमाडौंबाट जागिर छाडी गाउँ फर्किएर कृषि कर्ममा लागेका दीपेन्द्र मैनाली अहिले दङ्ग छन् । सर्लाहीको राजघाटमा जयकाली एग्रिकल्चरको नाम राखेर उनले सञ्चालन
सरकारी गोदाममा ६ महिनामा पुग्ने खाद्यान्न
१८-जेठ २०७२
काठमाडौं-भूकम्पपछि विभिन्न मित्रराष्ट्रबाट सहयोग आएपछि सरकारी गोदाममा खाद्यान्न मौज्दात बढेको छ। सरकारी स्वामित्वको नेपाल खाद्य संस्थानले ६ महिना धान्ने खाद्यान्न मौज्दात रहेको जानकारी दिएको छ।
बिमा नगर्दा किसानलाई घाटा
१८-जेठ २०७२
असिनापानीसँगै सोमबार राति हावाहुरीले यहाँ ५ करोड बराबरको केरा नष्ट भएपछि किसान चिन्तित छन्। अधिकांश किसानले ऋण खोजेर जग्गा भाडामा लिई खेती गरेका हुन्। आम्दानी गर्ने बेलाको केरा ढलेपछि कसरी ऋण तिर्ने भन्ने पिरले किसानलाई सताएको छ।
First Prev ... 5 6 7 8 9 10 11 12 13 14 15 ... Next Last
ताजा ब्लग
धान निर्यात गर्ने नेपाल कसरी बन्यो आयातकर्ता
हरिबहादुर थापा, काठमाडौं
कहलिएका बुद्धिजीवी डा. हर्कबहादुर गुरुङ विपरित धारमा एक त्यस्ता पात्र देखापरे, जो २०४५ चैत १० को भारतीय नाकाबन्दीसँगै ‘खुसी’ भए । सँगै नेपालविरुद्ध नाकाबन्दी गरेकामा उनी भारतलाई ‘धन्यवाद’ समेत दिन चुकेनन् । उनको त्यो विपरित धारको अभिव्यक्तिलाई धेरैले आश्चर्यजनक रुपमा लिए । तर उनको अभिव्यक्तिमा अन्तर्निहित ‘राष्ट्रियता’प्रतिको गहिरो भावनाका कारण कसैबाट आलोचना आएन ।
डिजिटल कृषि मानचित्र र अनुदान
हिमा (स्वस्ती) पौडेल
कृषि क्षेत्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने चर्चा चल्ने गरेको भएपनि यथार्थमा ती कुराहरु हुन सकिरहेका छैनन् । नेपाली कृषि क्षेत्र परम्परागतबाट माथि उठ्नै सकेको छैन भन्दा फरक नपर्ला । हुन त पछिल्लो समयमा कृषि क्षेत्रमा लाग्नेहरु पनि विगतको भन्दा फरक किसिमले आईसकेका छन् ।
New partnership to promote sustainable mechanization of agriculture
fao.org/news
FAO and the European Agricultural Machinery Industry Association CEMA , an international non-profit organisation, today forged a new partnership that aims to promote wider use of sustainable agricultural mechanization in developing countries.
कृषि विकासका लागि नयाँ बहसको खाँचो
कृष्णप्रसाद पौडेल
बाहिरबाट हेर्दा सहरी क्षेत्र, घरका संरचना र पूर्वाधारमा व्यापक क्षति देखिए पनि भुइँचालोले गाउँका गरिब किसान र खेतीपातीमा व्यापक असर पारेको छ। कृषिका पूर्वाधारमा व्यापक क्षति भएको छ। खाने अन्नमात्र हैन, लगाउने बिउ सबै घरसँगै पुरिएको छ। गोठ भत्किएर गाई वस्तु मरेका छन्, घाइते भएका छन्। भूकम्पपछि कतै मूल फुटेको छ, कतै सुकेको छ।
किसान महिलाको श्रमको सम्मान
कुमार थापा
‘घाँस काट मै, खाना पकाउ मै, सासु ससुरा र बालबच्चाको स्याहार गर मै, खेती लगाउ मै, खेती भित्र्याउ मै, पिस/कुट मै, यसरी नै चल्छ मेरो जिन्दगी'– यो भनाइ हो रौतहटकी किसान महिला जीतनीदेवी रामको।
९० प्रतिशत महिला खेतीपातीको काम गर्छन् तर त्यतिले मात्र महिलाको काम पूरा हुँदैन। बिहानीको मिरमिरेदेखि जुनेली रातसम्म घरधन्दा, खानाको जोहोदेखि सबै काममा महिलाकै योगदान छ तर कामको मूल्यांकन भने पैसा र आम्दानीसँग जोडिन्छ। खेतीपाती र घरायसी काममा खट्ने महिलाको श्रमलाई प्रतिष्ठासँग कहिल्यै जोडिएन।
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft