हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ०२१-५३२५१९
ईमेल : info@nepalkrishi.com
कृषि यन्त्रको परिचय
ट्राक्टरमा जडान हार्भेष्टर :
भिडियो लिंक
ट्राक्टरमा जडान हार्भेष्टर कम मूल्यको हुने, स–साना गराहरुमा पनि प्रयोग हुन सक्ने दाउनी गरेपछि ट्राक्टरको अन्य प्रयोग हुन सक्ने हुन्छ । हार्भेष्टरले एक बिघाको बाली एकै घण्टामा दाउनी गरेर तैयार पार्छ र खेत अर्को बाली लगाउनको लागि तयार पार्छ ।

परम्परागत दाउनी पद्वतिमा खेतमै केही दिन धान सुकाउन छाड्दा मुसाका कारण निकै ह्रास हुन्छ । मूसाले चोरेको धान खोज्दा खेतमा खाल्डा पनि धेरै हुने तथा आलि पनि बिग्रने डर हुन्छ। यो मेसिनको प्रयोगबाट यस्ता नोक्सानहरुलाई सजिलै पन्छाउन सकिन्छ, र करिब २५ प्रतिशत उत्पादन वृद्धि हुने तथ्यांकले देखाएको छ ।

परम्परागत दाउनी खर्चको दाजोमा हार्भेष्टरबाट गर्दा करिब ६० प्रतिशत रकम कम खर्च हुन्छ । त्यस्तै किसानलाई नचाहिने पराल रोटोभेटरले जोत्दा खेतमै मलको रुपमा परिणत हुने भएकोले हार्भेष्टर प्रयोग भएको खेतमा अन्न उत्पादन करिब ४ टनसम्म प्रति बिघा वृद्धि भएको देखिएको छ ।
 
ह्यापी सिडर :
भिडियो लिंक
यो यन्त्र अहिले परीक्षणको क्रममा छ । यसको विशेषता भनेको बीऊ र मल एकैपटक मिलाएर छर्नु हो । यस मेसिनको प्रयोगले जोत्ने समयको बचतका साथै अन्य खर्चहरु जस्तै श्रम र लागत पनि घटाउँछ । ठूलो क्षेत्रफलमा गहुँ, मकै तथा सूर्यमुखीफूल खेतीका गर्नका लागि यस यन्त्रको प्रयोग धेरै उपयुक्त हुने देखिन्छ ।
 
नेपाल कृषि कम्पनीले कृषि सहकारीहरुलाई उपलब्ध गराएको यन्त्रहरुको विवरण
सि.नं. यन्त्र संख्या
१. ट्रयाक्टर ४३
२. रोटोभेटर ४२
३. ट्रली १९
४. लेभलर १८
५. कल्टिभेटर २३
६. ह्यारो
७. रिजर
८. कम्बाइन हार्भेष्टर १०
९. केज ह्वील १९
१०. थ्रेसर
११. प्याड़ी ट्रान्सप्लाण्टर
किसान सम्बन्धित दैनिक समाचार​​
६ महिनामा आठ अर्बको चामल भित्रियो
फागुन ११

मधेश आन्दोलन तथा नाकामा धर्ना भएता पनि चामलको आयात भने प्रभावित भएको देखिएन । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले यस्तो देखाएको हो ।

पदपुर्ति विज्ञापन
माघ २२
नेपाल कृषि कंपनीले पुरबी तराईमा खेतिपाती गर्ने परम्परागत प्रणालीलाई आधुनिकीकरण गर्न सहकारी मार्फत उपयुक्त उपकरण तथा प्रबिधि कृषकलाई हस्तान्तरण गर्दै आइरहेको छ । यस कंपनीको प्रमुख कार्यालय बिराटनगरले निम्न अनुसारको पदपुर्तिको लागी बिज्ञापन गरिएको छ ।  
भारतद्वारा धान निर्यातमा रोक
पुस २२
भूकम्प, प्रतिकूल मौसम, मधेस आन्दोलन र नाकाबन्दीका कारण मुलुकमा धान उत्पादन घटेको बेला भारतले धान निर्यातमा प्रतिबन्ध लगाएको छ । 
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft