हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ०२१-५३२५१९
ईमेल : info@nepalkrishi.com
कृषि यन्त्रको परिचय
लेभलर :
भिडियो लिंक
किसानहरुको आफ्नो स्वामित्वमा रहेको स–साना चाक्ला जमिनलाई केही मात्रामा सम्याउदा बिचमा गराहरुको आवश्कता नपर्ने र यन्त्रहरु पनि सजिलोसँग प्रयोग हुने हुदाँ, खेतीयोग्य जमिन पनि बढ्ने र यन्त्रहरुपनि कम प्रयोग भई त्यसको भाडा बच्ने हुन्छ ।
 
प्याडी ट्रान्सप्लाण्टर (धान रोप्ने मेसिन) :
भिडियो लिंक
यस प्रविधिमा धानको बिउलाई ब्याडमा तयार गरिन्छ। दुई हप्तापछि त्यस बिउलाई ट्रान्सप्लाण्टरबाट रोपिन्छ । यसरी रोपेको बिउमा गाँज बाक्लो हुने, धेरै बाला लाग्ने, पानीको मात्रामा पनि कम लाग्ने साथै बिउको प्रयोग पनि कम हुन्छ। ब्याड तयार गर्न शुरु शुरुमा विशेष प्राविधिकको सहयोग अनिवार्य हुन्छ । साथै मेशिनसम्बन्धि आवश्यक जानकारी तथा तालिम आवश्यक हुन आउँछ ।

नेपाल कृषि कम्पनीले यस अघि पनि ट्रान्सप्लाण्टरको प्रयोग गरेको थियो,जुन आवश्यक सिप र ज्ञानको अभावले महँगो हुन पुगेको थियो।
 
रोटोभेटर :
भिडियो लिंक
यो प्रविधि हामीले नेपालमा पहिलो पटक भित्र्याएका हौ। यसले माटोलाई एकै ठाँउमा काटेर मसिनो बनाउँछ । यसैसँग अनावश्यक झारपातलाई पनि टुक्र्याइदिन्छ, जुन कुहिएपछि प्रांगारिक मलको काम गर्छ ।

बाझो खेतमा कल्टी वा ह्यारोले एक चास लगाएर त्यसपछि रोटोभेटरले थप दुई चास चलाएपछि धान रोप्न खेततैयार हुन्छ । धान कटाईपछि दुई चास रोटोभेटर चलाएपछि गहुँ पनि छर्न मिल्छ। अथवा ह्यापीसिडरले एकैचोटीमा खेत तयार गरि गहुँको बिउ तथा मल छर्न मिल्छ ।
 
1 2 Next Last
नेपाल कृषि कम्पनीले कृषि सहकारीहरुलाई उपलब्ध गराएको यन्त्रहरुको विवरण
सि.नं. यन्त्र संख्या
१. ट्रयाक्टर ४३
२. रोटोभेटर ४२
३. ट्रली १९
४. लेभलर १८
५. कल्टिभेटर २३
६. ह्यारो
७. रिजर
८. कम्बाइन हार्भेष्टर १०
९. केज ह्वील १९
१०. थ्रेसर
११. प्याड़ी ट्रान्सप्लाण्टर
किसान सम्बन्धित दैनिक समाचार​​
६ महिनामा आठ अर्बको चामल भित्रियो
फागुन ११

मधेश आन्दोलन तथा नाकामा धर्ना भएता पनि चामलको आयात भने प्रभावित भएको देखिएन । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले यस्तो देखाएको हो ।

पदपुर्ति विज्ञापन
माघ २२
नेपाल कृषि कंपनीले पुरबी तराईमा खेतिपाती गर्ने परम्परागत प्रणालीलाई आधुनिकीकरण गर्न सहकारी मार्फत उपयुक्त उपकरण तथा प्रबिधि कृषकलाई हस्तान्तरण गर्दै आइरहेको छ । यस कंपनीको प्रमुख कार्यालय बिराटनगरले निम्न अनुसारको पदपुर्तिको लागी बिज्ञापन गरिएको छ ।  
भारतद्वारा धान निर्यातमा रोक
पुस २२
भूकम्प, प्रतिकूल मौसम, मधेस आन्दोलन र नाकाबन्दीका कारण मुलुकमा धान उत्पादन घटेको बेला भारतले धान निर्यातमा प्रतिबन्ध लगाएको छ । 
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft