हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ०२१-५३२५१९
ईमेल : info@nepalkrishi.com
ब्लग
धान निर्यात गर्ने नेपाल कसरी बन्यो आयातकर्ता
हरिबहादुर थापा, काठमाडौं
११-कात्तिक २०७२
कहलिएका बुद्धिजीवी डा. हर्कबहादुर गुरुङ विपरित धारमा एक त्यस्ता पात्र देखापरे, जो २०४५ चैत १० को भारतीय नाकाबन्दीसँगै ‘खुसी’ भए । सँगै नेपालविरुद्ध नाकाबन्दी गरेकामा उनी भारतलाई ‘धन्यवाद’ समेत दिन चुकेनन् । उनको त्यो विपरित धारको अभिव्यक्तिलाई धेरैले आश्चर्यजनक रुपमा लिए । तर उनको अभिव्यक्तिमा अन्तर्निहित ‘राष्ट्रियता’प्रतिको गहिरो भावनाका कारण कसैबाट आलोचना आएन ।


पुरा सामग्री
डिजिटल कृषि मानचित्र र अनुदान
हिमा (स्वस्ती) पौडेल
२५-असोज २०७२
कृषि क्षेत्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने चर्चा चल्ने गरेको भएपनि यथार्थमा ती कुराहरु हुन सकिरहेका छैनन् । नेपाली कृषि क्षेत्र परम्परागतबाट माथि उठ्नै सकेको छैन भन्दा फरक नपर्ला । हुन त पछिल्लो समयमा कृषि क्षेत्रमा लाग्नेहरु पनि विगतको भन्दा फरक किसिमले आईसकेका छन् ।


पुरा सामग्री
New partnership to promote sustainable mechanization of agriculture
fao.org/news
१९-असोज २०७२
FAO and the European Agricultural Machinery Industry Association CEMA , an international non-profit organisation, today forged a new partnership that aims to promote wider use of sustainable agricultural mechanization in developing countries.


पुरा सामग्री
कृषि विकासका लागि नयाँ बहसको खाँचो
कृष्णप्रसाद पौडेल
२०-जेठ २०७२
बाहिरबाट हेर्दा सहरी क्षेत्र, घरका संरचना र पूर्वाधारमा व्यापक क्षति देखिए पनि भुइँचालोले गाउँका गरिब किसान र खेतीपातीमा व्यापक असर पारेको छ। कृषिका पूर्वाधारमा व्यापक क्षति भएको छ। खाने अन्नमात्र हैन, लगाउने बिउ सबै घरसँगै पुरिएको छ। गोठ भत्किएर गाई वस्तु मरेका छन्, घाइते भएका छन्। भूकम्पपछि कतै मूल फुटेको छ, कतै सुकेको छ।


पुरा सामग्री
किसान महिलाको श्रमको सम्मान
कुमार थापा
२७-चैत २०७१
‘घाँस काट मै, खाना पकाउ मै, सासु ससुरा र बालबच्चाको स्याहार गर मै, खेती लगाउ मै, खेती भित्र्याउ मै, पिस/कुट मै, यसरी नै चल्छ मेरो जिन्दगी'– यो भनाइ हो रौतहटकी किसान महिला जीतनीदेवी रामको।
९० प्रतिशत महिला खेतीपातीको काम गर्छन् तर त्यतिले मात्र महिलाको काम पूरा हुँदैन। बिहानीको मिरमिरेदेखि जुनेली रातसम्म घरधन्दा, खानाको जोहोदेखि सबै काममा महिलाकै योगदान छ तर कामको मूल्यांकन भने पैसा र आम्दानीसँग जोडिन्छ। खेतीपाती र घरायसी काममा खट्ने महिलाको श्रमलाई प्रतिष्ठासँग कहिल्यै जोडिएन।

पुरा सामग्री
कृषि विकासमा सरकारको अर्घेल्याइँ
रत्न प्रजापति
१५-चैत २०७१
कृषिक्षेत्रको उत्पादनमा सुधार नआई गैरकृषिक्षेत्रको उत्पादनमा गुणस्तरीय सुधार आउनै सक्दैन । यसै पनि युवापुस्ताले कृषिलाई पेसा वा व्यवसायका रूपमा अपनाउने रुचि नदेखाइरहेको अवस्थामा राज्यले समेत उपेक्षा गरेकाले कृषिक्षेत्र गरिब र सीमान्तकृतहरूको मात्रै पेसा हो भन्ने सोचाइ र बुझाइले निरन्तरता पाइरहेको छ । कृषिमा ठूलो आर्थिक सम्भावना हुँदाहुँदै पनि त्यो सम्भावनालाई पुँजीकृत गर्ने सरकारी प्रयास नै अपर्याप्त भएकाले कृषिक्षेत्रले ग्रहण गर्न सक्ने जनशक्ति पनि अन्यत्र पलायन हुँदैछन् ।

कृषि उत्पादनमा वृद्धि गरी कुल गार्हस्थ्य उत्पादनमा यो क्षेत्रको योगदानमा थप वृद्धि गर्न सकिने, कृषिको उत्पादन वृद्धिबाट समग्र आर्थिक वृद्धिदरमा सकारात्मक प्रभाव पर्ने, गैरकृषिक्षेत्रको आधारसमेत बलियो बनाउन सकिने प्रशस्त सम्भावना भए पनि यो क्षेत्र चरम बेवास्ताको सिकार भएको छ ।


पुरा सामग्री
किसान सम्बन्धित दैनिक समाचार​​
६ महिनामा आठ अर्बको चामल भित्रियो
फागुन ११

मधेश आन्दोलन तथा नाकामा धर्ना भएता पनि चामलको आयात भने प्रभावित भएको देखिएन । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले यस्तो देखाएको हो ।

पदपुर्ति विज्ञापन
माघ २२
नेपाल कृषि कंपनीले पुरबी तराईमा खेतिपाती गर्ने परम्परागत प्रणालीलाई आधुनिकीकरण गर्न सहकारी मार्फत उपयुक्त उपकरण तथा प्रबिधि कृषकलाई हस्तान्तरण गर्दै आइरहेको छ । यस कंपनीको प्रमुख कार्यालय बिराटनगरले निम्न अनुसारको पदपुर्तिको लागी बिज्ञापन गरिएको छ ।  
भारतद्वारा धान निर्यातमा रोक
पुस २२
भूकम्प, प्रतिकूल मौसम, मधेस आन्दोलन र नाकाबन्दीका कारण मुलुकमा धान उत्पादन घटेको बेला भारतले धान निर्यातमा प्रतिबन्ध लगाएको छ । 
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft